Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

विश्व क्रिकेटमा ‘क्याप्टेन कूल’नामले परिचित धोनीले गरे अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा, सुरेश रैनाले पनि लिए सन्यास

३१ श्रावण २०७७, शनिबार २२:१६

लोकप्रिय

हाइलाइट्स:

  • भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्
  • धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै सन्यास लिएको घोषणा गरेका हुन्
  • धोनीले गरेको घोषणाको केही बेरमैं अर्का स्टार अलराउण्डर सुरेश रैनाले समेत सन्यासको घोषणा गरेका छन्
  • धोनी आईपीएल (IPL) म्याच भने खेलिरहनेछन्

कप्तान कूल उपनामले परिचित महेन्द्र सिंह धोनीले शनिबार स्वतन्त्रता दिवसको अवसरमा क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । धोनीको लगत्तै सुरेश रैनाले पनि क्रिकेटलाई बिदाइ गरेका छन् । धोनीले सन्यास लिएको खबर सुनेपछि विश्वभरीबाट शुभचिन्तकहरुको मिश्रित प्रतिक्रिया आइरहेका छन् । धोनीका फ्यानहरू र किक्रेट दिग्गजहरूले सामाजिक सञ्जालमा प्रतिक्रियाको बाढी ल्याएका छन् ।

धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । धोनीले आफ्नो इन्स्टाग्राम पोष्टमा लेखेका छन्, ‘प्रेम र समर्थनका लागि तपाई सबैलाई धेरै धन्यवाद! आज साँझ ७ बजेर २९ मिनेट (भारतीय समयानुसार) पछि, म अवकाशप्राप्त मानिनुपर्छ । यस पोष्टमैं, धोनीले एक भिडियो पनि साझा गरेका छन् ।

पूर्व भारतीय कप्तान एमएस धोनीले सन्यास लिएको लगत्तै केही बेरमैं अर्का भारतीय अलराउण्ड क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिने घोषणा गरेका छन् ।

सचिन तेन्दुलकरले बधाई दिए
मास्टर ब्लास्टर सचिन तेन्दुलकरले ट्विटरमार्फत धोनीलाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, “भारतीय क्रिकेटमा तपाईको योगदान प्रशंसनीय छ । २०११ को विश्वकप सँगै जित्नु मेरो जीवनको सबैभन्दा उत्तम पल थियो । तपाईंलाई दोस्रो पारीको लागि र तपाईंको परिवारलाई हार्दिक शुभकामना !

“महेन्द्र सिंह धोनीको उत्कृष्ट खेलजीवनको महत्वपूर्ण क्रिकेटिङ पारीहरु” भिडियोमा हेर्नुहोस्

सुरेश रैनाको यो खेल हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा