TOUGHtalk मा यो साता – कोरोना नियन्त्रणमा केन्द्रीय सरकार होईन, बरु प्रदेश र स्थानीय सरकार चुकेका छन्: स्वास्थ्य मन्त्री भानुभक्त ढकाल


हाइलाइट्स

  • गुनासो गर्ने स्वतन्त्रता सबैमा छ, तर सरकारले कोरोना रोकथाममा धेरै गरेको छ: स्वास्थ्य तथा जनसंख्यामन्त्री
  • कोरोना नियन्त्रणमा केन्द्रीय सरकार होईन, बरु प्रदेश र स्थानीय सरकार चुकेका छन्: स्वास्थ्य तथा जनसंख्यामन्त्री
  • कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रीय सरकारले केहि सहयोग गरेन: वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी
  • केन्द्रीय सरकार होईन बरु प्रदेश र स्थानीय सरकार चुकेका छन्ः स्वास्थ्य तथा जनसंख्यामन्त्री
  • काठमाण्डौका अस्पताल अब खाली छैनन, जान सक्ने स्थिती छैन भनेर बोल्ने डाक्टरले स्पष्टिकरण पनि देलानः स्वास्थ्य तथा जनसंख्यामन्त्री
  • महामारीलाई न्यूनिकरण गर्ने कुरा भन्दा विषयान्तर गरेर तेल्लाई बलपुग्ने गतिविधिमा जो जो जुनजुन स्तरमा संलग्न हुनुहुन्छ त्यति त्यति मति बिग्रिएको भन्ने मेरो परिभाषा होः स्वास्थ्य तथा जनसंख्यामन्त्री

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिएपछि ठूलो स्वास्थ्य संकटको जोखिम उत्पन्न भएको छ । हरेक दिन संक्रमतिको संख्या बढ्दा र अस्पतालको ढोका ढक्ढकाउँदा पनि नागरिकले उपचार नपाएर ज्यान गुमाउँदा आम नागरिक त्रसित बनेका छन् । झण्डै ४ महिना लामो लकडाउनले अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्ने क्रम थियो । तर भाइरसको जोखिमले फेरी अत्याबश्यक बाहेकका अन्य सेवाहरु अवरुद्ध हुने अवस्था आएको छ । सबै भन्दा बढी प्रदेश २, विशेष गरि पर्सा जिल्ला संक्रमणको मुख्य हटस्पट बनेको छ । त्यसैगरि पछिल्ला दिनमा काठमाडौ उपत्यकामा पनि तीब्र रुपमा संक्रमण फैलिइरहेको छ ।

प्रदेश र स्थानीय सरकारहरुले संक्रमितहरुको व्यवस्थापनबाट हात उठाउन थालिसकेका छन्, यता केन्द्रीय सरकारमा भने भयावह स्थितिसँग जुध्ने कुनै भरपर्दो रणनीति अझै छैन । अथवा भनौ जनता विश्वस्त हुन सकिरहेका छैनन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई संक्रमतिहरुको ज्यान बचाउने भन्दा राम सिताको मन्दिर बनाउने चिन्ताले बढ्ता सताएको नागरिक समाजको आरोप छ । मन्त्री र सत्तारुढ पार्टीका नेताहरुलाई महिनौदेखि आन्तरिक सत्ता लुछाचुडीको खेल खेल्दैमा फुर्सद छैन ।

गत पुसको अन्तिम साता नेपालमा पहिलो संक्रमणको केस देखिएको थियो । यो सात महिनामा धेरै तयारी गरी अप्ठेरो अवस्थाका लागि शक्ति सञ्चय गर्न सकिन्थ्यो । तर सुरुवाती दिन देखि नै राजनीतिक र प्रशासनिक नेतृत्व स्वास्थ्य सामग्री खरिदको कमिसनको चक्करमा लाग्यो । समयमा स्वास्थ्य सामग्री उपलब्ध भएन । संक्रमण रोक्नका लागि नाकाहरुमा प्रभावकारी निगरानी गरिएन । आवश्यक परिक्षणले गति लिएन । र सरकारले तोकेका अव्यवस्थित क्यारेनटिनमा सामान्य स्वास्थ्य उपचार, कोरोना परिक्षण र दुई छाक खान नपाएर नागरिकले ज्यान गुमाए ।

जनस्वास्थ्यसँग जोडिएको यति ठूलो संकट किन राम्ररी व्यवस्था को  सकेको छैन भन्ने जन गुनासो सवत्र छ ? समूदायको फैलिएको संक्रमण रोक्नका लागि सरकारले के गर्दैछ ? उपचार नै नपाएर मानिसहरु मर्नुपर्ने अवस्थाालाई हामी कसरी सम्हाल्न सक्छौं ? यति ठूलो स्वास्थ्य र मानवीय संकट आइलाग्दा जनताका लागि काम गर्छौै भन्ने कम्यूनिष्ट पार्टीको सरकार किन सत्ता र शक्तिमा अलमलिलएको छ ? के यो सत्ता राजनीतिको खेल खेल्ने समय हो ? स्वास्थ्य सामग्री खरिद अनियमितता देखि व्यव्स्थापनमा भएको लापरवाहीको जिम्मेवार को हो ?

यस्तै प्रश्नको जवाफ खोज्न आज TOUGHtalk मा हुनुहुन्छ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल । अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट आउनुभएका ढकाल दोस्रो संविधान सभामा तत्कालिन एमालेको प्रमुख सचेतक, २०७४ सालको चुनवापछि सुरुमा कानूनमन्त्री हुँदै अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिइरहनु भएको छ ।

हरेक बिहिबार राती ठिक ९ बजे हेर्न नभुल्नुहोलाः

आजको TOUGHtalk मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्तका साथ । सरकारले कोरोना संक्रमण नियन्त्रका लागि गरेको प्रयास, योजना तथा निरन्तर भइरहने टिप्पणीहरुबारे जानकारी लिनका लागि भिडियो हेर्नुहोस्ः


Loading comments...