इजरायल सन्दर्भमा यूएइमाथी टर्कीको कडा टिप्पणी – भन्योः “इतिहासले कहिले माफ गर्ने छैन”


इजरायल तथा संयुक्त अरब इमिरेट्स (यूएई)ले एकापसी सम्बन्ध सामान्य बनाउनका लागि सम्झौता गरेका छन् । यस सम्झौतासँगै इजरायलले वेष्ट बैंकमा आफूले कब्जा गरी राखेको विवादास्पद योजनालाई निलम्बित गर्ने सहमति समेत जाहेर गरेको छ ।

यस सम्झौतासँगै संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो यस्तो खाडी अरब राष्ट्र बनेको छ जसले इजरायलका साथ सम्बन्ध सामान्य गर्ने सम्झौता गरेको हो । जहाँ यूएइले यसलाई त्यस क्षेत्रकै ठूलो कूटनीतिक ‘जीत’ भनेको छ भने इजरायलले यो समझदारीलाई दुवै देशको लागि ‘ऐतिहासिक दिन’ भनेको छ ।

तर, यस सम्झौताका सम्बन्धमा पूरा विश्वबाट भने बेग्दा-बेग्लै प्रतिक्रियाहरु आइरहेका छन् । केही देशले यसको स्वागत गरेका छन् भने केहीले यसलाई ‘ढोङ/स्वाङ’ सम्म भन्न भ्याएका छन् ।

टर्कीको बिरोधः
इजरायल तथा यूएइकाबिच भएको समझौताका सम्बन्धमा टर्कीले आफ्नो विरोध अभिव्यक्त गरेको छ ।

टर्कीले यसबारे प्रतिक्रिया जनाउँदै भनेको छ, “संयुक्त अरब इमिरेट्सलाई इतिहासले कहिले माफ गर्नेछैन । यो यूएइको पाखण्डपूर्ण ब्यवहार हो ।”

टर्कीको परराष्ट्र मन्त्रालयले भनेको छ, “इतिहास तथा अन्य क्षेत्रका मानिसहरुका लागि अन्तरआत्मा इजरायलसँग भएको सम्झौता संयुक्त अरब इमिरेट्सको ‘ढोङि ब्यवहार’ लाई कहिले भूल्नेछैनन । किनकी आफ्नो हितका लागि केवल उसले यो सम्झौताको निर्णय लिएको हो ।

टर्कीको परराष्ट्र मन्त्रालयद्वारा जारी एक लिखित बयानमा भनिएको छ, “फिलिस्तिनी जनता तथा प्रशासन यस सम्झौताका विरुद्ध कडा प्रतिक्रिया दिएकोमा सही छन् ।”

यो चिन्ताजनक कुरा हो, यूएईलाई अरब लीगद्वारा विकसित ‘अरब शान्ति योजना’का साथ अघि बढ्नुपर्ने थियो । तीन-तर्फी घोषणालाई फिलिस्तिनी जनताको लागि फाइदा हुनेछ भनेजस्तो यो एकथोपा पनि विश्वसनीय छैन ।”

टर्की तथा इजरायलबिच राजनीतिक तथा व्यापारिक सम्बन्ध रहेका छन् । तर वर्षौंदेखि यो सम्बन्धमा तनाव भरिएको छ ।

सन् २०१० मा इजरायलका सैनिकहरुले गाँजापट्टीमा नाकाबन्दी तोड्ने कोशिश गरिरहेका १० तुर्क कार्यकर्ताहरुको हत्या गरिदिएका थिए जुन फिलिस्तिनी इस्लामवादी आन्दोलन ‘हमास’द्वारा शासित रहेको छ ।

अरब देशहरुमा यूएई अब इजरायलका साथ सम्बन्ध राख्ने मिस्र (१९७९) तथा जोर्डन (१९९४) पछि तेस्रो देश बनेको छ ।

फिलिस्तिनीले यसलाई ‘धोखा’ मानेका छन्ः
फिलिस्तिनी नेतृत्वले यस सम्झौतालाई जेरुशलेम तथा अल-अक्शासँग विश्वासघात गरेका छन् ।

फिलिस्तिनी राष्ट्रपति महमूद अब्बासले आफ्नो प्रवक्ताद्वारा जारी एक बयानमा यूएइका साथ इजरायलले गरेको समझौताको निन्दा गरेको छ ।

महमूद अब्बासका वरिष्ठ सल्लाहकार नबील अबु-रुदाइनेह भनेका छन्, “फिलिस्तिनी नेतृत्व यूएई, इजरायल और अमेरीकाको त्रिपक्षीय आश्चर्यजनक घोषणालाई अश्विकार गर्दछ ।”

उनले फिलिस्तिनी मुख्यालय रामल्लाह बाहिर एक बयान पढदै भनेका छन्, “यो सम्झौता ‘जेरुशलेम, अल-अक्सा तथा फिलिस्तिनी उद्देश्यका साथ धोखा हो ।”

हमासका एक प्रवक्ताले भनेका छन्, “यूएइले फिलिस्तिनीहरुको पीठ्यूमा छुरा प्रहार गरेका छन् ।”

अर्का एक वरिष्ठ फिलिस्तिनी अधिकारी हनान अशरावीले भनेका छन्, “इजरायललाई सन् १९६७ मा फिलिस्तिनी क्षेत्रमा आफ्नो कार्यहरुका लागि पुरस्कार” को संज्ञा दिएका छन् । ट्वीटमा उनले उल्लेख गरेका छन्, “यूएई अब इसराइलका साथ आफ्नो गुप्त समझौतालाई लिएर खुलेर बाहिर आएको छ ।”

इरानले गर्यो निन्दा
इरानको पूर्व उप-विदेश मन्त्री हुसैन आमिर अब्दुल्लाहियाले सम्झौताको निन्दा गर्दै भनेका छन्, “यसले यस क्षेत्रमा शान्ति तथा सुरक्षा स्थापित हुनेछैन ।”

उनले आफ्नो बिचार ट्वीटमार्फत अभिव्यक्त गरेका हुन् । ट्वीटमा लेखिएको छ, “यूएइको यस ब्यवहारका लागि कुनै तर्क हुन सक्दैन । फिलिस्तिनको उद्देश्यबाट पछि हट्नु भनेको एउटा ठूलो रणनीतिक गल्ती हो । त्यसलाई यहूदीवादमा अल्झाएर राखिदिनइने छ ।”

मिस्र, जोर्डन तथा पश्चिमी देश
यूएइका नजिकको सहयोग देश मिस्रको राष्ट्रपति अब्देल फतेह अल-सिसीले भनेका छन् की, “संयुक्त अरब इमिरेट्स तथा इजरायलले हाम्रो क्षेत्रमा समृद्धि तथा स्थिरताका लागि गरेको प्रयास उनीहरुका लागि महत्वपूर्ण छ ।”

अल-सिसीको ट्वीटमा लेखिएको छ, “मैले फिलिस्तिनी जमिनमा इजरायली कब्जामाथि रोक तथा मध्य-पूर्वमा शान्ति स्थापित गर्नका लागि अमेरीका, संयुक्त अरब इमिरेट्स तथा इजरायलकाबिच संयुक्त बयानलाई चाँसोका साथ देखेका छौं तथा यसको सराहना गर्दछौं ।”


Loading comments...