ryan

७ वर्षको बालकले कमाए युट्युवमा सवैभन्दा बढि पैसा


खेलौनाहरुको बारेमा समीक्षा गर्ने सात वर्षीय केटालाई यूट्यूबको उच्च कमाइ गर्ने ब्यक्तिको रुपमा  सात वर्षिय बालक रेयानलाइ लिइएको छ । फोव्र्स पत्रिकाले गरेको अनुसन्धानमा युट्युवले रेयानलाइ गत १२ महिनामा मात्र ५ मिलियन अमेरिकी डलर दिइएको  थियो ।

भिडियो प्राय दिनहुँ अपलोड गरिन्छ ।  उनको द टोय रिभ्यु च्यानल मार्फतगत आइतवार मात्र अपलोड गरिएको रेयानको ठुलो अण्डा र निलो दानव भन्ने भिडियोमा मात्र १ मिलियन भन्दा बढि दर्शकले हेरेका छन ।

फोव्र्सका अनुसार हालसम्म २० मिलियन भन्दा बढि कमाइ गर्ने च्यानल मध्ये उनको च्यानल तेस्रो नम्बरमा परेको छ । २०१५ मार्चमा उनका बाबुआमाले स्थापना गरेको सो च्यानलमा हाल सम्म २६ विलियन भन्दा बढि भ्यु भएको छ भने १७ मिलियन भन्दा बढि सस्क्राइवर रहेका छन । उनि बताउँछन मैले धेरै मनोरन्जन दिन सक्ने भएकाले मेरो भिडियोमा दर्शकहरु धेरै छन ।

उनको २१ मिलियन अमेरिकी डलर विज्ञापनबाट मात्र संकलन भएको कुरा फोव्र्स पत्रिकाले जनाएको छ । उनको यो कमाइ अन्य ठुला युट्युवर्सको भन्दा थोरै छ ।

Top 10 Science Experiments you can do at home for kids” शिर्षकको उनको यो भिडियोमा उनका दानु बहिनीको पनि सहभागित रहेको थियो जस्ले मात्र २६ मिलियन दर्शक पाएको थियो

यस भन्दा अघि Minecraft गेमर दानियल मिडलटन २०१७ को १६.५ मिलियन अमेरिकी डलर कमाउँदै उच्च स्थानमा रहेका थिए । हाल उनी चौथो स्थानमा रहेका छन ।

 


Loading comments...