‘सबैको राम, सबैमा राम’ : अयोध्यामा श्रीराम मन्दिरको भूमीपूजा सम्पन्न


हाइलाइट्स

  • अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमीपूजा पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकता, भाइचाराको सन्देश दिएका छन्
  • भारतीय प्रधानमन्त्री मोदी भन्छन्- कि राम सबको हुन र सबैमा बसेका छन्, प्रेम तथा भाइचाराको जोडले राम मन्दिरको शिलाहरु जोड्नुछ
  • उनी भन्छन्- हामीले सबैको भावनाको ध्यान राख्नु छ, हामीलाई सबको साथले, सबको विश्वासले सबैको विकास गर्नुछ
  • उनको सन्देशमा, “राम र सीताको नेपालसँगको आत्मीय सम्बन्ध”बारे चर्चा उल्लेख भएको थियो

करीब ५ सय वर्षबाट चलिआएको विवाद तथा भारतवर्षको इतिहासको सबैभन्दा लामो कानूनी लडाईपछि अन्ततः आज अयोध्यामा बनाइने भनिएको भगवान श्रीरामको भव्य मन्दिर (Ram Temple Construction updates) को लागि भूमीपूजा सम्पन्न भएको छ । श्रीराम मन्दिरको आधारशिला राखेपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ” राम सबको हुन र सबैमा बसेका छन्, प्रेम तथा भाइचाराको जोडले राम मन्दिरको शिलाहरु जोड्नु छ ।”

मन्दिरको भूमीपूजा (Ram Mandir Bhumi Pujan) सम्पन्न भएसँगै भारतको सबैभन्दा चर्चित तथा अत्याधिक लामो समयसम्म जारीरहेको विवादको एक किसिमले आधिकारीक अन्त्य झै भएको घोषणा गर्दै भारतीय प्रधानमन्त्री मोदीले भाइचाराको सन्देश दिएका थिए । उनले भने, “राम सबै ठाउँमा हुनु भारतको विविधतामा एकताको जीवन चरित्र हो ।”

“हामीले सबैको भावनाको ध्यान राख्नु छ, हामीलाई सबको साथले, सबको विश्वासले सबैको विकास गर्नु छ । प्रभू श्रीरामले हामीलाई आफ्नो कर्तव्य पालन गर्ने ज्ञान दिनुभएको छ । आफ्नो कर्तव्यलाई कसरी निर्वाह गर्ने हो, यस कुराको ज्ञान दिनुभएको छ । भगवान श्रीरामले हामीलाई विरोधबाट निस्किएर, बोध तथा शोधको बाटो देखाउनुभएको छ । जति-जतिबेला मानवताले श्रीरामलाई मानेको छ, तत्-तत् समय विकास भएका छन् तथा जति-जतिबेला भट्किएको छ त्यस क्षण विनासको बाटो खुलेको छ ।”

“विश्वकै सर्वाधिक मुस्लिम जनसंख्या रहेको इण्डोनेशिया लगायतका कैंयन मुलुकहरु यस्ता छन् जसले भगवान रामको नामको बन्दना गर्दछन् । रामायण; इण्डोनेशिया, कम्बोडिया, लाओस, मलेशिया, थाइल्याण्ड, श्रीलंका तथा नेपालमा प्रिसिद्ध तथा पूज्यनीय छन् । भगवान श्रीरामको नाम इरान तथा चीनमा समेत गरिएको पाइएको छ । तथा ‘राम कथा’ कैंयन देशहरुमा प्रचलित छन् ।

श्रीराम मन्दिरको स्वरुपको प्रस्तावित ढाँचा यस्तो छ

नेपालसँगको सम्बन्धको प्रसङ्ग
भारतीय प्रधानमन्त्री मोदीको सम्बोधनको क्रममा, “श्रीलंकामा रामायणको कथा ‘जानकी हरण’को नामले सुनाइन्छ भने नेपालको आत्मीय सम्बन्ध माता जानकीसँग जुटेको छ । थाहा छैन संसारका कति त्यस्ता ठाउँ छन्, स्थान छन् जहाँको धेरैको आस्थामा या अतितमा राम कुनै न कुनै रुपमा रचिएका छन् बसेका छन् ।”

भूमिपूजामा देखिएनन बिजेपीका बरिष्ठ नेता आडवाणी तथा जोशी
बिजेपीका बरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी सहित श्रीराम मन्दिर आन्दोलनका कैंयन शिर्षस्थ अगुवा नेताहरु अयोध्यामा आज सम्पन्न भएको भूमी पूजामा कार्यक्रम स्थलमा उपस्थित थिएनन । कोरोना महामारीको कारण आयोजकले डाक्नुपर्ने व्यक्तित्वहरुको सूची छोट्याएको थिए र केवल १७५ जनालाई मात्र आमन्रण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रीय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दी बेन पटेल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, महन्थ नृत्यगोपाल दास सहित ब्यापक संख्यामा साधू-सन्तहरुको उपस्थिति रहेको थियो ।

श्रीराम मन्दिरसँग सम्बन्धीत हुलाक टिकट पनि जारी
सोही कार्यक्रम मार्फत ‘भगवान श्रीरामको भब्य मन्दिर’ सँग सम्बन्धीत विशेष हुलाक टिकट समेत भारतले जारी गरेको छ । मन्दिर निर्माणको आधारशिलालाई प्रतिद्वन्दीहरुले भारतीय जनता पार्टीको वैचारिक जीतको रुपमा हेरेका छन् भने पछिल्लो तीन दशकदेखि यो मुद्दा बिजेपीको राजनीतिमा केन्द्रित थियो ।


Loading comments...