
एसइई (SEE)को नतिजा सार्वजनिकः नजिता चेक गर्नुहोस्
१ भाद्र २०७७, सोमबार १८:०३
काठमाण्डौ, १ भाद्र, २०७७ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को निर्णायक परिक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।
सानोठिमी भक्तपुर बि.सं. २०० को माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा प्रकाशनभएको बारे प्रेस विज्ञप्ति जारी गर्दै लेखेको छः
वि.सं. १९९० सालदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षा सञ्चालन गर्दै आएकोमा शिक्षा ऐन २०२८ को आठौं संशोधनले राष्ट्रिय परीक्षा बोर्ड गठन भई कक्षा १० को परीक्षा समेत सोही बोर्डबाट सन्चालन गर्ने व्यवस्था बमोजिम राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट उक्त कार्य सम्पादन गरिदै आएको छ ।
वि.स २०७४ सालको माध्यमिक शिक्षा परीक्षा मिति २०७४/१२/०६ गते देखि सन्चालनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा कोभिड-१९ महामारीका कारण COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मिति २०७५/१२/०५ गते परीक्षा स्थगित गर्न गरेको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले उक्त परीक्षा स्थगित गरेको व्यहोरा स्मरण गराउन चाहन्छ । तोकिएका परीक्षा केन्द्रमा कोभिड-१९ महामारीका कारण परीक्षा सन्चालन गर्न सम्भव नभएको र विद्यार्थीको शैक्षिक सत्र क्षति नहोस् भन्ने अभिप्रायने नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७/०२/२८ को निर्णय एवं नेपाल राजपत्रमा प्रकाशित सुचनाबमोजिम राष्ट्रिय परीक्षा बोर्डले मिति २०७७/०३/०८ को बैठकबाट माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७४ स्वीकृत गरी सोही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित भई आएको विद्यार्थीहरुको प्राप्तांकलाई संकलन, रुजर ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको व्यहोरा अनुरोध गर्दछु । यस वर्ष कुल ४,८२,९८६ चारलाख बयासी हजार नौसय छयासी मात्र विद्यार्थीले परीक्षाको लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य ४,७२,०७८ चारनाथ बहत्तर हजार अठहतर जना विद्यार्थीहरुको प्रमाणित प्राप्तांक विवरण मात्र प्राप्त भएको छ ।
नजिता चेक गर्न यो लिंक खोल्नुहोस्ः
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा प्राप्त गर्नका लागि गत विगतका वर्षहरुमा जस्तै टेलिफोन (INR), एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा