
कारोवारका लागि तयार अवस्थामा रहेको हात्तीको दाह्रा सहित ३ जना पक्राउ
२४ श्रावण २०७७, शनिबार १८:५८
काठमाडौं, २४ साउन, २०७७ । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा अजिरकोट गाउँपालिका-१ घर भएका २२ वर्षीय सुवोध देवकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ वालुवाखानी बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय हरि कार्की रहेका छन् ।
हात्तीको दाह्रा किनबेच गर्न लागेको अवस्थामा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा