निराजन र पूर्व मिस नेपाल सृष्टिको रोमान्टिक ‘साँझ’


काठमाण्डौ, २९ साउन, २०७७ । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र अरुबेला फिल्ममा व्यस्त हुने कलाकार फुर्सदको समयलाई म्युजिक भिडियोमा सदूपयोग गरिरहेका छन् ।

मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझको बेला तिमी र म त्याँ बसी रहेको याद आयो’ बोलको भिडियो बिहीबार सार्वजनिक भएको छ । भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

‘साँझको बेला तिमी र म त्याँ बसी रहेको याद आयो’ गीतलाई तस्वीरमा हेर्नुहोस्ः


Loading comments...