
रसियाले राष्ट्रपतिको चुनावमा ट्रम्पलाई मद्दत गर्न हस्तक्षेप जारी राखेको छः अमेरिकी इन्टेलीजेन्स
अमेरिका, २४ साउन, २०७७ । विश्वको शक्तिराष्ट्र अमेरिकाका निति, कार्य अनि कदमहरुले विश्वमानचित्रमा नै दिर्घकालिन प्रभाव पार्दछ, अनि फेरि अमेरिकी राष्ट्रपतिको चुनाव त विश्वभरिका देशहरुको शक्ति, सार्मथ्य अनि प्रभावको असर देखिने परिस्थिती मानिन्छ ।
अमेरिकी राष्ट्रपतिको चुनावमा चिनियाँ पक्षले कस्लाई समर्थन गर्ने ? भारतीय पक्षको सर्मथन कस्लाई ? रुसको कतापटिको झुकाव लगायतका कुराहरुले नेपथ्यमा निकै असर गर्दछ । अब कुरा गरौं आसन्न अमेरिकी राष्ट्रपतिय चुनावको , भर्खरै सिआइएले सार्वजनिक गरेको अध्ययन अनुरुप वर्तमान राष्ट्रपति ट्रम्पलाई रुसी पक्षको सर्मथन र सहयोग भएको र रुसी समर्थनमा अमेरिकी राष्ट्रपतिय चुनावमा निकै चलखेल भएको र थप हुनसक्ने बताइएको छ ।
नयाँ एक अध्ययनका अनुसार चिनियाँ पक्षले भने ट्रम्पलाई सर्मथन नगरि डेमोक्र्याट् जोय बाइडेनलाई समर्थन गर्ने पाइएको छ । अमेरिकी इन्टेलीजेन्सले राष्ट्रपतिय चुनावमा रुसी पक्षको चलखेललाई इमिडिएट थ्रिएट अर्थात टड्कारो चुनौतिका रुपमा लिएको पाइन्छ, उता चीनले पनि अमेरिकी राजनितिमा आफ्नो प्रभाव बढाउन चाहिरहेको तथापी अहिलेसम्म कस्लाई समर्थन गर्ने कुरा भने चिनियाँ पक्षले निर्धारण नगरिसकेको सिआइएको रिपोर्टमा उल्लेख छ, तथ्य के हो भने हुवे मोबाइल काण्ड, हङकङ आन्दोलनमा अमेरिकी पक्षको चीन बिरुद्धका आन्दोलनकारीलाई साथ, कोरोना प्रकरणमा ट्रम्पको खरो चीनविरुद्धका अभिव्क्ति जस्ता कुराहरुले चीनका समकक्षी अनि सत्ताले ट्रम्पलाई मननपराउने भने स्पष्ट छ ।
China is a threat, but it is a long-term one. Russia’s efforts to interfere in the 2020 election are more immediate and urgent, said an official briefed on the intelligence.
https://t.co/MqMNJeH24N— Julian E. Barnes (@julianbarnes) August 7, 2020
नेशनल काउन्टर इन्टेलीजेन्स एण्ड सेक्यूरिटी सेन्टरका निर्देशक विलियम आर इभानियाको नेतृत्वमा भएको अध्ययनका अनुरुप अमेरिकी चुनावको सरगर्मीमा भएका हरेक पक्ष अनि प्रभावहरु अमेरिकी इन्टेलीजेन्सले निकटबाट नियालीरहेको नै छ । ह्वाइट हाउसले पटक पटक रुसको प्रभाव अनि सहयोगलाई नकार्दै आएको छ । यता रुसको समर्थनलाई सन्तुलनमा राख्न चीन ट्रम्पविरुद्ध उभिनुले आसन्न अमेरिकी चुनावलाई कतै अमेरिकी जनताको रुची भन्दा पर केवल चीन र रुसको प्रभावको मात्र चुनाव त बनाउने हैन भन्ने तर्कना पनि नभएको हैन ।
रुसले आफ्ना टिभी अनि सञ्चार माध्यममा पनि ट्रम्पका समर्थनका सामाग्री प्रसारण गर्न थालिसकेको बताइन्छ, ग्लोवलाइज्ड विश्वको राजनितिपनि अब देशका सिमाना भन्दा पर पुगेको चाँही पक्का छ ।
अमेरिकी इन्टेलीजेन्सका अनुसार रुस चाँही एउटा टोर्नेडोजस्तो हो, तत्कालै अमेरिकी प्रजातन्त्रलाई रुसले बिनाश गर्न सक्दछ भने चीन चाँही दिर्घकालिन जलवायू परिवर्तन गरिदिने तत्व हो, जस्ले अन्तत अमेरिकी प्रजातन्त्रलाई आफ्नो अनुरुप ढाल्न सक्दछ ।
यता यस इन्टेलीजेन्स रिपोर्टमा इरानको पनि घरिघरि नाम आएको पाइन्छ, इरानले पनि प्रत्यक्षरुपमा चीनको नेतृत्वलाई अमेरिकी राजनीतिमा स्वीकार र शिरोधार्य गर्ने अड्कल गरिन्छ । इरान हुनलाई विश्व मानचित्रमा सुक्ष्म देश हुनसक्दछ, यद्धपी इरानी इन्टेलीजेन्स र मध्यपूर्वमा इरानको अप्रत्यक्ष प्रभाव अत्याधिक छ ।
मस्को र बेइजिङको आआफ्नै प्रार्थमिक्ता र चाहना छ यद्धपी दुबैले मौन अनि सुस्त तर बेजोड रुपमा अमेरिकी राष्ट्रपतिय चुनावमा आफ्नो प्रभाव जमाउनेछन् जुन अमेरिकी प्रजातन्त्रका लागि खराब हो भनी रिपोर्टहरुमा उल्लेख छ ।
अनुवादका लागि स्रोतः न्यूयोर्क टाइम्स