भारतीय गृहमन्त्री अमित शाह कोरोना पोजेटिभ, उपचारका लागि मेदान्तामा भर्ना


भारत, १८ साउन २०७७ । भारतीय जनता पार्टीको पूर्व राष्ट्रिय अध्यक्ष तथा वर्तमान भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पोजेटिभ (Amit Shah #CoronaPositive) देखिएको छ । जस पश्चात उनलाई चिकित्सकको सल्लाहमा मेदान्ता अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । आज साँझ ५ः१९ बजे आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलमार्फत आफू कोरोना पोजेटिभ भेटिएको पुष्टिसहितको ट्वीट गर्नुभएको छ ।

के लेखिएको छ भारतीय गृहमन्त्री शाहको ट्वीटमा?
कोरोनाको प्रारम्भिक लक्षण महशुस भएपछि मैले टेस्ट गर्न लगाएँ जसको रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य ठीक छ तर डाक्टरको सल्लाहमा अस्पताल भर्ना हुँदैछु । मेरो अनुरोध छ की पछिल्लो समय तपाईंहरुमध्ये जो पनि मेरो सम्पर्कमा आउनुभएको छ, कृपया आफूलाई आइसोलेट गरी आफ्नो उपचार गराउनुहोस् ।



भारतीय गृहमन्त्री अमित शाह कोरोना पोजेटिभ भेटिएपछि साँझ ४ बजेर २४ मिनेटमा मेदान्जिता अस्पतालमा भर्ना भएका थिए । उनलाई मेदान्ताको १४ औं तल्लाको कोठा नम्बर ४७१० मा आइसोलेशनमा राखिएको छ । उनको उपचारका लागि AIIMS को एउटा छुट्टै चिकित्सक टोली मेदान्ता अस्पतालका लागि हिंड्ने तयारी भइरहेको छ ।

आइतबार मात्र भारतमा ५४ हजार ७ सय ३५ नयाँ कोरोना संक्रमित भेटिएसँगै कोरोना संक्रमणको कूल संख्यामा १७ लाख नाघेको छ । त्यस्तै त्यहाँ ११ लाख मानिस स्वस्थ्य समेत भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

भारतीय गृहमन्त्री शाहको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न भारतीय राजनीतिज्ञहरुले समे ट्वीट गरेका छन्ः

 


Loading comments...