Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

कमलादी सुनकाण्डका मुख्य नाइके इल्ताफ अन्सारी पक्राउ, गैर कानूनी दूनियाँमा “सफेद हात्ती”नामले परिचित

२९ श्रावण २०७७, बिहीबार ११:४६


नक्कली सुन काण्डका मुख्य आरोपी, भारतको मोस्ट वान्टेड इल्ताफ अन्सारी बारा जिल्लाको निजगढबाट पक्राउ परेका छन् । यही साउन १२ गते बिहान काठमाण्डौस्थित कमलादीबाट १४.५ किलो नक्कली सुन (जसमा आधा किलो सक्कली सुन मात्र रहेको) र पेस्तोल बरामद भयो भनि प्रहरीले गरेको पत्रकार सम्मेलन त्यसबेला एउटा लुकाउन खोजीएको घटना थियो भन्ने पत्ता लाग्यो जतिखेर बरामद सामान ओसार्न प्रयोग भएको साकर्पियो (बा ६ च ५५१९ नम्बरको गाडी)ले उक्त नक्कली सुन तथा हतियार बरामद भएको झोला हुत्याएर भाग्यो भन्ने कुरा पत्रकार सम्मेलनमा उल्लेख गरियो ।

एक त जुन किसिमले पत्रकार सम्मेलन गरी एउटा कथा रचिएजस्तो स्क्रिप्टेड पत्रकार सम्मेलन भयो त्यस पत्रकार सम्मेलनमा पचाउनै तथा पत्याउनै गाह्रो कुरा भनेको देशको राजधानी काठमाण्डौमैं भएको घटना त्यसमाथी जुन स्थानबाट झोला फालेर गाडी भाग्यो भन्ने कुरा आयो त्यो स्थान कमलादी! त्यहाँ प्रस्तुत प्रहसन न उपस्थित पत्रकारहरुलाई पचेको थियो न त घटनालाई नियालीरहेका प्रहरीको माथिल्लो तप्कालाई । गाईगुईंपछि त्यस विवादित ‘बरामद’ भनिएको नक्कली सुन तथा पेस्तोलको वास्तविकताको अनुसन्धानका लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले अध्ययन तथा छानविन समिति नै बनाएर छानबिन थालेको थियो । जसको भोलीपल्टनै काठमाण्डौबाटै एक सिपाहीको कोठाबाट एक किलो सक्कली सुन पक्राउ गर्न टोली सफल भएको थियो ।

समितको निश्कर्ष थियो, “महानगर प्रहरी वृत्त दरबारमार्गले वास्तविक घटनास्थल परिवर्तन गरेको तथा भाग्यो भनि दावी गरिएको स्कार्पियो गाडीबाट झोला हुत्याएको नभई प्रहरीसँगको मिलोमतोमैं/संलग्नतामै झोला बुझाइएको” बताएको थियो ।

को हुन् इल्ताफ अन्सारी?
बारा, प्रस्टोकाका इल्ताफ हुसेन अन्सारी (जसलाई मुन्ना, इल्ताफ भाई, सर्दुल अन्सारी तथा सफेद हात्ती नामले अपराधको संसारमा चिनिन्छ)लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले २०६५, जेठ ३० गते ललितपुर, सातदोबाटोबाट पक्राउ गरेको थियो ।

गैर कानूनी दूनियाँमा “सफेद हात्ती”नामले परिचित इल्ताफ हुसेनको नाम पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा यूनुस अन्सारीको कारोबारहरुमा समेत मुछिदै आएको छ । साउन १२ को १४.५ किलो नक्कली सुन काण्डमा यूनुस अन्सारीकी पत्नीले नै घटना पश्चात घटनामा प्रयोग भएको गाडीको व्यवस्थापन गरेको र उनलाई भागाउन भूमिका खेलेको हुनसक्ने अनुसन्धानले देखाउँछ ।

वीरगञ्जमा इल्ताफ हुसेन अन्सारीको नजिक भनिएका साथी शेरु ठकुराई (वीरगज, पर्सा, इनरुवा निवासी) जो केही वर्ष अघि साथीको बिहेमा रक्सौल पुगेको र फर्किने क्रममा नेपाल-भारत सीमामा भारतीय इन्टेलिजेन्सद्वारा पक्राउ गरिएको थियो । शेरुको नारायणी अस्पतालको गेटमैं रहेको औषधी पसलमा समेत लगानी रहेको छ ।

बहु विवाह गरेका इल्ताफ हुसेनको पहिलो श्रीमती मुस्लिम नै हुन भने दोश्रो श्रीमती क्षेत्री परिवारकी रहेकी छन् । वीरगञ्जस्थित तेजारथ टोलमा घर बनाई बसेर पाकिस्तानबाट हवाई मार्ग प्रयोग गरी नेपालमा जाली भारु भित्र्याउने र वीरगञ्ज नाका हुँदै पन्टोका, घुसुकपुर, रमगढवा, रक्सौल तथा बारासँग जोडिएको भारतको सीमाना प्रयोग गरी जाली नोटको कारोबार गर्दै आएका थिए । भारतमा जाली नोटको कारोबारमा पक्राउ परी छुटेको र पछि २०६५ सालमा पक्राउ भई नख्खु कारागारमा रही कैद भुक्तान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति