तपाईं बोल्नुस ‘हाम्रो नेपाली किबोर्ड’ले आफै टाइप गरिदिनेछ


काठमाण्डौ, २९ साउन, २०७७ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (नियमित नेपाली किबोर्डको चल्तीको फर्म्याट : बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन बन्न सफल भएको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) उही गतीमा, उही शुद्धताका साथ बिना औंलाको सहयोग तपाईंले बोलेका कुरा सररररररर टाइप गरिदिनेछ ।

बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि अपडेट गर्नुहोस्ः
ताजा अपडेटले तपाईंलाई अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट, च्याटहरु गर्न सक्नुहुनेछ ।

हाम्रो ‘नेपाली किबोर्ड’को जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्नुहोस् । अब नेपाली भाषामा टाइपिङ गर्ननसक्नु कुनै समस्या नै हैन । यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको सुबिधा समेटिएको नयाँ अपडेट ल्याएको हो ।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नुहुनेछ । यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।

किबोर्डको आकार बढाउने सुविधा
टाइपिङ गर्दा मोबाइलको स्क्रिनको साइज कस्तो छ त्यसले तपाईंले टाइपिङको गतिमा असर गर्ने गर्दछ । यसको चलाखियुक्त समाधान निकालेको छ ‘हाम्रो नेपाली किबोर्ड’ले । तपाईंको औंलाको आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सक्नुहुनेछ ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाले कुनैपनि अक्षरमा ट्यापका लागि खोजेको ठाउँ अनुसार अब किबोर्डको आकार चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधा समेटिएको छ नयाँ अपडेटमा । जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नुहुनेछ।

नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु भए [email protected] मा इमेल गर्न सकिने छ । हाम्रो नेपाली किबोर्ड यहाँ क्लिक गरेर राख्न अथवा अपडेट गर्न सकिन्छ ।


Loading comments...