Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

२० श्रावण २०७७, मंगलवार ०८:३६

काठमाडौं, साउन । पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन गर्दी गाविस-९ बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनलाई चितवनबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकमा वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने