
भारतद्वारा ‘माली कनेक्टिविटी परियोजना’का लागि मालदिभ्सलाई ५० करोड अमेरिकी डलर सहयोग
३० श्रावण २०७७, शुक्रबार ०९:३८
नयाँ दिल्ली, ३० साउन, २०७७ । मालदिभ्समा ग्रेटर माली कनेक्टिविटी परियोजना (जीएमसीपी) (आधारभूत ढाँचा बिकास परियोजना)का लागि भारतद्वारा गरिएको ५० करोड अमेरिकी डलरको सहयोगका लागि मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलमार्फत आभार व्यक्त गरेका छन् ।
सोलिहको उक्त ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लेख्छन्, “भारत-मालदिभ्सबिचको मित्रता हिन्द महासागर झै गहिरो छ । त्यहाँको अर्थव्यवस्थामा कोरोना महामारीले पारेको प्रभाव कम गर्नका लागि नयाँ दिल्लीले आफ्नो सहयोग जारी राख्नेछ ।”
Thank you, President @ibusolih! India will continue to support the Maldives in mitigating the economic impact of the COVID-19 pandemic. Our special friendship is, and will always remain, as deep as the waters of the Indian Ocean. https://t.co/nbKL19hw7P
— Narendra Modi (@narendramodi) August 13, 2020
मालदिभ्सका राष्ट्रपति सलिहले भारतको सहयोगप्रति ट्वीटमार्फत् धन्यवाद ज्ञापन गर्दै लेखेका छन्, “मालदिभ्स-भारत सहयोगमा आज एउटा एतिहासिक क्षण हो । हामीलाई ग्रेटर माली कनेक्टिविटी परियोजना (जीएमसीपी) का लागि भारतद्वारा ४० करोड डलर कर्जा सुविधा तथा १० करोड डलरको अनुदान प्राप्त भएको छ । म यस उदारता तथा मित्रताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा त्यहाँका जनतालाई धन्यवाद अभिव्यक्त गर्दछु ।”
कोरोनाकालमा भारतको केन्द्र सरकारले भारतभर हरेक क्षेत्रलाई आत्मनिर्भर बनाउन भरमग्दूर कोशिस गरिरहेको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय सम्बन्ध तर्फ पनि केन्द्रित देखिन्छ । यही सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले मालदिभ्सका राष्ट्रपति सोलिहको धन्यवाद ज्ञापनको प्रतिक्रियामा सम्बन्धको गहिराईको उदाहरणदिंदै मालदिभ्सलाई सहयोग जारी रहने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय