Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

हामीसँग धन होइन, ज्ञान छैन

२० श्रावण २०७७, मंगलवार ०९:२६

आर्थिक विकासको इतिहासले भन्छ– धनको सम्बन्ध भौतिक वस्तु (जग्गा, सुन, चाँदी, नगद आदि)सँग होइन व्यक्तिमा निहित ज्ञानसँग हुन्छ। समाजको चेतनाको स्तरसँग हुन्छ। धनले धन सृजना गर्ने होइन, ज्ञानले धन सृजना गर्छ। तर यो यथार्थलाई पूर्वीयहरूले आत्मसात् गरेनन्। जहिले पनि धनको वृद्धि धनबाट हुने भ्रमको पछि दौडे, समय बर्बाद गरे, तर ज्ञानद्वारा धनको वृद्धि गर्नेतिर लागेनन्। यसको ठीकविपरीत पश्चिमाहरूले धनको सम्बन्ध ज्ञान (बुद्धि, चातुर्य, जोखिम वहन क्षमता, नयाँ विचारको खोज आदि)सँग रहेको तथ्यलाई बुझे, त्यसमा दृढतापूर्वक विश्वास गरे, त्यो अवधारणालाई व्यवहारमा ल्याए। परिणाम, पश्चिमा (युरोप, अमेरिका)हरू अहिले धनी छन् तर पूर्वीय (पाकिस्तान, बङ्गलादेश, भारत, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स आदि) हरू गरीब छन्। केही त गरीबीको रेखाभन्दा मुनि छन्।

लेखकः विश्वराज अधिकारी

पूर्वीयहरूसँग अनेक किसिमका स्रोत र साधन नभएको होइन। तर पूर्वीयहरूले ती स्रोत र साधनको प्रयोगमा ठूलो आर्थिक लाभ रहेको देखेनन्। उदाहरणका लागि पूर्वीयहरूले पहाडलाई आर्थिक विकासको बाधक माने, आफ्नो देशको विकास हुन नसकेको कारणको रूपमा पहाडी भूगोललाई माने, पहाडलाई गाली गरे। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो नीति, निर्माताहरूले पहाडलाई अभिशाप नै माने। हामीलाई त्यही पढाए। वरदानको रूपमा प्राप्त भएको पहाडलाई परित्याग गर्दै धेरै नेपालीहरू समतल भूमि (तराइ, चुरे) तिर बसाइँ सरे। स्रोत र साधन (जलस्रोत, खानी, जडीबुटी) हरूको विशाल भण्डार रहेको पहाडको बहुमूल्य सम्पत्तितिर ध्यान दिएनन्। तर त्यही पहाडलाई पश्चिमाहरूले अति लाभदायक आर्थिक स्रोतको रूपमा प्रयोग गरे। स्वीट्जरल्यान्डले त आफ्नो पहाडी भौगोलिक स्थितिलाई आफ्नो राष्ट्रको आर्थिक विकासको मेरुदण्ड नै मान्यो। पहाडी भूभागमा चियाखेती गर्न सकिन्छ भनेर अहिलेको भारतलाई बेलायत (ब्रिटिश इस्ट इन्डिया कम्पनी) ले सिकाएको हो। बेलायतीहरूको आगमन पूर्व भारतमा चियाखेती हुन्थेन। भारतको पहाडी भाग (दार्जलिङ) मा रेलसेवाको निर्माण ब्रिटिशहरूले नै गरिदिएको हो। भारतीय पहाडी स्थललाई ब्रिटिशहरूले नै लाभदायक पर्यटकीय स्थल बनाइदिएका हुन्।

हाम्रा नेताहरूमा आर्थिक विकासबारे ज्ञानको कमी छ भन्ने तथ्यका सहस्र उदाहरण छन्। यहाँ एउटा ताजा उदाहरण लिउँ। अहिले कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेको छ। अनेक मुलुकका बलिया आर्थिक संरचनाहरूलाई पनि कोभिडले भताभुङ्ग पारेको छ।

हामी पूर्वीयहरू आफूसँग ज्ञानको भण्डार रहेको फुर्ती लगाउँछौं तर वस्तुतः ज्ञानको क्षेत्रमा निकै पछाडि छौं। ज्ञानकै भरमा पश्चिमा (ब्रिटेन, फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स जस्ता राष्ट्र)हरूले एशिया, अफ्रिका मात्र होइन दक्षिण अमेरिकाका राष्ट्रहरूमा उपनिवेश खडा गरे। ती क्षेत्रका प्राकृतिक, भौतिक एवं मानव साधनहरूको भरपूर उपयोग गरे। प्रशस्त धन कमाए।

पेन्सिलिन होस् वा एरोप्लेन, कम्युटर होस् वा फेसबूक, गूगल होस् वा उबर आदि सम्पूर्ण कुराको आविष्कार पश्चिमा जगत्मा भएको हो। हामीले आविष्कार भएका ती वस्तुहरूको केवल उपयोग गरौं तर त्यस किसिमका वस्तुहरू अविष्कार गर्ने चासो देखाएनौं। तर ज्ञानको क्षेत्रमा हामी अगाडि छौं भनेर फुर्ती लगाउन भने बाँकी राखेनौं।

ज्ञानको क्षेत्रमा हामी पछाडि छौं र यो कारणले गर्दा नै हाम्रो मुलुकको आर्थिक विकासको गति सुस्त भएको हो। हामी, हाम्रो घरअगाडि भत्केको सडक मरम्मतको जिम्मेवारी सरकारको हो भनेर पन्छिन्छौं, आफूले निर्माण गर्दैनौं। तर त्यस्तो कार्यको जिम्मेवारी हामीले लिनुपर्ने हो। त्यो सडकको उपभोक्ता हामी भएकाले त्यो सडक निर्माण गर्ने जिम्मेवारी हाम्रो पनि हो, होइन र?

हरेक विकास निर्माणको कार्य सरकारले गरोस् भन्ने हामी चाहन्छौं तर कर तिर्न उत्सुकता देखाउँदैनौं। हामीमध्ये कतिपयले कर छलि गरेको देखे–सुनेकै कुरा हो। हामीले नै कर नतिर्ने हो भने सरकारले कहाँबाट आम्दानी प्राप्त गर्ने अनि कसरी विकास तथा निर्माणमा खर्च गर्ने? सरकारको लागि आम्दानीको प्रमुख स्रोत भनेकै जनताले तिरेको कर हो।

विपक्षी र सत्तारूढ दलका नेताहरूको व्यवहार यस्तै रहने हो र मुलुकको आर्थिक सङ्कट समाधन गर्न उनीहरूबाट सक्रिय प्रयास नहुने हो भने नेपाल पनि भोलिका दिनमा लेबनानजस्तो हुनेछ। लेबनानका अदूरदर्शी नेताहरूले गर्दा यो देश अहिले ठूलो आर्थिक सङ्कटमा छ। यो देशको कुल गार्हस्थ्य उत्पादनसँग सार्वजनिक ऋणको तुलना गर्दा लेबनान विश्वमा तेस्रो ठूलो ऋणी राष्ट्र हुन पुगेको छ।

हामी चाहन्छौं सरकारले ठूला–ठूला अस्पताल, कलेज, विद्यालय, राजमार्ग आदिको निर्माण गरोस्। मुलुकलाई समृद्ध पारोस्। अति धनी पारोस्। तर हामी यो बुझ्दैनौं कि हामी धनी भएर मात्र देश धनी हुने हो। हामीले बढी आर्जन गरेर, बढी कर तिरेर, बढी रोजगार सृजना गरेर आफ्नो देशलाई धनी पार्ने हो। अमेरिका, ग्रेट ब्रिटेन, जापान, जर्मनी, फ्रान्सजस्तै हामीले अनेक किसिमका व्यापार गरेर, धेरै आय आर्जन गरेर, आफू र समाजलाई धनी पार्दै राष्ट्रलाई धनी बनाउने हो। कुनै पनि देशको सरकारले धन आर्जन गर्दैन। धन आर्जन गर्ने जनताले हो र देशलाई धनी पार्ने सरकारले होइन, त्यस देशमा बस्ने जनताले हो। तर यो कुरा हामीले बुझेका छैनौं। त्यस कारण हामी हाम्रो प्रयासद्वारा आफ्नो देशलाई धनी बनाउनेतिर लाग्दैनौं। केवल सरकारलाई गाली गर्छौं। हामीमा आर्थिक ज्ञान कम भएको यो हो बलियो प्रमाण।

देशको आर्थिक विकास कसरी गर्ने भन्ने कुराको हाम्रा नेताहरूलाई पूर्ण ज्ञान छैन। हुनत यस्ता नेताहरूलाई निर्वाचित हामीले नै गरेको हो। त्यस कारण उनीहरूको अल्पज्ञानको अपजस पनि हामीमाथि आउँछ। र हामीले त्यो अपजस पनि बोक्नुपर्छ। र यस्ता नेताहरू हामीले निर्वाचित गर्नु हामीमा ज्ञानको कमीले गर्दा हो।

हाम्रा नेताहरूमा आर्थिक विकासबारे ज्ञानको कमी छ भन्ने तथ्यका सहस्र उदाहरण छन्। यहाँ एउटा ताजा उदाहरण लिउँ। अहिले कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेको छ। अनेक मुलुकका बलिया आर्थिक संरचनाहरूलाई पनि कोभिडले भताभुङ्ग पारेको छ। विश्वका सरकारहरू कोभिडले पार्ने आर्थिक क्षति न्यूनीकरण गर्न सक्रिय भएका छन्, केही अपवादबाहेक। तर हामीकहाँ भने प्रधानमन्त्रीलाई हटाएर आफू प्रम हुन अनेक व्यक्ति लिगलिग दौडमा भाग लिइरहेका छन्। आफ्नो चिन्तनशील एवं सक्रिय ऊर्जालाई देशको आर्थिक विकासमा, गरीबी निवारणमा होइन, दाउपेचमा प्रयोग गरिरहेका छन्।

कोभिडले गर्दा नेपालको पर्यटन उद्योग अहिले धराशयी छ। यो पूर्व अवस्थामा कहिले र कसरी आउने त्यो अनिश्चित छ। अन्तर्राष्ट्रिय श्रम बजार नेपाली श्रमिकहरूको लागि प्रतिकूल भएर नेपालले पाउने विप्रेषणमा भारी कमी आएको छ। बजारमा देखिएको अनिश्चितताका कारण केही उद्योग बन्द भएका छन्। राष्ट्रिय व्यापारको गति सुस्त भएको छ। धेरै नेपालीले रोजगार गुमाएका छन्। कृषिमाथि हाम्रो पकड कमजोर भएर यो केवल निर्वाहमुखी भएको छ। यस्तो दयनीय अवस्थामा, नेपालको अर्थतन्त्रलाई दिवालिया हुनबाट जोगाउन के गर्नुपर्छ भन्ने विषयमा सबै दलका नेताहरू मिलेर छलफल गर्नुको साटो उनीहरू धृतराष्ट्रजस्तो मूकदर्शक भएर बसेका छन्। सत्तारूढ नेकपाको कुरा गर्ने हो भने यस दलका नेताहरू लिगलिगकोटको दौडेमा भाग लिन हिंडेका छन्, राजा बन्नका लागि, श्रीपेंच पहिरनका लागि व्यग्र देखिएका छन्। यस्तो विषम परिस्थितिमा पनि यिनलाई कुर्सी र शक्ति प्यारो भएको छ, देशको अर्थतन्त्रभन्दा। लिगलिगकोटको प्रतिस्पर्धमा मग्न छन्। हाम्रा नेताहरूमा आर्थिक विकासबारे ज्ञानको अभाव छ भन्ने तथ्यको योभन्दा अर्को उपयुक्त उदाहरण के हुन्छ सक्छ?

विपक्षी र सत्तारूढ दलका नेताहरूको व्यवहार यस्तै रहने हो र मुलुकको आर्थिक सङ्कट समाधन गर्न उनीहरूबाट सक्रिय प्रयास नहुने हो भने नेपाल पनि भोलिका दिनमा लेबनानजस्तो हुनेछ। लेबनानका अदूरदर्शी नेताहरूले गर्दा यो देश अहिले ठूलो आर्थिक सङ्कटमा छ। यो देशको कुल गार्हस्थ्य उत्पादनसँग सार्वजनिक ऋणको तुलना गर्दा लेबनान विश्वमा तेस्रो ठूलो ऋणी राष्ट्र हुन पुगेको छ। अहिले यो देशमा २५ प्रतिशतभन्दा बढी बेरोजगारी छ। अनि कुल जनसङ्ख्याको एक तिहाइ जनसङ्ख्या गरीबीको रेखामुनि छ। यो देशमा अहिले भरपर्दो स्वास्थ्य सेवा छैन, बिजुली नियमित छैन। शुद्ध खानेपानीको अभाव छ। अनि यहाँको इन्टरनेटलाई विश्वकै अति अविश्वनीय इन्टरनेटमध्ये एक मानिन्छ। लेबनानमा भ्रष्टाचार पनि चुलिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार सन् २०१९ मा, करप्सन परसेप्सन्स इन्डेक्स (Corruption Perceptions Index) मा भएका १८० राष्ट्रमध्ये लेबनानको स्थान १३७ मा थियो। लेबनानलाई यो स्थितिमा पु–याउने त्यहींका नेता हुन्। कुनै समय मध्यपूर्वको युरोप मानिने लेबनान अहिले यो स्थितिमा छ।

साधन र स्रोतले भरिपूर्ण नेपाललाई लेबनान हुन नदिन सरकार मात्र होइन, जनताको पनि सहयोग आवश्यक छ। हामी विद्यमान चेतनास्तरबाट माथि उठ्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२

काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff Course (AACSC) सि.सं. ३ का ५० जना

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो