स्वासप्रस्वासमा समस्या देखिएका नेकपा पर्साका युवा नेता अरबिन्द सिंह उपचारका लागि काठमाण्डौमा


काठमाण्डौ, २२ साउन, २०७७ । नेकपा पर्साका लोकप्रिय युवा नेता अरबिन्द सिंहलाई मंगलबार राती देखि स्वासप्रस्वास तथा लगातार खोकीको समस्या देखिएपछि हेलिकप्टर चार्टर गरी हिजो काठमाण्डौ ल्याइएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पलतामा कोरोनाको आशंकामा गराइएको परिक्षणमा भने कोरोना नेगेटिभ देखिएको थियो ।

निमोनिया, स्वासप्रस्वासको समस्या तथा शरिरमा न्यूनमात्रामा मात्र अक्सिजन भेटिएपछि डाक्टरको सल्लाहमा हिजै नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उनको उपचार थालिएको छ र कोरोना संक्रमण हो होइन भन्ने यकिन गर्न पुनः परिक्षणका लागि स्वाब संकलन गरिएको छ । 

राजधानी लगायत देशका कैंयन स्थानमा संक्रमितहरुको संख्या बाक्लो हुँदै गइरहेको छ । जनप्रतिनीधिहरु, सुरक्षा संयन्त्रका अत्यन्तै संवेदनशील प्रहरी, सैनिक जवानहरु, स्वास्थ्यकर्मीहरुमा समेत पछिल्लो समय ब्यापक देखिन थालेको संक्रमणलाई समयमैं पत्ता लगाउन स्वाब संकलन तथा परिक्षणको दायरा बढाउनका लागि निजी स्वास्थ्यसंस्था तथा ल्याबहरुसँग सहकार्य सरकारले गर्ला भन्ने शंकेत अझै देखिएको छैन ।

यसै सन्दर्भमा केहीदिन अघि मात्रै नेता अरबिन्द सिंहले फेसबुक स्ट्याटसमार्फत सरकारलाई घचघच्याउने प्रयास गरेका थिए ।

के थियो उनको फेसबुक स्ट्याटसमा?
कोरोना संक्रमितहरुको संकलन गरिएको स्वाब परिक्षण गर्न नारायणी हस्पिटलको ल्याबले मात्रै नसक्ने भएकोले बिरगञ्जमा संचालित निजि ल्याबहरुले सहयोग गर्दा रिपोर्ट छिटो आउनेछ । सरोकारवालाहरुको ध्यानाकर्षण होस् ।


Loading comments...