जनप्रिय लोकगायक प्रेमराजा महत श्रीमती कवितासहित आइसोलेशनमा – फेसबुक मार्फत गरे कोरोना संक्रमणको पुष्टि


काठमाण्डौ, २४ साउन, २०७७ । “पिपलु पातैमा”, “सालैको पातैले” जस्ता कालजयी लोकगीतका जन्मदाता जनप्रिय लोकगायक प्रेमराजा महत तथा वहाँको अर्धाङ्गीनी कविता के.सी. लाई कोरोना पोजेटिभ देखिएको छ । लामो समयदेखि संयुक्त अधिराज्य अमेरिकाको बाल्टिमोर, मेरियाण्ड बस्दै आउनुभएका प्रेमराज महतले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत आफू दुवै संक्रमित रहेको स्ट्याटस लेख्दै पुष्टि गर्नुभएको छ ।

के लेखिएको छ महतको फेसबुक स्ट्याटसमा?
समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा इष्टमित्रहरू मा हार्दिक अपिल । यदि हामिले समयमै सतर्कता अपनाएनौ भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ । हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा. सरगम महत को निरिक्षण र निगरानी मा बसेकाछौं ।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वास का साथ हजुरहरू मा हार्दिक अनुरोध गर्दछु । ईमान्दारिताले गर्दा देश ,समूदाय, स्वास्थ्यकर्मी र वीश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्नजानेछ । जय पशुपतिनाथ ।


छोरा डाक्टर सरगम महतको निगरानीमा श्रीमती कविता के.सीका साथ आइसोलेशनमा रहनुभएका जनप्रिय लोकगायक तथा लोकलय संकलक/अन्वेशक नेपाल सरकारको तर्फबाट संयुक्त अधिराज्य अमेरिकाको लागि महा-वाणिज्यदूत हुनुहुन्छ ।


Loading comments...