
BREAKING | लेबनान: बेरूतमा ठूलो बिष्फोट
२१ श्रावण २०७७, बुधबार ०१:५०
बेरूत, २१ साउन, २०७७ । लेबनानको राजधानी बेरूतमा मंगलवार अपरान्ह अचानक एउटा ठूलो आवाज आयो । यसअघि स्थानीयहरुले केही बुझ्नसक्थे १५ दिन भित्र पुनः एउटा अर्को बिष्फोट भयो । हेर्दा हेर्दै पुरै शहरका गल्लिहरु धुँवाको मुस्लोले भरियो । गाडीका शीशा तथा अग्ला घरका झ्यालका शीशाहरु चकनाचूर भएका थिए । जसका कारण घटनास्थल वरीपरी रहेका कैंयन मानिसहरुले ज्यान पनि गुमाएका छन् । बिष्फोटको यकिन जानकारी प्रारम्भमा नभएपनि पटाका जस्ता बिष्फोटक पदार्थहरुको कारणले घटना घटेको एजेन्सी बताउँछ ।
बम या भूकम्प झै भयानक अवस्था
बेरूतमा अपरान्ह पोर्ट क्षेत्रका नजिक यो भयानक घटना भएको हो । यो यति भयानक थियो कि त्यो कुनै ठूलो बम बिष्फोट भएको हुनुपर्छ । यहाँसम्मकी बिष्फोटलगत्तै भुकम्प झै जमिन पनि केहीबेर हल्लिएको थियो । स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा केही बेरमा भाइरल भएको घटनासँग सम्बन्धित भिडियो हेर्ने हो भने यो कुनै ब्यापक ठूलो बम बिष्फोट भन्दा कम देखिदैन । प्रारम्भमा सेतो धुँवाको अग्लो मुस्लो माथी आकाशमा फैलिएको थियो तथा केही क्षण मैं ठूलो आवाजका साथ बिष्फोट हुँदै त्यसको गतिको सम्पर्कमा जे जति कुराहरु बाटोमा आए सबैलाई धुँवामा समेट्दै गयो । एजेन्सीको रिपोर्टलाई मान्ने हो भने घटनास्थलदेखि कम्तीमा १० किमी टाढासम्मका घरहरुमा समेत केही न केही क्षती भएका छन् ।
Massive Explosion import area of Lebnan’s Capital Beirut..Dramatic visuals. Reason of Blast unknown yet. pic.twitter.com/N9ZaIGcxUX
— Smriti Sharma (@SmritiS24856750) August 4, 2020
बेहोस झै दौडी रहेका थिए मानिसहरु
घटनापछि बेहोस झै यताबाट उता, उताबाट यता मानिसहरु चिच्याउँदै-कराउँदै सडकमा भागीरहेका, दौडिरहेको देखिन्थे भने केही एकअर्कालाई सम्हाल्नतर्फ पनि केन्द्रित देखिन्थे । केही ठूला घरहरुका पुरै बरण्डा समेत उखेलिएको अवस्थामा छ भने गगनचुम्बी केही बिल्डिङहरु जमिनमा आइपुगेका छन् । जसमा ठूलो संख्यामा मानिसहरु थिचिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको केही बेरमैं घाइतेहरुलाई एम्बुलेन्स चढाउँदै अस्पताल कुदाइएका थिए भने दमकलकर्मी ठाउँठाउँमा लागेका आगोको मुस्लोहरु निभाउने कार्यमा जुटेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार घटनाको समय अवस्था यस्तो देखिन्थ्यो की ठूलो बिनास आएको होस् ।
राष्ट्रपतिले तत्काल बोलाए आपातकालिन बैठक
बर्षौं पछि लेबनानमा पहिलो पटक भएको यस भयानक घटनाका सम्बन्धमा छलफल गर्न राष्ट्रपति माइकल आउनले सुप्रीम डिफेंस काउन्सिलको आपतकालिन बैठक डाँकेका छन् । लेबनानका स्वास्थ्य मन्त्री हमाद हसन भन्छन्, “घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् ।” न्यूज एजेन्सी रोयटर्स अनुसार घटनामा परि कम्तीमा १० जना को मृत्यू भइसकेको छ । हसन भन्छन्, “शहरमा ठूलो क्षती भएको छ । उनले त्यस क्षेत्रका सबै अस्पतालहरुलाई घाइतेहरुको उपचारक लागि तैयारी अवस्थामा बस्न अपिल समेत गर्नुभएको छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति