
‘इनफ इज इनफ’ का सत्याग्रही ‘ई:’लाई भेट्न पुगे काँग्रेस सभापती देउबा तथा कामनपा उप-प्रमुख खडगी
काठमाण्डौ, १७ साउन २०७७ । कोरोना संक्रमणको पुष्टिमा प्रभावकारी PCR टेस्टिङको शत प्रतिशत ग्यारेन्टी तथा दायरा देशभरी नै बढाउनुपर्ने तथा कोभिड-१० को व्यवस्थापन लगायतको यावत खर्चहरुमा पारदर्शिता लगायतका विभिन्न माग सहित चरणबद्ध विभिन्न कार्यक्रम गरिरहेको छ । यसैबिच बसन्तपुर डबलीमा दोश्रो चरणको सत्याग्रहको नेतृत्व लिएका “Enough is Enough”का अभियन्ता ‘ईः’लाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा काठमाण्डौ महानगरपालिकाकी उप-मेयर हरिप्रभा खडगी पुग्नुभएको छ । दोश्रो चरणको यस सत्याग्रहको आज १५ औं दिन हो ।
“Enough is Enough”का अभियन्ता ‘ईः’सँग भेटेर केहिबेर गफिएका काँग्रेस सभापति देउबाले, “वहाँलाई अब बचाउनुपर्छ, अभियान जायजका मागहरुमा ओली सरकारले गम्भिर भएर तत्काल मागहरु पुरा गर्नुपर्छ” बताउनुभयो ।
“अभियानका मागमा हाम्रो एक्यवद्धता छ, हो कोरोनाका कारण PCR टेस्ट नै हुन नपाई मान्छे मर्नुहुन्न । शान्तिपूर्ण विरोध तथा प्रदर्शनमाथी भएको ब्यापक धरपकडको काँग्रेस भत्सर्ना गर्दछ” वहाँले बताउनुभयो ।
यस्तै “इनफ इज इनफ”ले थालेको यस अभियान अन्तर्गत विभिन्न स्थानहरुमा गरेको शान्तिपूर्ण विरोध तथा प्रदर्शनमाथी अपराधी झै प्रहरीद्वारा भएको धरपकडको समेत सामाजिक सञ्जालमा विभिन्न राजनीतिक व्यक्तित्व तथा नागरिक समाजले भत्सर्ना सहितका विचारहरु पोखेका छन्ः
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लेख्नुहुन्छः
सरकार@kpsharmaoliको कस्तो उल्टो बुद्धि?COVID-19 ले देशको स्वास्थ्यसेवाको दयनीय स्थिति र विपत्तिमा पनि भ्रष्टाचार गर्ने नराधमहरूको कुरूप चरित्र नांगो पारेको बेला झन् आन्दोलनकारीलाई गिरफ्तार गर्ने?जनयुद्ध/जनआन्दोलन/मधेस आन्दोलन नभोगेको नयाँ पुस्तालाई प्रशिक्षण चाहिं राम्रै हुनेभो! https://t.co/rbPPpRhD87
— Baburam Bhattarai (@brb1954) August 1, 2020
पत्रकार अजय बाबु सिवाकोटी लेख्नुहुन्छ
प्रिय केपी कमरेड तपाईको राज्यमा सडकमा पैदल को को हिड्न नपाउने हो एउटा लिष्ट जारी गरे हुँदैन? तपाई र तपाईको सरकार @bshiwakoti जस्ता नागरिकसँग डराएको देख्दा टीठ लागेर आउँछ। @PM_Nepal लाई नागरिक देख्दा डर नलाग्ने शक्ति देउ भगवान। #EnoughIsEnough #Nepal #Covid https://t.co/a4PaUP3PW3
— Ajaya Babu Shiwakoti (@shiwakotiab) August 1, 2020
उद्योगी बिनोद चौधरी लेख्नुहुन्छ
#EnoughIsEnough का सत्याग्रही साथीहरू, यदि तपाईंहरू आफ्नो अभियानलाई पवित्र एवम् राजनीतिबाट अछुत राख्न चाहनु हुन्छ भने, गोहीको आँसु बगाउन आउने यी राजनीतिक दलका नेताहरूबाट टाढा रहनूस ! यिनीहरू आफ्नोबाहेक अरू कसैको भलो चाहँदैनन !!#LetYourMovementNotDie
— Basant Chaudhary (@basant_cg) August 1, 2020
युवा ब्यवसायी तथा विवेकशील नेपालीका आलोक सुवेदी लेख्नुहुन्छ
बिना कारण समात्ने अनि बन्दि प्रतेक्षीकरणको मुद्दा लाग्छ भनेर २४ घण्टा अगाडि जबरजस्ती रिहा गर्ने?? गृह मन्त्रालय र नेपाल प्रहरी विरुद्ध मुद्दा दायर गर्नुको अर्को विकल्प रहेन! #EnoughIsEnough pic.twitter.com/O9WQDGEGuJ
— Aalok Subedi (@thektmduke) August 1, 2020
राप्रपा अध्यक्ष कमल थापा लेख्नुहुन्छ
#EnoughIsEnough अभियानमा एक्यबद्धता
आन्दोलनरत युवाहरुसंग सरकारले गरेको सम्झौता कार्यान्वयन होस्,
शान्तिपूर्ण आन्दोलनमा सरकारी हस्तक्षेप निन्दनीय छ,
कोरोना प्रकोप बढ्दैगएको र सत्याग्रहीहरुको स्वास्थ्य स्थिति दृष्टिगतगरी सम्झौता कार्यान्वयनमा प्रम @kpsharmaoli को ध्यानाकर्षण गर्दछु pic.twitter.com/ULfqzbdc9x— Kamal Thapa (@KTnepal) July 31, 2020
साझा पार्टीका संयोजक तथा BBC नेपाली सेवाका पूर्व प्रमुख रविन्द्र मिश्र लेख्नुहुन्छ
प्रधानमन्त्री ओलीका समर्थकले उनको गाथा गाउँदै प्रदर्शन गर्दा मौन रहने सरकारले कोरोनाको भय बढ्दै जाँदा त्यसको प्रभावकारी व्यवस्थापनको जायज माग राखेर भौतिकदूरीका साथ गर्न लागेको प्रदर्शनलाई रोक्न दर्जनौँको संख्यामा युवाहरू पक्डिनु गैर-न्यायिक तथा अधिनायकवादी कदम हो। #EnoughIsEnough pic.twitter.com/loAXiv1RB2
— Rabindra Mishra (@RabindraMishra) July 31, 2020