
UPDATE भारत : दुर्घटनाग्रस्त एअर इन्डिया एक्सप्रेस विमानको ‘ब्ल्याक बक्स’ भेटियो
२५ श्रावण २०७७, आईतवार ००:१५
दुबइबाट भारतका लागि उडान भरेको एअर इन्डिया एक्सप्रेसको (बोइङ ७३७) फ्लाइट नंम्बर IX1344 केरला कोझिकोडस्थित कारीपुर अन्तर्राष्ट्रिय विमानस्थालमा शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा अवतरणको क्रममा रनवेमा चिप्लिदा दुर्घटनामा परेको उक्त विमानको आज ब्ल्याक बक्स भेटिएको छ ।
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फेला परेको पुष्टि भारतका उड्डययनमन्त्री हरदिप सिंह पुरीले गरेका हुन् । भारतीय नागरिक उड्ययन मन्त्री हरदिप सिंह पुरी भन्छन्, “जाँचको रिपोर्ट सार्वजनिक गर्नेछौं ।” तर दुर्घटनाको कारण अझै स्पष्ट नभएको मन्त्री पुरीले बताएका छन् ।
शनिवार दुर्घटनास्थलको भ्रमण गरेका मन्त्री पुरीले उडानका विवरणहरू रहने फ्लाइट डेटा रेकर्डर र विमानचालकबीच हुने सम्वाद रेकर्ड हुने ‘ककपिट भ्वाइस रेकर्डर’ फेला परेको जनाउँदै अनुसन्धानका लागि यो महत्त्वपूर्ण हुने बताएका छन् ।
My heart goes out to the families & friends of the 18 people who lost their lives in the air accident involving @FlyWithIX Flight IX-1344 in Kozhikode last evening & offer my heartfelt condolences.
Reasons for the mishap are being investigated. pic.twitter.com/awEGpU9EmK
— Hardeep Singh Puri (@HardeepSPuri) August 8, 2020
कारीपुर अन्तर्राष्ट्रिय विमानस्थाल भारी वर्षाका कारण पानी जमेको रनवेमा अवतरणका क्रममा उक्त विमान दुई टुक्रा हुनेगरी दुर्घटनाग्रस्त भएको थियो । वर्षाका कारण विमानचालकहरूले थालेको अवतरणको पहिलो प्रयास स्थगित गरेका थिए । दोस्रो पटक गरिएको अवतरणको प्रयासमा दुर्घटना हुनपुग्यो ।
अपरान्हसम्म दुई पाइलट सहित १८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । सौभाग्य कस्तो भने यती ठूलो विमान दुर्घटना हुँदा समेत १९० जना यात्रु सवार उक्त विमान आगलागी हुनबाट जोगिएको थियो । विमान दुर्घटनाको यति भयानक उदाहरणमा दशककै भयावह घटना मानिएको छ । मृत्युको सङ्ख्या न्यून भएको यस घटनालाई भारतीय उड्डययन अधिकारीहरुलेले ‘चमत्कार’ को संज्ञा दिएका छन् ।
हाल १५० जना घाइते यात्रुहरु स्थानीय विभिन्न अस्पतालहरुमा उपचाररत छन् भने मृतकमध्ये एक जनामा कोरोनाभाइरस पुष्टि भएसँगै घाइते सबैलाई सावधानी अपनाई अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।
नोभल कोरोनाभाइरसको महामारी फैलिएपछि दुबइमा अलपत्र भएका भारतीय नागरिकहरूलाई इन्डिया एक्सप्रेसको उक्त विमानमार्फत देश फर्काइएको थियो ।
भारतीय नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले ट्वीट गर्दै उक्त विमान “ठूलो वर्षाकै क्रममा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो खोंचमा चिप्लिंदा विमान दुई टुक्रा भएको” उल्लेख गरेका छन् । उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए ।
सबै तस्वीरहरुः Twitter/HardeepSPuri
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल