‘श्रीमद्भागवत गीता’ – सृष्टि सम्बन्धी ब्याख्यामा के छ?


आज श्रीमद्भागवत गीताका केही जीवनअर्थका आयामहरु यहाँ उक्काउन जाँदैछु, सृष्टि सम्बन्धी ब्याख्या अनि श्रीमद्भागवत गीताका केहि श्लोक र संरचनालाई साभार गर्ने जर्मकोमा छु ।

यस ब्रह्माण्डको अवस्थिती र सृजना, अँग्रेजीमा म्यानिफेस्ट भनिएको पाइन्छ, म्यानिफेस्ट अर्थात् संरचनागत अनि डिम्यानिफेस्ट अर्थात प्राकृतिक स्वरुप र प्याटर्न भन्दा परको अवस्थिती, श्रीमद्भागवत गीतामा यस सृष्टिको म्यापनिफेस्टर डिम्यानिफेस्ट दुबै प्रकृतिका श्लोकहरु अनि संवादहरु छन् ।

suyog dhakal
लेखकः सुयोग ढकाल

अर्कोतर्फ घरिघरि यस ब्रह्माण्डको सृष्टि गरिएको हैन, तसर्थ न त यस्को अन्त छ न त शुरुवात भन्ने तथ्य पनि पाइन्छ । श्रीमद्भागवत गीता अत्यन्त सापेक्ष पुस्तक छ, हरेक पटक यस पुस्तक पढ्दा नयाँ नयाँ आयाम र आत्मसाथहरुको सृजना हुन्छ, मानौ यस पुस्तक एउटा रसको कुँवा हो, जति पटक रस तानेपनि फरक फरक स्वाद आउँछ ।

ब्रह्माको एउटा दिनको सापेक्षतामा बिहान सबेरै यस सृष्टि म्यानिफेस्ट हुन्छ, संरचनागत हुन्छ र हरेक साँझ यस सृष्टि संरचनाका बारहरु तोडेर प्रकृतिमा समाहित हुन्छ ।
गीताको ८ को १८ यहाँ उद्धृत गर्दछु ।

यि शब्दहरु भगवान श्रीकृष्णले भनेका हुन्:
हे पृथका छोरा! प्राणीहरूको यो विशाल सामूहिकता अकल्पनीय रूपमा बारम्बार अभिव्यक्तिको रूपमा आउँदछ, रातको सुरूवातमा विघटन हुन्छ, र फेरि बिहान उज्यालोमा देखा पर्दछ।

यस सृष्टिको संभावना अनि यसका अन्त र शुरुवातका रेखांकनहरु ब्यर्थ प्रयास हुन्, यसको अन्त र शुरुवात समयको साइकलिक अर्थात् चक्रपाती अवयवहरुमा समाहित छ । समय स्वयम सृष्टिको सृजना, गठन र बिगठनमा संलग्न छ, अर्थपूर्ण रुपमा संलग्न छ । यस चक्रलाई नै संसारा भनिन्छ, यसको अर्थ हुन्छ जीवन र मृत्यूको दोहोरिरहने चक्र । यस संसाराको कुनै शुरुवाती बिन्दु नै हुन्न, यो केवल एउटा वृत हो, हरेक कोणमा यसको ब्यास र अर्धव्यास समान हुन्छ, अब एउटा सर्कलको शुरुवात र अन्त कहाँ हुन्छ र ?

प्रकृति र आत्मा यस संसाराको कुनै एक विन्दुमा सृजना भएका हुन, सर्वोच्च सृजना र सृष्टिकर्ताको अंशका रुपमा म्याटर र जीवाहरु अर्थात प्रकृति र आत्माहरु सृजना गरिएका हुन् । सर्वोच्च तत्वको अंशका रुपमा प्रकृति र आतमा दुबै अन्तत परमात्मातत्वसंग मिल्न जान्छन्, समयको हरेक विन्दुमा प्रकृति र आत्माको सृजना गर्ने शक्ति निहित रहन्छ । हरेक सृष्टिका अवयवहरुको कजुअल कन्डीशन हुन्छ, कजुअल कन्डीशनको मुख्य तथ्य नै सर्वोच्च तत्वसंगको लीन हुने मोक्ष जोडिएको हुन्छ ।

जीवा अर्थात आत्माहरु अनेकन स्वरुपमा अनेकन शरीर अझ भनौं जन्म र चोला धारण गर्दछन्, यसरी अनेकन चोलाहरु यिनीहरुको कर्मा र कदमहरुमा निर्भर गर्दछन् । पुराना चोलाहरुको कर्मा र कदमहरु लुकेका हुन्छन तर त्यो शक्ति र उर्जाहरुको प्रभाव पछिल्ला जन्मसम्म कायम रहन्छन्, प्रभाव गर्दछन् । हरेक चोलाहरुमा आत्मालाई थप सर्वोच्चतत्वसंगको निकट रहने अवसर रहन्छ, यो अवसर धर्म या संस्कारभन्दा परका बुझाई हुन्, गीतामा धर्म लाई सत्य र कर्मसंग मात्र जोडिएको छ ।

अब म यहाँ आइन्सटाइनलाई जोडिदिन्छु
“नो प्रब्लम्स क्यान बि सल्भड फ्रम द सेम लेभल अफ कन्सीयसनेस” अर्थात समान तहको चेतना भएकाहरुले समस्या समाधान गर्न सक्दैनन, यस अर्थमा ब्रह्माण्डका जटिल प्रश्न र सृष्टिका उत्तरहरुका लागि आइन्सटाइनले सर्वोच्च तत्व या सर्जक शक्तिको आव्हान गरेका हुन् । आइन्सटाइनले पनि श्रीमद्भागवत गीताको अध्ययन गरेको प्रमाण र कैंयन गीता सम्बन्धी भनाईहरु यिनी स्वयमले विभिन्न प्रसङ्गमा भनेका पाइन्छन ।

कृष्णले गीतामा यस सृष्टिलाई स्वयम्भू र स्वप्रकाश भनी ब्याख्या गरेको छन्, यसको अर्थ हो स्वअस्तित्व भएको र आफ्नै प्रकाश भएको ।

ब्रह्माण्डको सृजना संरचनागत भन्दा पनि संरचनाविहिन अनि डिम्यानिफेस्ट प्रकृतिमा भएको छ, गीताले प्रकृतिलाई अविछिन्न अनि छरिएका ब्याख्यामा राखेको छ, हामी सबै यस सृष्टिका टुक्राहरु हौं, सृजनाका तत्वहरु हौं, या त यहाँ अनेक ब्रह्माण्डहरु छन् या हामीभित्र नै ब्रह्माण्ड छ, आफ्नो अवस्थिती र संचरनालाई माया गरौं, जयहोस् ।


Loading comments...