
‘क्यान्सर’ दत्त परिवारको पुरानो पीडा : क्यान्सर कै कारण आमा नरगिस तथा श्रीमती गुमाएका थिए सञ्जयले
२८ श्रावण २०७७, बुधबार २०:४४
मुम्बई, २८ साउन, २०७७ । छातीमा पीडा तथा स्वासप्रस्वासमा कठिनाई महशुस भएपछि ४ दिनअघि मुम्बइस्थित लिलावती अस्पतालमा भर्नाभएका बलिउडका ‘खलनायक’ सञ्जय दत्तको कोरोनाभाइरस (COVID-19) परिक्षण गरिएको थियो, मेडिकल रिपोर्ट नेगेटिभ भेटिएपछि दोश्रोदिन घर फर्किएका उनको सम्बन्धमा मङ्गलबार भने एउटा खराब समाचार आयो । प्राप्त जानकारी अनुसार सञ्जयदत्तलाई तेश्रो चरणको फोक्सोको क्यान्सर (अबुर्द रोग) लागेको छ । बलिउड स्रोतका अनुसार सञ्जय दत्त उपचारका लागि अमेरिका जादैछन्, जहाँ उनको उपचारको प्रक्रिया प्रारम्भ हुनेछ ।
हुन त अस्पतालबाट फर्किए लगत्तै उनले आफ्नो स्वास्थ्य अझै राम्रो नरहेको जानकारी गराएका थिए । उनले भनेका थिए, “म पूर्णतः स्वस्थ छैन, मलाई थप स्वास्थ्योपचारको आवश्यक्ता छ ।” त्यस पश्चात पनि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका थिए, “म केही समयका लागि ब्रेक लिंदै छु । मेरा साथीहरु तथा परिवारका सदस्य मेरो साथ छन् र म चाहन्छु की मेलाई माया गर्नेहरुले अनावश्यक तनाव नलिनु । तपाइँहरुको माया तथा आशिषका साथ म चाँडै नै फर्किने छु ।”
इन्स्टाग्राम मार्फत सार्वजनिक उनको पोष्टले उनको स्वास्थ्य स्थितिको बयान गर्छ जसका कारण उनलाई मनपराउने लाखौं फ्यानहरु उनमा देखिएको क्यान्सरको खबरले निराश भएका हुन सक्छन् । यसैबिच सञ्जयकी श्रीमती मान्यता दत्तले भनेकी छिन्, “उनी एउटा फाइटर हुन र यसलाई पनि उनले परास्त गर्नेछन् ।”
तर के तपाईंलाई थाहा छ सञ्जय दत्तको परिवारमा क्यान्सरले दिएको पीडाको इतिहास?
क्यान्सर कै कारण सञ्जय दत्तले आफ्नो जीवनको २ महत्वपूर्ण व्यक्तिहरुलाई वर्षौंअघि गुमाई सकेका छन् । हजूर, हामी यहाँ कुरा गरीरहेका छौं ८० को दशक की महान बलिउड कलाकार तथा सञ्जय दत्तकी आमा नरगिस तथा उनीको प्रथम जीवनसङ्गीनी ऋृचा शर्माको । दुवैको मृत्यु क्यान्सर कै कारण भएको थियो । दुवैले क्यान्सरसँगको लडाइमा बहादुरीका साथ संघर्ष गरेका थिए तर त्यो संघर्षले दुवैको जीवन बचाउन सकेन ।
सञ्जय दत्तसँग ऋृचा शर्मासँग सन् १९८७ मा भएको थियो । दुवैको तर्फबाट सन् १९८८ मा छोरी त्रिशालाको जन्म भएको थियो । दुवैको जीवनमा एउटा यस्तो घटना दोहोरियो जसले सञ्जय दत्त लामो समय एकखालको तनाबयुक्त समयबाट गुज्रिएका थिए । आमा नरगिसको क्यान्सर जीवन र पीडा देखेका सञ्जयले पत्नी ऋृचालाई पनि क्यान्सर भएको थाहा पाए । सन् १९९६ मा क्यान्सर कै कारण ऋृचा शर्माको मृत्यु भएको थियो ।
नरगिस दत्त बलिउडको महान कलाकारको पङ्क्तीमा अग्रणी छिन । सञ्जय दत्त उनलाई सार्ह्रै प्यारा थिए । सञ्जय दत्त पनि आमा भनेपछि हुरुक्कै हुन्थे । आज पनि आमाको सम्झनामा सञ्जय भक्कानिन थाल्छन् । सन् १९८१ मा प्यानक्रियाटिक क्यान्सरका कारण नरगिसको मृत्यु भएको थियो । क्यान्सरले उजाडेको आमाको काख सञ्जय दत्तका लागि कुनै ट्रमा भन्दा कम थिएन् । उनी सम्पूर्ण रुपले हारी सकेका थिए र चौबिसौं घण्टा नशामा धूत रहन थालेका थिए ।
स्मरणीय रहोस्, नरगिसको मृत्यु सञ्जय दत्तको पहिलो बलिउड सिनेमा Rocky – रक्की रिलिज हुने ३ दिन अघि भएको थियो । नरगिस छोरोको पहिलो चलचित्रलाई लिएर निक्कै उत्साहित थिइन् । उनको ठूलो चाहना थियो छोरोको पहिलो सिनेमाको प्रिमियर हेर्न सकूँ, र त्यो चाहना कहिल्यै पुरा हुन सकेन ।
‘रक्की’को प्रिमियर गरिएको सिनेमा घरमा नरगिसको सम्मान तथा सम्झनामा एक सीट खाली छोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा