“म धुलोहरुबाट फेरि जन्मनेछु” – साहित्य र चिकित्साशास्त्रको अद्भूत संगम


बंगलादेश, ३१ साउन, २०७७ । बगंलादेशको सिलहेट मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गरिरहेकी नेपाली विद्यार्थी कृपा मर्हजनको कविता सहितको भिडियो परिक्रमा स्टुडेन्ट्स फेमिली नामको अकाउण्टबाट यूट्यूबमा प्रस्तुत गरियो । कविताको शीर्षक थियो, “आउट फ्रम द एश आई विल रि बर्न” अर्थात् “म धुलोहरुबाट फेरि जन्मनेछु ।”

चिकित्सा शास्त्र अध्ययनका लागि विदेश पुगेकी कृपाको यस कविताले साहित्यको कुनै शास्त्र हुँदैन, अभिव्यक्तिको कुनै परिधी हुँदैन भन्ने पनि भाव बोलिरहेको छ ।

त्यस्तै नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्साशास्त्र संकायकी विद्यार्थी लक्ष्मी दाहालको पनि कविता लेखन उत्तिकै खरो छ । उनले कवितामा समाजको एउटा तितो पक्ष यसरी उजागर गरेकी छिन् कि मानौं लक्ष्मी मानिसको स्वास्थ्यमा मात्र होइन कविताको स्वास्थ्यसँग पनि प्रत्यक्ष रुपमा जोडिएकी छिन ।

उनको कविता “छोरी आर्शिवाद या अभिशाप?” को केहि अंश यस प्रकार रहेको छ:

“मलाई गर्व छ, छोरी भएर जन्मेकोमा,
तर छोरा हुन्छ भनेर जन्माएको, छोरी भइस् भन्दा दुःख लाग्छ
दिनदिनै बुवालाई हेराउन आउनेहरुले
छोरा कहिले हुन्छ नि सोध्दा मलाई दुःख लाग्छ ।”

समाजलाई स्पष्ट रुपमा कविता मार्फत् व्याखा गरिदिएकी लक्ष्मीको यस काव्यात्मक यात्रालाई धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा अध्ययनरत् विद्यार्थीहरूको संगठन ‘परिक्रमा स्टुडेन्टस् फेमिली’ले आयोजना गरेको काव्यक्रमा नामक कार्यक्रमले साकार पारेको हो ।

उक्त कार्यक्रममा अन्य धेरै भविष्यका डाक्टरहरूले आ-आफ्ना कविताहरु अनि भिडियो समावेश गरेका छन्, साहित्य र चिकित्साशास्त्रको यस अदभूत संगमलाई नेपालकै सबैभन्दा ठूलो ई-लर्निङ परिवार SATSOM तथा नेपालय पब्लिकेशनले प्रायोजन गरेको हो । मिडिया पार्टनरमा स्वास्थ्य खबर पत्रिका र डक्टर स्टोरिज अफ नेपाल नामक फेसबुक पेज रहेको छ । यस कार्यक्रमले कोरोना कहरका बीच आ-आफ्ना घरमा रहेका चिकित्सास्त्रका विद्यार्थीहरुको मिठो अभिव्यक्ति र सम्भावनालाई भिडियोमार्फत् हाम्रो संघारसम्म ल्याएको छ । यस कार्यक्रम जुलाई २२ देखि अगस्ट १५ सम्म आयोजना हुनेछ ।

एम.बि.बि.एस., इन्जिनियरिङ, नर्सिङ र ब्रिज कोर्सका तयारीका लागि नेपालकै सबैभन्दा ठूलो ई-लर्निङ परिवार स्याटसममा करिब ६ हजार भन्दा बढि नेपाली विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा मक परीक्षाहरू मार्फत् आफ्ना सपनाको खाका कोरिरहेका छन्, यसका साथै नेपालभरिका थुप्रै कलेज र इन्स्टिच्युटहरू समेत स्याटसमसँग आवद्ध भई आफ्ना विद्यार्थीहरुलाई घरमा नै बसीबसी अन्तराष्ट्रिय स्तरको शैक्षिक सामग्री प्रदान गर्दै आएका छन् ।


Loading comments...