खानेपानी बुटवलका कार्यालय प्रमुख साह घुस संकलनको चेक र नगद सहित अख्तियारको फन्दामा


नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट नियन्त्रणमा ।

नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साहले खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस/रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर सन्तोष साहलाई उक्त संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं.-८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा निज सँग रहेको श्रोत नखुलेको नगद रकम रु.२,३३,५००/- (दुई लाख तेत्तीस हजार पाँच सय) र बैंकमा जम्मा गरेको बैंक भौचर रु.८,२२,०००/- (आठ लाख बाइस हजार) बराबरको रकमसहित मिति २०७७/०४/२५ नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...