विश्व स्तनपान सप्ताह २०२० – “स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार”


स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मुल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाइँदैछ। प्रत्येक वर्ष अंग्रेजी महिनाको अगस्ट १ देखि ७ सम्म नेपाल लगायत विश्वभर स्तनपान सप्ताह मनाइन्छ ।

यसै अवसरमा रोट्र्याक्ट क्लब अफ् डिल्लीबजार काठमांडौ, कर्मशाला कन्सल्टिङ्ग र सोचाइ संस्थाको संयुक्त आयोजनामा तदनुसार अगष्ट ३, अर्थात् श्रावन १९ गते , सोमबारको दिन साँझ ६ बजे गुगल मीट् एवं फेसबुक लाइभ मार्फत स्तनपान सम्बन्धित विभिन्न विषयमा जनचेतनामूलक वेबिनार संचालन गरिएको छ । स्तनपान र यसको महत्व सम्बन्धि लक्षित यस वेबिनारमा स्वास्थ्य, जनस्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत विभिन्न वक्ताहरुले प्रस्तुतिकरण गर्नु भएको थियोे जसअनुसार कर्मशाला कन्सल्टिङ्ग् संस्थाकी कोफाउन्डर एवं न्युट्रीसनिस्ट, प्रज्ञा रिमाल, पब्लिक हेल्थ् विशेषज्ञ सन्देश अधिकारी र सोचाइ संस्थाकी कोफाउन्डर एवं सीइओ, बोनिता शर्मा, हुनुहुन थियो भने यस वेबिनारको सहजिकरण रोट्र्याक्ट क्लब अफ् डिल्लीबजार को तर्फबाट रोट्र्याक्टर सोनिया खड्काले गर्नु भएको थियो । वेबिनारको उद्घाटन गर्दे रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष रोटेरियन संजय चौधरीले स्तनपान सबै बालबालिकाहरुको लागी महत्वपूर्ण रहेको र यसको महत्वको बारेमा स्तनपान सप्ताहमा मात्र छलफल नभई बर्षभरी नै गर्नुपर्ने र यसको लागि रोट्र्याक्ट, कर्मशाला कन्सल्टिङ्ग् संस्था, सोचाइ संस्था लगायतका अरु विभिन्न संस्थाहरु संग मिलेर स्तनपानको प्रर्वधनको लागि सचेतिकरण गर्ने कुरामा जोड दिनु भयो ।

स्तनपानको महत्वलाई प्रर्वधन गरी, बजारी दुधको उपभोग न्यूनीकरण गरी स्वस्थ र सुन्दर संसार बनाउन मद्दत् गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा विषेशगरी स्वास्थ्य, पोषण, जनस्वास्थ्य लगायत अन्य विभिन्न क्षेत्रका व्यतिmहरुको उपस्थिती रहेको थियो ।

आयोजकका अनुसार यस बेबिनारमा निम्न विषयहरुमा लक्षित भई प्रस्तुतिकरण र छलफल हुने छ:
✓ स्तनपान भनेको के हो ?
✓ स्तनको बनावट र दूध आउने प्रक्रिया
✓ बच्चालाई कति मात्रामा दूध चाहिन्छ र आमाले कति उत्पादन गर्छिन
✓ आमाको दूधको संरचना
✓ स्तनपान महत्व र फाइदाहरु
✓ नेपालमा स्तनपानको स्थिति
✓ स्तनपान गराउने तरिका
✓ स्तनपानको लागि सिफारिस गरिएका व्यवहारहरु
✓ स्तनपान नगराउनु पछाडीका विभिन्न कारणहरु

प्रस्तुतिकर्तारसहजकर्ताहरुको छोटो परिचयः
प्रज्ञा रिमाल शैक्षिक पृष्ठभूमिद्वारा पोषण पेशाकर्मी हुन् । उनी कर्मशाला कन्सल्टि· प्रा.लि की को(फाउन्डर हुन् । उनले विगत १० वर्ष भन्दा बढी समयदेखि निजी तथा सरकारी निकायसँगको सहकार्यमा कार्यक्रम कार्यान्वयन अनुगमन, मूल्याङकन र पोषण कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरको क्षमता निर्माणमा सहयोग पु¥याउदै आएकी छिन् । उनी महिला, बालबालिका, किशोर–किशोरी र सीमान्तकृत समूहहरूका लागि सार्थक योगदानको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन समर्पित छन् । आफनो पेसागत अनुभवहरुको क्रममा रिमालले नेपालका विभिन्न गैरसरकारी संघ संस्था र संयुक्त राष्ट्र संघीय एजेन्सीहरुमा मातृ, शिशु तथा बाल्यकालीन पोषण अधिकृत, तालिम अधिकृत एवं सामाजिक परिचालक संयोजक आदिको भूमिकामा काम गरिसकेकी छन् । यसका साथै उनले विभिन्न निजी संगठनहरू र स्वास्थ्य संस्थाहरूमा पनि प्रबन्धकको भूमिकामा अनुभव बटुलिसकेकी छिन् ।

सन्देश अधिकारी एक जनस्वास्थ्य पेशाकर्मी हुन् । अधिकारीले विगत आठ बर्ष भन्दा बढि समयदेखि जनस्वास्थ्य क्षेत्रमा आफनो कार्य अनुभव बटुलिरहेका छन । उनले डब्लु.एच.ओ ९ध्ज्इ० टीडीआर स्कलरको रूपमा बंगलादेशको द्यच्ब्ऋ विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर पूरा गरेका हुन् । अधिकारीले आफनो व्यवसायिक कार्यकालमा स्वास्थ्य, पोषण, एचआईभी र एड्स, युवा संलग्नता र अनुसन्धानको बिभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत रहेर काम गरेका छन् । आफ्नो व्यावसायिक अनुभवको क्रममा उनले जनस्वास्थ्य कार्यक्रम संयोजक, अनुसन्धान संयोजक, परामर्शदाता, प्राध्यापक लगायत विभिन्न क्षमता र भूमिकामा बसी नेपालका विभिन्न कार्यक्रम, परियोजना र शैक्षिक संस्थाहरूमा काम गरेका छन् । यस बाहेक, उनले अन्र्तराष्ट्रिय क्षेत्रमा नेदरल्याण्ड्समा संयुक्त राष्ट्र सघंको सहयोगमा आयोजित कार्यक्रमहरू, नेपालमा दक्षिण एसियाली युवा सम्मेलन (क्ब्थ्ऋ), जस्ता विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पनि नेपाल र एशिया प्रशान्तलाई प्रतिनिधित्व गरेका छन् ।

बोनिता शर्मा सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स (सोचाइ) संस्था कि सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । जनस्वास्थ्य विषयमा स्नातक तथा पोषणमा स्नातकोत्तर गरेकी शर्मा, विगत ७ वर्ष देखी पोषण र स्वास्थ्यको क्षेत्रमा कृयाशिल छिन । उनको संस्थाले महिला बालबालिकाको पोषणका लागि गरिरहेको कार्य तथा सृजना गरेको नविनतम पोषणमाला का लागी उनी अन्तर्राष्ट्रिय जगतमा पुरस्कृत छिन् । सन् २०१९ मा उनलाई बिबिसीले प्रेरणादायी १०० महिलाको सुचिमा पनि राखेको थियो ।


Loading comments...