BREAKING | दुबइबाट भारत आएको बिमान केरलामा दुर्घट्ना, पाइलटसहित १७ को मृत्यु


अपडेटहरुः

अध्यावधीक बिहान ७ः०० | २५ साउन २०७७

  • भारतको केरलामा भएको एयर इण्डियाको (Air India Express) विमान दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ । मलाप्पुरमका जिल्ला अधिकारीले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने ११० जनालाई कोझिकोडस्थित अस्पतालहरुमा तथा थप ८० जनालाई मलाप्पुरमस्थित अस्पतालहरुमा भर्ना गरिएको छ ।
  • गएराती दुर्घटनामा परी घाइते भएका अर्का पाइलटको पनि मृत्यु भएको छ ।
  • दुर्घटनाको सबैभन्दा ठूलो कारण विमानस्थलको टेबलटप (समथर जमिन नभएर डाँडामा बनेको हुन्छ र रनवेको दुवै तर्फ या एकातर्फ भीर रहेको हुन्छ) रनवेलाई मानिएको छ । किनकी यस्तो स्वरुपका एयरपोर्टमा बिमानको ल्याण्डिङलाई खतरायुक्त मानिन्छ ।
  • अर्कोतर्फ उड्डययन विज्ञहरुका अनुसा विमानको ल्याण्डिङ नै गलत थियो ।

के हो टेबल टप रनवे र यो भारतमा कहाँ कहाँ छन्?

विमानस्थलको दुवैतर्फ या एकातर्फ भीर भएका हुँदा टेबलटप रनवे जोखिमयुक्त मानिन्छ । यस्तोमा विमानको अवतरण तथा उडान दुवै प्रक्रिया अत्याधिक सावधानीयुक्त हुन्छ । जसका लागि पाइलट पनि अनुभवी मात्रलाई राखिएको हुन्छ । अधिकांश टेबलटप रनवे ब्यापक ठूला र फराकीला ढिस्कोमा हुन्छन् या त पहाडको माथिल्लो भागमा बनाइएको हुन्छ । भारतको कर्नाटकको मङ्गलुरु, केरलको कोझिकोट विमानस्थल तथा मिजोरममा टेपलटप रनवे रहेका छन् ।


अपडेटहरुः

अध्यावधीक राती ११ः४५ | २४ साउन २०७७

  • भारतको केरलामा भएको एयर इण्डियाको (Air India Express) विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट भारतीय वायुसेनाका पूर्व पाइलट थिए ।
  • विमानका दुई पाइलटहरुमध्येका एक थिए भारतीय वायुसेनाका पूर्व विङ्ग कमाण्डर दीपक वसन्त साठे । उनको भारतको केरलास्थित कोझिकोड एयरपोर्टमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
  • दुबइबाट केरलाको कारीपुर विमानस्थलमा अवतरणको क्रममा रनवेबाट तल चिप्लिएको विमान ३० फिट तल झर्दा दुई टुक्रा भएको थियो ।
  • घटनामा पाइलट दीपक वसन्त साठेसहित १५ जनाको मृत्यु भएको छ ।
  • स्थानीय प्रहरीका अनुसार केरलामा लगातार वर्षाका कारण रनवेमा जमेको पानी हो र सोही कारणले विमान रनवेबाट चिप्लिन पुग्यो ।

हाइलाइट्स

  • केरलाको कारीपुर विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घट्नाग्रस्त भयो एयर इण्डियाको विमान
  • फ्लाइट संख्या IX1344 दुबईबाट केरलाका लागि आएको थियो । विमानस्थलमैं भयो दुर्घट्ना
  • यस घटनामा विमानका पाइलटको मृत्यु भएको छ भने कैंयन यात्रीहरु गम्भीर रुपले घाइते भएका छन्
  • दुर्घट्नाग्रस्त विमानमा १ सय ९१ जना यात्रुहरु थिए सवार

भारत, २४ साउन, २०७७ | Air India Plane Crash – दुबइबाट केरलाको कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थल (कारीपुर विमानस्थल)मा अवतरण गरेको ‘एयर इण्डिया’को विमान IX1344 दुर्घटनाग्रस्त भएको छ । यस विमानमा १ सय ९० जना यात्रु सवार थिए । प्राप्त जानकारी अनुसार, विमान अवतरको क्रममा रन-वे बाट चिप्लिएर बाहिरिएर तल झरेको थियो । जसका कारण विमानका पाइलटको घटनास्थलमैं मृत्यु भएको छ ।

घाइतेहरुको राहत तथा सुरक्षाका लागि सुरक्षाटोली दुर्घटनास्थलमा पुगीसकेका छन् भने दमकलकर्मी तथा एम्बुलेन्सहरु घटनास्थलमा देखिन्छन् ।

यो विमानले भारतीय समयानुसार दुबइबाट साँझ ४ बजेर ४५ मिनेटमा भारतका लागि उडान भरेको थियो । प्राप्त जानकारी अनुसार, साझँ ७ बजेर ४१ मिनेटमा ल्याण्डिङको क्रममा विमान रनवे बाट चिप्लिएर केही तल खसेको थियो । तत्काल घाइतेहरु तथा मृतकहरुको अवस्था अथवा संख्या केही खुल्न सकेको छैन ।

घटनास्थलमा ब्यापक वर्षाका कारण रनवेमा पानी जमेको थियो जसका कारण विमान रनवेबाट चिप्लिन पुग्यो र लगभग ३० फिट तल खस्न पुग्यो ।


Loading comments...