
अमिताभ बच्चनको संयोगः २ अगष्ट १९८२ तथा २ अगष्ट २०२० – ‘कुली’ देखि ‘कोरोना’सम्म
१९ श्रावण २०७७, सोमबार ००:११
काठमाण्डौ, १८ साउन २०७७ | सुयोग ढकाल । २ अगष्ट १९८२ को दिन बलिउडका महानायक अमिताभ बच्चनको पुनर्जन्मको रुपमा सम्झना गर्ने गरिन्छ । चलचित्र कुलीको सुटिङका क्रममा कलाकार पुनित इस्सरको मुक्काले सिकिस्त बनेका अमिताभ कोमाबाट २ अगष्ट १९८२ कै दिन आँखा खोलेका थिए । उनको जीवनको संयोग नै हुनुपर्छ नोभल कोरोनाभाइरस (COVID-19) को संक्रमणलाई जीतेर झण्डै २२ दिनको अस्पताल बसाइपछि उनी स्वस्थ भएर आज २ अगष्ट २०२० का दिन घर फर्किएका छन् ।
बलिउडका महानायक अमिताभ बच्चन स्वस्थ्य भई घर फर्किएको जानकारी उनका सुपुत्र अभिषेक बच्चनले ट्वीटमार्फत पुष्टि गरेका थिए । ट्वीटमा लेखिएको छः ‘अन्तत मेरो पिताको कोभिड-१९ टेस्ट नेगेटिभ आएको छ तथा वहाँ अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्छ । अब वहाँ घरमैं रही आराम गर्नुहुनेछ । सबैको प्रार्थना तथा शुभकामनाका लागि आभारी छु ।”
?? my father, thankfully, has tested negative on his latest Covid-19 test and has been discharged from the hospital. He will now be at home and rest. Thank you all for all your prayers and wishes for him. ??
— Abhishek Bachchan (@juniorbachchan) August 2, 2020
छोरा अभिषेकको ट्वीटपछि स्वयंम अमिताभ बच्चनले समेत आफ्ना फ्यान तथा शुभचिन्तकहरुलाई आफ्नो खुशी शेयर गरेका छन् । अमिताभ बच्चनले ट्वीटमा लेखेका छन्, “म कोरोना निगेटिव भएको छु । अस्पतालबाट बिदा पाएको छु र अहिले घरमैं क्वारेन्टिनमा छुँ । भगवानको कृपा रह्यो तथा आमा-बुवाको आशीर्वाद, आफन्त तथा फ्यानको प्रार्थना पनि रह्यो । नानवटी अस्पतालको नर्सिङ सुविधा अत्यधिक राम्रो थियो तथा सबैले मेरो राम्रो हेरबिचार गरे । वहाँहरुकै कारण मैले आज यो दिन देख्न पाएको हुँ ।
T 3613 – I have tested CoVid- have been discharged. I am back home in solitary quarantine.
Grace of the Almighty, blessings of Ma Babuji, prayers & duas of near & dear & friends fans EF .. and the excellent care and nursing at Nanavati made it possible for me to see this day . pic.twitter.com/76jWbN5hvM— Amitabh Bachchan (@SrBachchan) August 2, 2020
अमिताभ बच्चनको यो ट्वीट सामाजिक सञ्जालमा भाइरल भएको छ र त्यस पोष्टमा कमेन्ट गर्दै दीर्घायू तथा सु-स्वास्थ्यको कामना गर्दै उनको हिम्मतको समेत तारिफ गरिरहेका छन् ।
अमिताभ अघि बुहारी एश्वर्या राय बच्चन तथा नातिनी आराध्या पनि संक्रमणलाई जितेर घर फर्किसकेका थिए भने छोरा अभिषेको ताजा रिपोर्ट पनि पोजेटिभ देखिएकोले उनी अझै केहिदिन अस्पतालमैं बस्नेछन् ।
के भएको थियो चलचित्र कुलीमा सुटिङका क्रममा अमिताम चोटिल भएपछि?
२ अगष्ट १९८२, मुम्बईको ब्रीचक्याण्डी अस्पताल । अमिताभ बच्चन लगभग मृत्युको मुखमा पुगीसकेका थिए । सुटिङस्थल बैंगलूरुबाट मुम्बई पुर्र्याउञ्जेल अमिताभ बच्चनको पेटमा लगाइएको सर्जिकल टाँका खुली सकेको थियो जसका कारण उनको स्वास्थ्य अत्यन्तै जटिल बन्न पुगेको थियो । ब्रीचक्याण्डी अस्पतालमा डाक्टरले अमिताभ बच्चनको पुनः शल्यक्रिया गरेका थिए र त्यो शल्यक्रिया झण्डै ८ घण्टा लामो थियो ।
उनका शुभचिन्तकहरुको ब्यापक उपस्थितिका कारण शल्यक्रियाको दिन ब्रीचक्याण्डी अस्पताल क्षेत्र रेल्वेस्टेशन झै देखिन्थ्यो । अस्पतालको दोश्रो तल्लामा बनेको आइसीयूमा अमिताभलाई लगियो जहाँ लाइफ सपोर्ट सिस्टममा उनी जोडिएको भएपनि डाक्टरहरुले लगभग उनको जीवनको आशा मारीसकेका थिए । जया बच्चन आईसीयूको बाहिर उभिएकी थिइन् । डाक्टरहरु अभिताभको स्वास्थ्य जटिलताबाट निराश भएर बाहिर निस्किन थालेका थिए त्यही क्षण जयाले अमिताभको खुट्टा हल्लिएको चाल पाइन ।
जयाले कराउँदै डाक्टरहरुसँग भनिन्, “मैले वहाँको खुट्टा हल्लिएको देखें, तपाईं एकपटक पुनः चेक गर्नुहोस् ।” यसपछि अमिताभ बच्चनलाई एउटा इञ्जेक्शन लगाइयो र त्यही इञ्जेक्शन नै अमिताभको साँस फर्काउन सहयोगी बन्यो । विस्तारै उनको स्वास्थ्यमा सुधार हुँदैगयो र उनी २४ सेप्टेम्बर १९८२ का दिन अस्पतालबाट बिदा भएका थिए ।
अमिताभ बच्चनको सु-स्वास्थयको लागि प्रार्थना गर्नेहरुको लागव यस्तो थियो की त्यसबेलाका मुख्य पत्रिकाहरुमा उनको जीवनरक्षाको लागि प्रार्थना गर्नुस् भन्ने आशयका विज्ञापनसम्म पनि छापिएका थिए । चौबीसौं घण्टा ब्रीचक्याण्डी अस्पताल बाहिर हजारौं प्रशंसकहरुको भीड रहि रहन्थ्यो ।
त्यसबेला भारतभरी उनका लागि प्रार्थनाको क्रम जारी थियो । जया बच्चन आफै पनि जब खाली खुट्टा अमिताभको जीवनरक्षाका लागि प्रार्थना गर्न मुम्बईको प्रशिद्ध सिद्धि विनायक मन्दिर जान्थिन्, त्यहाँ अमिताभको स्वास्थ्यकामना गर्दै प्रार्थना गर्नेहरुको ताँती देखेर छक्क परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय