घुस रकम लेनदेन गरिरहेकै अवस्थामा गुट्खा ब्यवसायीसँगै प्रमुख अनुसन्धान अधिकृत अख्तियारको फन्दामा


बुटवल, २०७७ साउन, २० । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झा रू. २ लाख घुस रकम लेनदेन गरिरहेको अवस्थामा नियन्त्रणमा ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले निज प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झालाई रू.२ लाख घुस रकमबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोक, रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...