
कारागारको पर्खाल हामफालेर भागेका रोजिन गुरुङको हत्यारा पक्राउ
१८ श्रावण २०७७, आईतवार २१:३३
मकवानपुर, १८ साउन । कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
२१ वर्षीय रोजिन गुरूङलाई २०७१ पुस २२ गते भरतपुर ४ बेलचोकमा दाउराले हानेर मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी कारागार कार्यालय भिमफेदीमा कैद भुक्तान गरिरहेको अवस्थामा २०७६ कात्तिक ३० गते कारागारको पर्खाल हामफालेर फरार भएका थिए ।
उक्त घटनामा संलग्न अर्का आरोपी रोजन खत्रीलाई भने ६ महिना कैद सजाय तोकिएको थियो ।
फरार धामी कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका-१६ रजहरस्थित पुल छेउबाट उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ