Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

आजबाट काठमाण्डौ उपत्यकामा जारी ९ बुँदे निषेधहरुमा के-के कुराहरु पर्दछन्?

३० श्रावण २०७७, शुक्रबार २३:४२


काठमाण्डौ, ३० साउन, २०७७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाले काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केही नियमित नागरिक दैनिकिहरुमा निशेषसहितको व्यवस्था जारीभएको जानकारी गराउनुभएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउनका लागि मिति २०७७/०४/३० गते राती १२ बजे देखि मिति २०७७/०५/१५ राती १२ बजे सम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-३ बमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको कुरा जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छः

निषेध गरिएका गतिविधिहरु:
• खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न
• भीडभाड हुने गतिविधि जस्तै जावा, महोत्सव संचालन गर्न, दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु
• उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु
• चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु
• शैक्षिक संस्थाहरु संचालन गर्न
• सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल. शैलून. ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न
• फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा/साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कबाडी संकलन गर्न
• उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत अमिक/कामदारको ओसार पसार गर्न
• टेक अवे (लिने र जाने) वाहेक होटल/रेष्टुराँ सञ्चालन गर्न ।

प्रस्तुत आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारवाही गरीने कुरा समेत जारी विज्ञप्तीमा उल्लेख छः

जारी विज्ञप्तीको वास्तविक प्रति

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा