फोक्सोको क्यान्सर कसरी परीक्षण गरिन्छ?


क्यान्सर र फोक्सोको क्यान्सर (Lung Cancer) कसरी पत्ता लाग्छ ? साथै, रोग पत्ता लगाएपछि किन बिरामीलाई एन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)बाट परामर्श दिइन्छ, त्यहाँ के साँच्चै फाइदा हुन्छ?

गत सातामात्रै बलिउड स्टार सञ्जय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको पुष्टि भएको थियो । सञ्जय दत्त आफैले यो जानकारी सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका थिए । यसअघि सञ्जयलाई दुई दिन अस्पतालमा भर्ना गरिएको थियो, यस अवधिमा उनको फोक्सोबाट ​​तरल पदार्थ निकालेर जाँच गरिएपछि उनलाई फोक्सोको क्यान्सरको पत्ता लागेको हो र उक्त क्यान्सर तेस्रो चरणमा छ ।

डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

किमोथेरेपी हो विकल्प
यो क्यान्सर शल्य चिकित्साद्वारा हटाउन सकिदैन । यस कारणले यस्तो अवस्थाको फोक्सोको उपचारमा केमोथेरापीको प्रयोग गर्ने गरिन्छ । जान्नुहोस् कि डाक्टरहरूले फोक्सोको क्यान्सर जाँच गर्न के प्रयोग गर्छन्, र किन सञ्जय दत्तलाई फोक्सोको क्यान्सर पक्का भएपछि मनोवैज्ञानिक हौसला तथा आगामी मार्गचित्र तय गर्नका लागि एन्कोलोजिस्टसँग परामर्श गरिएको थियो ।

एक पछि अर्को परीक्षणबाट बल्ल हुन्छ पुष्टि हुन्छ
एक पछि अर्को गर्दै चरणवद्ध परीक्षणहरू भएपछि मात्र फोक्सोको क्यान्सर हो वा अरू केहि हो भनेर पुष्टि हुने गर्दछ । CTscan ति परीक्षणहरुमध्ये को पहिलो परीक्षण हो । यस मार्फत थाहा लाग्छ कि शंका गरिएका मानव अङ्गमा कहाँ कहाँ के के भएको छ ।

PET- पोसिट्रोन उत्सर्जन टोमोग्राफीः त्यसपछि PET- पोसिट्रोन उत्सर्जन टोमोग्राफीको पालो आउँछ । यस परीक्षणको माध्यमबाट, फोक्सोमा क्यान्सर छ भने संक्रमणले फोक्सोलाई कति प्रतिशत छोएको छ भन्ने कुरा यकिन गर्दछ ।

बायोप्सी र साइटोलोजीः त्यसपछि हुने परीक्षण भनेको बायोप्सी र साइटोलोजी हो । यसदे क्यान्सरको किसिमको पत्ता लगाउँदछ । उदाहरणको लागि केही क्यान्सरहरु एडेनोकार्सिनोमा (ADENOCARCINOMA) हुन्छन् भने केहि स्क्वामस सेल कार्सिनोमा (Squamous cell carcinoma) हुन्छ । यही आधारमा कुनैपनि व्यक्तिको रोगनिदानको प्रक्रिया दुवै विधिका आधारमा अगाडी बढ्दछ ।

क्यान्सरका बिरामीलाई परामर्श किन आवश्यक?
यो प्रश्न तपाईको दिमागमा आउन सक्छ कि बिरामीलाई क्यान्सर भएको छ भन्ने कुरा थाहा भएपछि उसलाई एन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)मार्फत परामर्श/सल्लाह किन दिइन्छ? एन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)ले बिरामीमा क्यान्सर पुष्टि भएलगत्तै उसलाई रोगसँग सम्बन्धित प्रत्येक प्रक्रियाको साथै उपचारको बारेमा जानकारी दिनु मुख्य उद्देश्य हो, ताकि बिरामी मानसिक रोगबाट लड्न तयार हुनसकोस् ।

एन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)ले परामर्शको क्रममा के व्याख्या गर्छन्?
परामर्शदाताहरूले बिरामीहरुलाई रोगको बारेमा विस्तारमा बताउँछन्, उदाहरणका लागि यदि हामी सञ्जय दत्तकै बारेमा कुरा गर्दैछौं भने उनको फोक्सोमा तेस्रो चरणको क्यान्सर पत्ता लाग्यो । यस्तो अवस्थामा  परामर्शको बखत एन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)हरूले रोगको वास्तविक अवस्था के हो भनेर जानकारी दिन्छन् । यसको उपचार कसरी हुन्छ, उपचार पछि स्वस्थ्य हुने सम्भावना कति हुन्छ, उपचारका क्रममा कस्तो औषधीहरु दिइनेछ त्यस्ता औषधिहरुको प्रयोगका क्रममा के-के साइड इफेक्टहरू हुन सक्छन् भन्ने जानकारी गराइन्छ ।

उपचारका क्रममा उपचार विधि तथा औषधिले हुने साइड इफेक्टहरूबाट ठिक हुन कति समय लाग्ने छ? कस्तो प्रकारको शारीरिक समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ? यस उपचारमा कति लामो समय सम्म चल्छ र कति खर्च लाग्छ? यसलाई नै रोग तथा निदानको पूर्वानुमान भनिन्छ ।

बिरामीमा हुनसक्ने मानसिक समस्या
क्यान्सर जस्ता खतरनाक रोगको पहिचान भइसकेपछि सामान्यतया बिरामीहरू धेरै हड्बडाउन थाल्छन् । उनीहरूलाई निन्द्रा, डर, चिन्ता जस्ता समस्याहरू हुनु सामान्य कुरा हो । त्यसकारण बिरामीको हरेक परीक्षण पश्चात् नियमित रुपमा परामर्शहरु दिइन्छ ताकि ऊ मानसिक रुपमा आगामी चरणको उपचारको लागि तयार हुन सकोस् । परामर्श, उपचार प्रक्रियामा नियमित कुरा झै हो जुन कुनै विशेष बिरामीलाई मात्र उपलब्ध हुन्छ भन्ने हैन कि यस्तो घातक रोगबाट पीडित लगभग हरेक बिरामीलाई परामर्श दिइन्छ ।

के उपचारमा परामर्शको साँच्चै फाइदाहरू छन्?
चिकित्सा जगतमा त्यस्तो कुनै पनि प्रविधि वा विधि अपनाईँदैन, जसले बिरामीहरूलाई फाइदा गर्दैन । परामर्श पछि बिरामी मानसिक रुपमा बलियो रहन्छ । ऊ उपचारको प्रक्रिया बारे सचेत छ, त्यसैले उसलाई एक पछि अर्को चरणको परीक्षण तथा उपचार चुनौतिका लागि तयार बनाइराख्दछ ।

यदि बिरामी आफ्नो उपचारको अवधिमा दीर्घकालीन प्रक्रियाहरूका लागि तयार छैन भने, तब उसको प्रतिरोधात्मक क्षमता कमजोर हुने सम्भावना बढी रहन्छ । हो, यदि व्यक्ति रोगसँग लड्ने क्रममा मानसिक रूपमा तयार छैन भने, यसले उसको प्रतिरक्षामा नराम्रो प्रभाव पार्न सक्छ ।


Loading comments...