
“के माया लाग्छ र?” सोध्नेहरुको प्रेम र संघर्ष समेटिएको साङ्गीतिक सिनेमा “तीनपाते”
२२ श्रावण २०७७, बिहीबार २३:०३
के माया लाग्छ र” टिमको अर्को प्रतिक्षित प्रस्तुति म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक
आर्टमाण्डु मिडिया विगतका दिनहरु देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधूनिक नेपालका शालिन अनि सभ्य परिवेशका सञ्चार र मनोरञ्जन सामाग्री उत्पादनका लागि उन्मुख उत्पादन केन्द्र हो ।
पछिल्लो समयमा नेपाली जनजिब्रोमा चर्चित अनि लोकप्रीय गीत (के माया लाग्छ र) आर्टमाण्डुकै अथक प्रयास, जाँगर अनि नवप्रवर्तनको उपज हो, यस गीतलाई यूट्यूवमा ९० लाख पटक हेरीसकिएको छ । नेपाली गीत अनि म्यूजीक भिडियोको संस्करणहरुमा पछिल्लो समयमा गीतका भिडियोहरुमा श्रृजना अनि मौलिकताको बिजारोपणलाई प्राथमिक्ता दिँदै आर्टमाण्डुले गीतलाई ग्रामिण परिवेशमा ढाल्दै कथासंग जोडेर भिडियोलाई एउटा सकल चलचित्रको स्वरुपमा उतार्ने प्रयत्नहरु गर्दैआएको छ, चाहे त्यो बहचर्चित बटौली होस्, या के माया लाग्छ र आर्टमाण्डुका अन्य प्रयत्नहरु किन नहोस् ?
यसपटक आर्टमाण्डुका नवीन चौहानले निर्देशन गरेको तिनपाते वोलको गीत लिएर दर्शकश्रोता सामु आएको छ । तिन पाते एउटा प्रेमको कथा हो जहाँ ग्रामिण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि वाल्यकालको माया र अपेक्षा लुकेको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दुध अनि गोठ देखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केहि गर्ने दुविधालाई चिर्दै यस म्यूजीक भिडियोले मिठो गीत र मनछुने कथा दुवै पस्किएको छ । सम्भवत् नेपाली म्यूजीकल भिडियोको इतिहासमा नै यो एउटा यस्तो म्यूजिक भिडियो हो जस्मा मध्यान्तरको कन्सेप्ट राखिएको छ भने शालिन अनि सम्झनायोग्य पल अनि दृश्यहरुलाई अटाउँदै यस भिडियोले नेपाली मन चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्नेछ ।
यसमा शब्द हर्क साउद, सङ्गीत तथा स्वर सुजन चापागाईँ अनि विद्या तिवारीको रहेको छ । सङ्गीत संयोजन गंगा थापाले गरेका हुन् भने ध्वनी मिश्रण कोबिद बज्रले गरेका हुन् । गीतको छायांकन अनिश स्याङ्ग देन ले गरेका हुन् भने रंग संयोजनर ग्राफिक्स दिनसन शाहले गरेका हुन् । गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ ।
चियाको वगानमा तिनपाते भएका कोपीलाहरुलाई परिपक्व, मिठो अनि उपयूक्त बिम्बका साथ उद्धृत गरिन्छ, यस गीतमा पिरतीको तिनपाते (त्रिकोणात्मक) स्वरुपलाई देखाइएको छ, रसरंग अनि संझनालाई तिनपातेसंग जोडिदिएको यस गीतको लयले ग्रामिण नेपालको भाकाहरुलाई प्रतिनिधित्व गर्दै टपक्क टिपेको छ ।
गीतका नेपाली परिवेशका शब्दहरुलाई विश्वजगतमा चिनाउने कसरत स्वरुप शव्दहरुको अँग्रेजी रुपान्तरण अनि परिपेक्ष्यकरण लेखक अनि साँस्कृतिक अन्वेषक सुयोग ढकालले गर्नुभएको हो, नेपालमा सर्वाधिक डाउनलोड भएको हाम्रो पात्रोमार्फत नेपाली चाडपर्व अनि दैनिकि सम्बन्धी आलेख अनि अध्ययनहरु वहाँले नै गर्नुभएको हो ।
भिडियो यहाँ हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।