
चीनमा फैलियो ब्यूबनिक प्लेग, भित्री मंगोलियाका गाउँहरु सिल
२६ श्रावण २०७७, सोमबार ११:५४
चीन, २६ साउन, २०७७ । ब्यूबनिक प्लेगबाट स्थानीयको मृत्यु हुन थालेपछि चिनियाँ अधिकारीहरुले गाउँ नै सिल गरेका छन् । मृत्यु भएका व्यक्तिलाई बिहीबार ब्यूबनिक प्लेग हो भन्ने कुरा पत्ता लागेपछि देशको भित्री मंगोलिया क्षेत्रमा पर्ने गाउँलाई सिल गरिएको छ ।
बउचोउ नगर स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्ति अनुसार ती व्यक्तिको मृत्यु बउचोउ शहरमा भएको हो । उक्त विज्ञप्तिका अनुसार ती व्यक्तिलाई रक्त सञ्चार प्रणालीमा गडबडीका कारण मृत्यु भएको बताएको थियो ।
तर, पछि उनलाई मुसाका कारण हुने ‘ब्यूबनिक प्लेग’ भएको खुलेको हो । उनलाई कसरी ब्यूबनिक प्लेग भयो भन्ने विषयमा केही खुलाइएको छैन ।
चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्दा विश्वभर फैलिएको भन्ने आलोचना भइरहेका बेला अहिले तत्काल नै सिल गर्ने अभियान सुरु गरेको हो । स्थानीय सबैको जाँच गर्दा रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।
प्रशासनले हाल ३५ जनालाई निगरानीमा राखेको छ भने ब्यूबनिक संक्रमण भएको एकजनालाई क्वारेन्टाइनमा राखेको छ । त्यसैगरी नजिकैको दामाओ ब्यानर जिल्लामा रहेका गाउँहरुलाई लेभल-३ अलर्टमा राखिएको छ ।
समाचार फाइनान्सियल एक्सप्रेसको सहयोगमा तयार पारिएको हो
जुलाईको सुरुआतमा ब्यूबनिक प्लेगको दोस्रो केस फेला परेको थियो । यद्यपि पहिलो प्लेगको संक्रमित बाँच्नसक्ने सम्भावना बढेको छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हरेक वर्ष एकदेखि दुई हजार मानिसहरुक प्लेगबाट मृत्यु हुनेका छन् । पछिल्लो समय चीनमा फेला परेको ब्यूबनिक प्लेगका विषयमा विश्व स्वास्थ्य संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।
WHO says it is ‘carefully monitoring’ bubonic plague outbreak in China
Stop All Flights To & From China! https://t.co/YBAtQwhk8i— Bob For A Full Brexit (@boblister_poole) July 7, 2020
के हो ‘ब्यूबनिक प्लेग’?
मुसा र त्यसका परजीवीमा पाइने येर्सिनिया पेस्टिस (#YersiniaPestis) नामक सूक्ष्मजीव नै प्लेग रोगको मुख्य कारण हो । यो एउटा घातक संक्रामक रोग हो जुन मानिसमा सजिलै लाग्न सक्छ । मानिसमा यो प्लेग रोग लागेपछि काँखी र तिघ्राको बीचमा दुख्ने र सुन्निएको डल्लो देखिन्छ । प्लेगका कारण सन् २०१० देखि २०१५ सम्म विश्वभरि यसका ३,२४८ बिरामी भेटिएकोमा ५८४ जनाको मृत्यु भइसकेको छ ।
“ब्ल्याक डेथ” अर्थात् “कालो काल” ले परिचित यस प्लेग रोग लागेका मानिसहरूको हात र खुट्टाको औँलाहरू ….पुरा पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल