
कुमाल संग्रहालय स्याङ्जाको चापाकोटमा निमार्ण हुने
१८ मंसिर २०७५, मंगलवार १३:३२
लोपोन्मुख अवस्थामा रहेको कुमाल जातिको पुरानो परम्परा तथा सीपको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चापाकोट नगरपालिकाको सहयोगमा सङ्ग्रहालय निमार्ण हुनेभएको छ । स्याङ्जाको एकता कुमाल समाज चापाकोट– ८ दामाचौरले कुमाल सङ्ग्रहालय निर्माण गर्न शुरु गरेको छ । लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायका कला, संस्कृति, भेशभूषा, माटाका भाँडा, पोशाक उक्त सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिने बताइएको छ ।
माटोका विभिन्न भाँडाकुँडा बनाउने पेशा अँगालेको यो समुदाय पछिल्लो समय परम्पारागत पेशाबाट विस्थापित हुँदै गएको छ । परम्परादेखि चलिआएको पेशाप्रति आजभोलिका युवा आकर्षित नहुँदा कला, संस्कृतिको लोप हुने अवस्था देखिएकाले सङ्ग्रहालय निर्माण गर्न लागेको सकितिको भनाइ रहेको छ ।
घुमाउरो आकारमा निर्माण गरिने उक्त सङ्ग्रहालय तीन वटा तलाको हुनेछ भने त्यसमा तीन वटा सभाकक्ष रहनेछ । सङ्ग्रहालय निर्माणका लागि जनजाति प्रतिष्ठान नेपाल, चापाकोट र स्थानीय समुदायबाट रकम सङ्कलन भएको उक्त समाजका संस्थापक अध्यक्ष राजु कुमालले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,