Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै पाकिस्तानको दुतावास अगाडी प्रदर्शन

३० श्रावण २०७७, शुक्रबार १९:२४


काठमाण्डौ, ३० साउन, २०७७ । राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगञ्ज स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ ।

पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदुतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको हो । पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिँसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ ।

संयोजक यादवले भने, ‘पाकिस्तानले आज आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाई रहेको छ । यसै अवसरमा हामीले उक्त देशमा रहेका हिन्दु,, बौद्ध र क्रिष्टियनहरुमाथि मुसलमानहरुले हिँसा गरिरहेका छन् । मन्दिरहरु तोडफोड गरिरहेका छन् । छोरीचेलीहरुमाथि बलात्कार र हत्या गरिरहेका छन् । बलजफ्ति बिबाह गर्ने र धर्म परिवर्तन गराउने काम गरिरहेका छन् । तर, पाकिस्तानी सरकार मौन छ। मानवता हराइरहेको बेलामा पनि सरकार मौन बसेको छ ।’

उनले अगाडि भने, ‘करिब ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दुहरु थिए । आज एक प्रतिशत पनि हिन्दु धर्मावलम्विहरु छैनन् । यति धेरै हिन्दु धर्ममान्ने मान्छेहरु कहाँ गए? विश्वलाई थाह छ कि पाकिस्तानमा बहुसंख्यक रुपमा रहेका मुसलमानहरुले अन्य धर्म मान्ने मान्छेलाई देख्नै सक्दैनन् । कुट्ने, पिट्ने, मार्ने, बलात्कार गर्ने जस्ता अपराधिक कामहरु गर्छन् । यस्ता अपराधहरुलाई रोक्नका लागि हामीले नेपालस्थित पाकिस्तानको दुतावास अगाडि प्रर्दशन गरेका हौं ।’

उनले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धरपटक गरेको समेत जानकारी दिएका छन् । पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको छ । त्यस्तै भारतले शनिबार अगष्ट १५ तारेकमा आफ्नो ७४औं स्वतन्त्रता दिव मनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो