भिडियो मार्फत ज्योतिष परामर्श लिन सकिने ‘हाम्रो ज्योतिष’मा श्रावण अफर, के छ तपाईँको जिज्ञासा?


हाइलाइट्स

  • ज्योतिष तथा गुरुहरु रोजी रोजी तत्काल भिडियो कल गर्न मिल्ने
  • प्रेम, ब्यापार, ब्यवसाय, विवाह, शिक्षा, स्वास्थ्य, रोजगार विदेश यात्रा, सन्तान सुख लगायत अन्य जुनसुकै विषयमा ज्योतिष परामर्श
  • हाम्रो ज्योतिषमा संलग्न ज्योतिषहरु दक्ष, योग्य, शिक्षित-दिक्षित तथा पेशागत गुण अनुसार भेरिफाइड ज्योतिषहरु संलग्न
  • हाम्रो ज्योतिषमा भिडियो कल गरेर ज्योतिष परामर्श ज्योतिष र कल गर्ने प्रयोगकर्ताबिच (इण्ड टु इन्ड) गोप्य रहने
  • नेपालका लोकप्रिय वालेटहरु eSewa, Khalti तथा अन्य क्रेडिट कार्डबाट समेत कल टिकेट खरिद गर्न सकिने
  • सजिलै कुण्डली (चिना), कुण्डली मिलान आफै तयार गर्न सकिने
  • र मुख्य कुरो यस वैश्वीक स्वास्थ्य संकटका क्षण गुरु ज्योतिष खोजि रहनु नपर्ने र सामाजिक दूरी कायम राख्दै अनलाइन भिडियो मार्फत् उत्कृष्ट ज्योतिष सेवा लिन सकिने

काठमाण्डौ, २२ साउन, २०७७ । नेपालमा सर्वाधिक धेरै डाउनलोड भएको मोबाइल एप्स हाम्रो पात्रोले आफ्ना बिभिन्न फिचर र सुविधामार्फत नेपाली प्रयोगकर्ताहरुको जीवन सहज बनाउने मात्र नभई सम्पूर्णरुपमा नेपालीपनालाई नै प्रविधिमार्फत पूर्नव्याख्या गर्दैआएको छ र यो नेपालकै पहिलो आफ्नै भिडियो प्रविधमा तयार भिडियो कलिङ ज्योतिष सुविधा पनि हो ।

नेपाली चाडवाड र तिथिमितीको एप्समार्फत जगजाहेर हेक्का राखिदिने मात्र नभई इन्टरनेटमा नेपाली चाडवाड र तिथिमिती विशेष सभ्यता अनि अध्ययन सामाग्रीहरुको सबैभन्दा ठूलो भण्डार नै हाम्रो पात्रो भएको छ, चाडवाड र विशेष दिनहरु अनि तिनको महत्व, धार्मिक र सामाजिक परिवेश, इतिहास अनि शास्त्रका कुराहरु देखि हाम्रो पात्रोले तरकारी, सुन लगायतका भाउ, नेपालका सर्वाधिक रुचाइएका अनि पढिने पत्रपत्रिकाका समाचार, भिडियो, ब्रेकिङ न्यूज नोटिफिकेशन लगायत अन्य थुप्रै महत्वपूर्ण सेवाहरु उपलव्ध गराँउदै आएको छ ।

यसै क्रममा हाम्रो पात्रोले यता खगोलशास्त्रतर्फ सहज कुण्डली मिलान, चीना लगायतका सुविधहरु समेट्दै अनलाइन ज्योतिषको सुविधा पनि शुरु गरेको हो ।

अमेरिका भर्जिनीयाका कृष्ण खरेललाई सहज रुपमा आफ्नो चिना मिलान र फलत ज्योतिषका विषयमा बुझ्न थियो, उन्ले सहजरुपमा हाम्रो पात्रोको अनलाइन ज्योतिष सुविधा प्रयोग गरेर घरमा बसि बसि यथेष्ट समय लिँदै नेपालका ज्योतिषहरु मध्ये आफूले रोजेर चित्त परेका ज्यनेतिषसँग घरबाटै परामर्श लिए । यो सेवा हाम्रो पात्रोको अनलाइन ज्योतिषले उपलव्ध गराएको र जुराएको थियो ।

अनलाइन ज्योतिष सुविधा नेपालको सबैभन्दा ठूलो र फराकिलो ज्योतिषहरुको अनलाइन उपस्थिति र जिज्ञासुहरुको प्रश्नोत्तर गरिने थलो हो । श्रावण महिनामा यस सुविधाको शुल्कमा विशेष छुट दिइएको छ, रु ५०१ पर्ने प्रति परामर्श शुल्कलाई श्रावण महिनामा केवल रु ४०० मा उपलव्ध गराइएको छ ।

नेपाल भित्र या बाहिर जहाँकहिँ वसोवास गर्ने हुनुहुन्छ भने पनि आफ्नो भविष्य, चिना, फलत परिणाम, सम्बन्ध अनि आफ्नो गुण अनुरुपको क्षेत्र लगायतका जुनकुनै कुराहरु सोध्न र घर बसिबसि बुझ्न हाम्रो ज्योतिष सुविधा प्रयोग गर्न सकिनेछ ।

७५ लाख भन्दा बढि नेपालीहरुको स्मार्ट फोनमा चहकिलो रातो रंगमा चम्किरहेको हाम्रो पात्रो मोबाइल एप्सको यस सुविधा प्रयोग गर्नुहोला ।


Loading comments...