
सु-संस्कृत वैज्ञानिक जीवनको एउटा फर्मूला “संस्कृत”
सु-संस्कृत वैज्ञानिक जीवनको प्राचिन फर्मूला “संस्कृत भाषा”को वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।
संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो। अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका लािग विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।
यसै सन्दर्भमा ‘स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास, काठमाण्डौ’ (ICCR in Nepal)ले संस्कृतमा संस्कृत दिवसको शुभकामना अभिव्यक्त गरेको छ ।
अद्य संस्कृतदिवसस्यावसरे नेपाले, भारते, विश्वे च संस्कृतभाषायाःअध्ययने, पाठने अनुसन्धाने च संलग्नाः सन्ति तथा अस्याः प्रचारं प्रसारं चेच्छन्ति, तेषां अभिनन्दनं कुर्मः। आगामिषु वर्षेषु संस्कृतभाषायाः लोकप्रियता नितराम् अभिवर्धताम् इति कमायामहे। ??
संस्कृत दिवस को हार्दिक शुभकामना। pic.twitter.com/MU9q0vJ8rk— ICCR in Nepal (@ICCR_Nepal) August 3, 2020
आज, संस्कृत दिवस, नेपाल-भारत, विश्व, संस्कृत भाषा: अध्ययन, अध्ययन, अनुसन्धान, सगाई: सन्ती र एशिया: प्रचार-प्रसार, इच्छा, बधाई, कुर्मा । आउँदो वर्षहरुमा, संस्कृत भाषा: लोकप्रियता निरन्तर बृद्धि भइरहेको छ ।
शुभ संस्कृत दिवस !