Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

भारतको स्वतन्त्रता दिवसकै दिन सिलगुरीमा ठूलो अप्रेशनः भारु १४ करोड बढी पर्ने २६ किलो सुन सहित ३ जना तस्कर पक्राउ

३१ श्रावण २०७७, शनिबार १७:४४


सिलगुरी-भारत, ३१ साउन, २०७७ । भारतको सिलगुरीमा “केन्द्रिय खुफिया राजस्व निर्देशालय” Director of Revenue Intelligence (DRI) ले २६ किलो सुनको बिस्कुटसहित ३ जना तस्करलाई समात्न सफल भएको छ । बरामद २६ किलो सुनको वर्तमान बजार मूल्य भारु १४ करोड भन्दा बढी पर्ने बताइएको छ भने पक्राउ परेका तिनैजना भारत, महाराष्ट्रका रहेका छन् ।

भारतको केन्द्रिय खुफिया राजस्व निर्देशालय (डीआरआई) सिलीगुरीको टोलीले आसामबाट दिल्ली जाँदैगरेको ट्रेनबाट २६ किलो सुनको बिस्कुट बरामद गरेको हो । पक्राउ परेका तीनैजना तस्करलाई सिलीगुरीको एसीजेएम अदालतमा उपस्थित गराइएको छ ।

गोप्य जानकारीको आधारमा भारतको डीआरआईको टोलीले शुक्रवार राती नै न्यू जलपाइगुरी रेलवे स्टेशनमा ढुकेर बसेको थियो । आसामको डिब्रूगढबाट दिल्ली जाने ब्रम्हपुत्र मेल रेल पुग्ने बित्तिकै डीआरआइको टोलीले अप्रेशन अभियान थाल्यो जसमा २६ किलो सुनसहित तीनैजना संदिग्धलाई पक्राउ गर्न सफल भयो । तिनैजनाले कम्मरमा बाँध्न मिल्ने विशेषखाले बेल्ट लगाएका थिए जसमा तीनैजनाको गरेर १६० वटा सुनको बिस्कुटहरु लहरै राखेर कम्मरमा लगाइएका थिए ।

पक्राउ परेका तीनैजना तस्करहरु क्रमशः २३ वर्षिय सौरभ शामराव शिर्कण्डे, २१ वर्षिय सन्देश अप्पा नाराले तथा २५ वर्षिय शशिकान्त तानाजी कुटे रहेका छन् । आरोपीहरुमध्ये २३ वर्षिय सौरभ महाराष्ट्रको साङ्गली जिल्ला अन्तर्गतको अटापडी तालुकामा रहेको लूँगीवारे भन्ने गाउँका हुन् । २५ वर्षिय शशिकान्त महाराष्ट्र, अटापडी तालुकाको दिघन्ची गाउँमा रहेको पूजरवाडीका हुन् भने तेस्रो आरोपी २१ वर्षिय सन्देश अप्पा नाराले पनि महाराष्ट्रकै सतारा जिल्ला अन्तर्गत प्रयान्ति तालमनमा रहेको गॉंठनका रहेका छन् ।

डीआरआई अनुसार २६ किलो सुनको बिस्कुटलाई विशेष किसिमले तयार पारीएको कम्मरमा लगाउने बेल्टमा क्रमैसँग मिलाएर पहिरिएर तिनैजना म्यानमारबाट आसाम हुँदै दिल्लिका लागि निस्किएका थिए । जसका लागि आसाममा तीनैजनाले रेलमार्ग रोजेका थिए ।

आज भारतको स्वतन्त्रता दिवसको मौका छोपी सुरक्षा संयन्त्रलाई छल्दै दिल्लि लग्ने योजना तूहिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति