
भारतीय विदेश मन्त्रालय लेख्छः यसमा कुनै शंका छैन “गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन, जुन नेपालमा पर्छ”
दिल्ली, २५ साउन, २०७७ । भारतीय विदेशमन्त्री एस जयशंकरले एक बयानका क्रममा भगवान गौतम बुद्धलाई भारतीय भनि गरेको टिप्पणीका विषयमा परराष्ट्र मन्त्रालयले कडा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी प्रतिक्रियामा एैतिहासिक तथा पौराणिक तथ्यहरुबाट प्रमाणित हुन्छ शाक्यमुनी गौतमबुद्ध नेपाली हुन र उनको जन्म नेपालस्थित लुम्बिनीमा भएको थियो ।
भारतीय विदेश मन्त्रालयको आधिकारीक धारणा सार्वजनिक
भारतीय विदेश मन्त्रालयले नेपालले जनाएकाो आपत्तिमा आधिकारीक धारणा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय विदेशमन्त्रीले बुद्धमाथी गरेको टिप्पणी तथा उक्त टिप्पणीमाथी नेपालको प्रतिक्रियामाथी मेडियाहरुको जिज्ञासाको जवाफ दिंदै लेखिएको छ, “८ अगष्ट, २०२० भारतीय उद्योग परिसंघ (सीआईआई CII) को कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको टिप्पणीले हामी भारतीयको साझा बौद्ध विरासतलाई सन्दर्भित गरेका थिए । यसमा कुनै शंका छैन “गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन, जुन नेपालमा पर्छ” ।”
Official Spokesperson’s response to a media query on EAM’s remarks at the CII event on 08 August, 2020https://t.co/LGM1bvOZvJ
— IndiaInNepal (@IndiaInNepal) August 9, 2020
के थियो नेपाल सरकार, परराष्ट्र मन्त्रालयको प्रतिक्रियामा?
के थियो भारतीय विदेशमन्त्री एस जयशंकरको विवादित टिप्पणीमा?
८ अगष्ट, २०२० भारतीय उद्योग परिसंघ (सीआईआई CII) को कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले शिखर सम्मेलनलाई सम्बोधित गर्दै भनेका थिए कि महात्मा गान्धी तथा भगवान बुद्ध दुई यस्तो भारतीय महापुरुष हुन जसलाई दुनियाले सम्झिने गर्दछ ।
नेपालको संसदमा भारतीय प्रधानमन्त्रीको बुद्ध सम्बन्धमा बोलिएको भिडियो जसमा उनले भनेका थिएः
आज म पशुपतीनाथको चरणमा आएर उभिएको छु । यो त्यो भूमी हो जहाँ सीताजी यहाँ खेल्ने गर्थिन र आज पनि हामी राजा जनकलाई सम्झिन्छौं । नेपाल त्यो भूमी हो जसले विश्वलाई अच्म्म पारिदिने भगवान बुद्धलाई जन्म दियो ।