
सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने – बाँच्ने अन्तिम आशा हो
२२ श्रावण २०७७, बिहीबार ००:३९
मर्दान घापर प्राय: क्यामेरामा पोज दिने गर्छन् । चिनियाँ अनलाइन रिटेलर ताओबामा मोडलिङ गर्ने ३१ वर्षीय घापरलाई राम्रै पैसा दिइएको छ । उनले विभिन्न लुगाको ब्रान्डिङमा मोडलिङ गरेका छन् ।
तर, घापरको एक भिडियो भने फरक छ । उनी कुनै फेसनेवल सहरको सडक अथवा भव्य स्टुडियोमा होइन्, फोहोर भित्ता र खिया लागेको झ्याल भएको कोठाभित्र छन् । उनी यस पटकको भिडियोमा कुनै पोज दिइरहेका छन् । उनी चुपचाप छन् तर आत्तिएकाजस्ता देखिन्छन् ।
उनले दायाँ हातले क्यामेरा समातेका छन् भने उनको लुगा पनि फोहोर देखिन्छ । उनका बायाँ हातको कोठामा भएको एउटा खाटमा बाँधिएको छ । त्यो कोठामा भएको एकमात्र फर्निचर त्यही एउटा खाट हो ।
सामाग्री बिबिसी वर्ल्डबाट उल्था गरिएको हो
Uighur model Merdan Ghappar sent videos and text messages from his cell in a Chinese camp. The video reveals his dirty clothes, his swollen ankles, and a set of handcuffs fixing his left wrist to the metal frame of the bed. https://t.co/edWnDjc0yr
— SAMRI (@SAMRIReports) August 4, 2020
मोडलका पारीवारिक स्रोतमार्फत यो भिडियो थुप्रै टेक्स्ट म्यासेजसहित बीबीसी वर्ल्डलाई उपलब्ध गराइएको थियो । हिरासत कक्षबाट एक व्यक्तिले उच्च सावधानी र पूर्ण गोपनीयताका साथ पठाए । यस भिडियोसँगै पठाइएको सन्देशमा चीनले तीन खराब शक्तिविरुद्ध लडिरहेको भनिएको अतिवादी, आतंकवादी र पृथकतावादीको विषयमा उल्लेख गरिएको छ ।
केही वर्षयतादेखि पश्चिमी प्रान्त सिन्जियाङका करिब १० लाख उइगर र अल्पसंख्यकहरु चीनको हिसासतमा रहेको बताइँदै आएको छ । चीनले उनीहरुलाई अतिवादविरुद्ध प्रशिक्षण दिइरहेको बताउँदै आएको छ । तर, उनीहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको छ ।
हजारौं बालबालिकालाई उनीहरुको अभिभावकबाट अलग गराइएको छ । महिलाहरुलाई जबरजस्ती बच्चा नजन्माउन दबाब दिइन्छ ।
घापरको अकाउन्टबाट पनि धेरै प्रमाणहरु प्राप्त गर्न सकिन्छ । त्यहाँ हिरासतमा रहेकाहरुलाई यातना र दुर्व्यवहार गर्ने गरिएको छ । उइगरहरुलाई गैरकानुनी रुपमा कुनै मुद्दाबिना हिरासतमा राखिएको छ ।
उनीहरुलाई गम्भीर मनोवैज्ञानिक दबाब दिने गरिएकोसमेत बताइएको छ ।
अहिले सिन्जियाङमा कोरोना भाइरसको महामारी फैलिएको छ । तर, उइगरहरुलाई यस विषयमा जानकारी गराइएको छैन भने सबैलाई एकै ठाउँमा राखिएको छ । सरसफाई गर्न पाएका छैनन् । उइगरहरु राखिएका हिरासतहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको छ ।
बीबीसीले यस विषयमा विस्तृत जानकारी गराउनका लागि चिनियाँ विदेश मन्त्रलायलाई पत्र पठाएको छ । घापरका परिवारलाई विगत पाँच महिनादेखि यस विषयमा जानकारी गराइएको छैन । उनका परिवारले विगत पाँच महिनादेखि आफ्नो छोराको कुनै सन्देश नदिइएको जनाइएको छ । ३८ मिनेट लामो उक्त भिडियामा उनले भोगेको यातनाको बारेमा जानकारी गराइएको छ ।
उनले यो आफ्नो अन्तिम आशा भएको बताएका छन् । सन् २००९ मा उइगर भएकै कारण यातना भोगेपछि उनले सिन्जियाङ छोडेका थिए । तर, चिनियाँ अधिकारीहरुले फेरि उनलाई त्यही उइगररहेको हिरासतमा थुनेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल