कश्मीरको उदयमा ‘अंगुर खेती’को उर्जा


एजेन्सी, १९ साउन २०७७ । धर्तीको अर्को स्वर्ग भनेर चिनिने कश्मीरलाई पछिल्लो समय हिंसा, आतंक र हत्या लगायतका कुराहरुले मात्र परिभाषित गरेको जस्तो भान हुन्छ भने तपाईं गलत हुनुहुन्छ । कश्मीर बद्लिएको छ र शान्ती-अमनको यात्रामा एउटा नयाँ जीवनको प्ररम्भ गरेको छ कश्मीरले । त्यहाँको माटोमा रहेको प्राकृतिक रस, गुण अनि प्रकृतिको अपार योगदानको कदर गर्न कश्मीरीहरुले प्रारम्भ गरेका छन् ।

बलीउडको ८० को दशक र त्यस समयका शम्मी कपुर र शर्मिला टेगोरको कश्मीरकी कली होस् या राज कपुरको हीना तथा ती क्षणका अन्य कालजयी चलचित्रहरु, अविस्मरणीय दृश्यहरु, कथा तथा पात्रहरु, कलाकारहरु अनि कैयन गीतहरु तिनै सुन्दर कश्मिरमा जन्मिएका छन् । लामो समय आतंकवादको पीडा भोगेको कश्मीरका स्याउ, सुन्तला, अंगुरहरुको मिठो स्वाद देश विदेशसम्म प्रचलित छ ।

अहिले कश्मीरको गन्देरवाल क्षेत्रमा भारतको केन्द्रिय सरकारले अंगुर उत्पादनका लागि स्थानीय कृषकहरुलाई बिभिन्न योजना तथा सुविधाहरुको प्याकेज उपलव्ध गराएसँगै ति किसानहरुको जीवीकोपार्जन तथा अंगुरको उत्पादन दुबै बढेको छ ।

भारतको केन्द्रिय सरकारले घोषणा गरेको योजनाका कारण अंगुर उत्पादनमा बढोत्तरी त भएको छ नै, सङ्गै कश्मिरमा छाएको विगतको आतंकवादका कारण र्जर्जर आर्थिक अवस्थामा ठूलो टेवा पुग्ने आशाको संकेत देखिन्छ । इतिहास साक्षी छ, द्वन्द्वपछिको संक्रमणकाल अनि आर्थिक उन्नतीका लागि कृषी अझै समूदायमा आधारित कृषीको ठूलो महत्व हुन्छ ।


कश्मीर झै आवुहवा रहेका नेपालका कैंयन हिमाली भेगहरुमा कृषिका यस्ता प्रयोग गर्ने हो भने हाम्रा हिमाली जिल्लाहरु पनि त्यस्ता फलफूल तथा केशर जस्तो बहूमूल्य उत्पादनहरुबाट उद्यमशीलता तथा आर्थिक उन्नतीमा फड्को मार्न सक्छ । यदी कश्मीरका हिउँका माटाहरुमा अर्ग्यानीक तथा स्वादिला फलफूल उत्पादन हुन्छन् भने नेपालका कर्णाली, मनाङ, मुस्ताङ तथा पूर्वी हिमाली जिल्लाहरु उदाहरणीय हुनसक्छन् ।

कश्मीरको गन्देरवाल अंगुरका लागि निकै उपयुक्त उत्पादनयुक्त ठाँउ हो, तर व्यवसायमुखी कृषि नुहँदा किसानहरुले अंगुर उत्पादनमा अपेक्षाकृत फाइदा लिन सकिरहेको अवस्था थिएन । केन्द्रिय सरकारको फ्लोरिकल्चर डिपार्टमेन्टले यसका लागि कदम उठायो, जम्मु र कश्मिरले यूनियन टेरिटरीको संज्ञा र सक्रिय प्रशासन भएसँगै त्यहाँको कृषि अनि अर्थतन्त्रमा ठूलो टेवा पुग्नेखाले परियोजनाहरुले नतिजा दिन थालेका छन् ।

गन्देरवालका अंगुर किसानले अब आकर्षक मूल्य र नाफाको आशा गर्न सक्नेछन् भने बजारमा अन्य वर्ष भन्दा धेरै कश्मीरका अंगुरहरु पूर्ती हुनेछन् । यो बजार र उपभोक्ता अनि कृषक सबैका लागि राम्रो खबर हो, नेपालमा पनि सरकारी विज्ञता अनि विशिष्ट निकायहरुको सहयोगमा समूदायमा कायापलट हुन सक्ने उत्पादनहरु खेती गर्न सकिने प्रशस्त संभावना छ, बिचार गर्ने पो हो कि?


Loading comments...