प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्वाद


काठमाण्डौ, ३१ साउन, २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी भारत सरकार तथा भारतीय जनतालाई बधाई ज्ञापन गर्नुभएको छ । साथै संयुक्त राष्ट्र सुरक्षा परिषदको गैर-स्थायी सदस्यको रूपमा चयन भएकोमा बधाई समेत दिनुभएको छ ।

भारतीय विदेश मन्त्रालयको आधिकारीक साइटमा दुवै समकक्षीबीच सम्वाद बारे जानकारी जारी

दुवै देशमा कोरोना महामारी (COVID-19) को प्रभावलाई कम गर्नका लागि भइरहेका प्रयासहरुका सन्दर्भमा दुवैबिच एक्यवद्धता तथा एकजुटता अभिव्यक्त भएको छ । भारतीय प्रधानमन्त्री मोदीले यस महामारीका सम्बन्धमा भारतलाई नेपालद्वारा निरन्तर सहयोगको लागि अनुरोध समेत गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई टेलीफोन कलका लागि धन्यवाद दिनुका साथै भारत-नेपालको सभ्यता तथा सांस्कृतिक सम्बन्धलाई याद गर्नुभएको थियो ।

यसैबिच नेकपा केन्द्रिय कमिटि सदस्य तथा प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलीफोन सम्वाद भएको बारे लेख्नुभएको छ भने सम्वादमा समेटिएका अन्य जानकारीहरु परराष्ट्र मन्त्रालयबाट आउने उल्लेख गर्नुभएको छ ।

ट्वीटमा लेखिएको छः

लाखौं भारतीयहरुको त्याग तथा बलिदानबाट इष्ट इण्डिया कम्पनी (बेलायत)को कब्जाबाट १५ अगष्ट सन् १९४७ का दिन स्वतन्त्र भएको भारतले आज आफ्नो ७४ औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ ।

नेपालका लागि भारतीय राजदूत महामहिम बिनयमोहन क्वात्राको भिडियो सन्देश
यसैबिच नेपालका लागि भारतीय राजदूत महामहिम बिनयमोहन क्वात्राले भिडियो सन्देश मार्फत् भारतीय दूतावासका सम्पूर्ण सहकर्मीको तर्फबाट नेपालमा रहेका भारतीयहरु तथा नेपाल-भारत सम्बन्धका हितैषिहरुलाई शुभकामना दिएका छन् ।

नेपालका लागि भारतीय दूत महामहिम बिनयमोहन क्वात्राको सन्देशः
कोभिड-१९ महामारीको प्रकोपको रुपमा यो वर्ष धेरैकुराहरु बिथोलिएका छन् । यो महामारी कवेल सार्वजनिक स्वास्थ्य इमेरजेन्सीको रुपमा देखापरेको परेको मात्र छैन यसले हाम्रो आर्थिक प्रगति, आर्थिक सम्पन्नतालाई समेत अस्तव्यस्त गरिदिएको छ । तर हामी संकल्पित छौं, समर्पिछ छौं कि हामी आपसी सहयोगद्वारा यस महामारीमाथी अवश्य विजय प्राप्त गर्नेछौं ।

यस सन्दर्भमा भारतले १२३ देशहरुका साथ चिकित्सा सम्बन्धी सामाग्रीहरुको सहयोग गरेको छ । यस अन्तर्गत हाम्रो ब्यापक सहभागीता नेपालका साथ समेत रहेको छ । मलाईं पूर्णत् विश्वास छ हाम्रो द्विपक्षिय सहयोग सकारात्मक दिशामार्फत यस महामारी माथी पूर्ण विजय प्राप्त गर्नेछ ।

गत वर्ष भारत-नेपाल मैत्रीमा धेरै उपलब्धिको वर्ष रहेको छ । जसमा सामेल छ, मोतिहारी-अमलेखगञ्ज पेट्रोेलियम पाइपलाइन, बिराटनगर आइसिपीको उद्घाटन, नुवाकोट तथा गोर्खा जिल्लामा कम्तीमा ५० हजारको संख्यामा भूकम्प विरोधी घरहरुको निर्माण, भूकम्पले थला परेको हाइस्कूलहरुको पुनरनिर्माण तथा अन्य कैंयन प्रजोक्टहरु जुन सकारात्मक रुपले संचालन भइरहेका छन् ।

यसका साथै द्विपक्षिय ब्यापार तथा द्विपक्षिय लगानीमा समेत उच्च वृद्धि भएको छ । मलाई आशा छ गत वर्षको उपलब्धीमाथी आगामी वर्षहरुमा समेत हाम्रा द्विपक्षिय सम्बन्धमा अगाडी अझै उचाईंमा लानेछौं । पुन एक पटक नेपालम रहेका सम्पूर्ण भारतीयहरु तथा नेपालका भारतीय मित्रहरुलाई भारतको ७४ औं स्वतन्त्रता दिवसको शुभकामना!

भिडियो हेर्नुहोस्ः


Loading comments...