Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई भेन्टिलेटरमा राखेर उचार गरिंदै, स्वास्थ्य अवस्था गम्भीर

२७ श्रावण २०७७, मंगलवार १९:४८


भारत, २७ साउन, २०७७ । मस्तिष्कमा रगत जमेर डल्लो परेको रगतको टुक्रा निकाल्नका लागि शल्यक्रिया गराएका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई दिल्लीस्थित आर्मी अस्पतालमा भर्ना गरीएको थियो जहाँ उनको ब्रेन सर्जरी भएको थियो । आर्मी अस्पतालद्वारा मङ्गलवार जारी बुलेटिनमा भनिए अनुसार उनको स्वास्थ्य स्थिति सहज छैन ।

८४ वर्षिय भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वाब परिक्षणमा नोभल कोरोनाभाइरस (COVID-19) को संक्रमण पोजेटिभ भेटिएको थियो ।

ब्रेन सर्जरीको जटिलतासँगै कोरोनाभाइरसको संक्रमणले थलेका उनको उपचार जारी छ । मुखर्जीको स्वास्थ्य अवस्था जटिल हुँदैगएपछि आजै मङ्गलवार अस्पतालको सघन उपचार कक्ष (ICU – Ventilator) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुद्वारा प्रेसित समाचारमा, “अस्पतालले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था गम्भीर रहेको तथा आउँदा केही घण्टाहरु उनका लागि महत्त्वपूर्ण हुने” उल्लेख गरेका छन् ।

सन् २०१२ देखि सन् २०१७ सम्म भारतको १३ औं राष्ट्रपतिको रुपमा कार्यकाल सम्हालेका मुखर्जीले अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकको बोर्डमा रहेर समेत काम गरिसकेका छन् ।

भारतको १३ औं राष्ट्रपति हुनुअघि मुखर्जी भारत सरकारको अर्थमन्त्रालय, रक्षामन्त्रालय तथा परराष्ट्रमन्त्रालयहरुमा मन्त्रीजस्तो महत्त्वपूर्ण पदमा रहेर जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा