TOUGHtalk मा यो साता – यसपालीको महाधिवेसनबाट एउटा पंक्तीलाई बिदाई: गगन थापा


कोरोना भाइस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि चार महिना लकडाउन भयो, तर त्यसबीचमा सरकारले खासै धेरै परिक्षण र कन्ट्याक्ट ट्रेसिंग गर्न नसकेका कारण लकडाउन खुल्नासाथ संक्रमितको संख्या ह्वात्तै बढेको छ । मृतक र संक्रमितको संख्या बढ्दा अहिले कोरोनाका लागि डेडिकेटेड अस्पताल भरिएका छन् । कोरोना भाइरसको संक्रमण देखिएको करिब ८ महिनासम्म पनि संक्रमण बढेको अवस्थामा के गर्ने भन्नेमा अझै हाम्रा सरकारी संयन्त्रहरु अन्योल देखिनु बिडम्बना हो । अनि नेतृत्वमा बस्ने राजनीतिक दल, नेता देखि जनस्वास्थ्यविद्हरु चाँही फेरी सामाजिक जीवन नै अस्तव्यस्त हुने खालको लकडाउनलाई मात्र संक्रमण नियन्त्रणको एउटा अचुक उपायको रुपमा सुझाव दिइरहेका छन् ।

उता कोरोना संक्रमण नियन्त्रणका लागि भएका प्रयासहरु अपर्याप्त नभएको भन्दै केही युवाहरुले सडक प्रदर्शन देखि आमरण अनसन गरिरहेका छन् । तैपनि सरकार र राजनीतिक दलहरु कोराना नियन्त्रणका प्रभावकारी उपाय तथा युवाहरुले राखिरहेका मागप्रति खासै चासो दिइरहेका छैनन् । यो बेला नेपालका ठूला राजनीतिक दल, सत्तारुढ नेकपा देखि प्रमुख प्रतिपक्षि दल काग्रेस समेतलाई जनता होइन आफ्नो पद प्यारो छ । सरकार भ्रष्टाचारमा लिप्त छ । यस्तो संवेदनशिल अवस्थामा समेत सत्ता र प्रतिपक्षी दल दुबै खुलेआम आ आफ्नो दुनो सोझ्याउने दाउमा छन् । नेकपाभित्र सरकार ढाल्ने र जोगाउने कोठे बैैठकहरु गर्दैमा नेताहरुलाई फुर्सद छैन । उता विपक्षी दल काग्रेसमा केही महिनापछि हुने महाधिवेशनबाट नेतृत्व कसरी हत्याउने भन्ने महाभारत चलिरहेको छ ।

कोरोना महामारी नियन्त्रणमा कहाँ के कमजोरी भए ? स्वास्थ्य संस्थाहरुमा बर्षेनी अरबौको लगानी भइरहँदा पनि संकटमा बेलामा किन काम गर्न नसक्ने अवस्था आयो ? कोरोना भाइरस नियन्त्रणका क्रममा राजनीतिक नेतृत्वबाट भइरहेको कमजोरीमाथि युवाहरुले गरिरहेको खबरदारीको किन सुुनवाई भइरहेको छैन ? सडक प्रदर्शन र आमरण अनसन बस्दा पनि राजनीतिक नेतृत्वलाई किन युवाहरुका मागप्रति चासो लाग्दैन ? अनि, यस्तो संवेदनशिल अवस्थामा जनताका लागि काम गर्छौ भन्ने राजनीतिक दलहरु चाही आफ्नै पद, शक्ति र सत्ताको पछि मात्र किन लागिरहेका छन् ?

यस्तै समग्र प्रश्नहरुको जवाफ खोज्न आज TOUGHtalk मा हुनुहुन्छ, देशको स्वास्थ्य मन्त्री समेत रहिसक्नु भएका काग्रेसका युवा नेता एवं सांसद गगन थापा ।
युवा आन्दोलनबाटै नेतृत्वमा आउनुभएका, झण्डै १० महिना स्वाथ्यमन्त्रीको रुपमा काम गरिसक्नु भएका र राजनीतिक नेतृत्वमा युवापुस्ताले हस्तक्षेप गर्नुपर्छ भन्ने धारणा राख्ने काग्रेस नेता गगन थापाले कन्ट्याक्ट ट्रेसिङको प्रस्ताव देखि नेपाली काँग्रेसमा चुलीएको महाधिवेशनको तयारी तथा नव नेतृत्वको कसरतबारे प्रकाश पार्नुभयो ।

हाइलाइट्स

    • साबुन पानीले हात धुने भनेर भन्ने मान्छेहरु चैं बेवकूफ हुन र साबुन हैन तातो पानीले हात धूने भन्ने मेरो लिडर मेरो प्रधानमन्त्री
    • साइन्समा वहाँलाई विश्वास छैन एभिडेन्स (प्रमाण) मा वहाँलाई विश्वास छैन सबैकुरा मलाई थाहा छ भन्ने
    • हिजो के समाचार आयो भने, “प्रधानमन्त्रीले विज्ञको कुरा सुन्नुभो” । बाप रे बाप यो त अचम्मै भो ! प्रधानमन्त्रीले विज्ञको कुरा सुन्नुभो…
    • स्वस्फूर्त यस्तो बेलामा मैले सरकारलाई सहयोग गर्नुपर्छ भनेर गएका मानिसहरु कोहिपनि ४८ घण्टा टिक्न सकेनन
    • नेतृत्वमा मलाई सबै कुरा थाहा छ भन्ने प्रवृत्ति र त्यसलाई कसैले च्यालेञ्ज गर्न नसक्नु नै अहिलेको अवस्थाको कारण हो
    • पार्टिको अधिवेशनमा सिमित मानिसहरुले सभापति वा पार्टिको नेता छान्ने हैन । यस्तो भएको भए १० लाख १५ लाख काँग्रेस सदस्यले भोट हालेर नेतृत्व छानिन्थ्यो । यसो गर्दा सब गुट भत्किन्छ ।
    • यो पार्टि जनताबाट अलग्ग भएको पार्टि हो । अब यसलाई जनतासँग जोडौं
    • यो अधिवेशनबाट नेपाली काँग्रेसको एउटा पंक्तीलाई बडो सम्मानका साथ बिदा गर्छौं । वहाँहरुलाई विदा नगर्नुभनेको हाम्रो पार्टिलाई असान्दर्भिक बनाउनु हो ।

आजको TOUGHtalk को पुरा अंश भिडियोमा हेर्नुहोस्ः


Loading comments...