‘मोटरसाइकलको विश्व यात्रा’ चीनलाई पछाडी छाड्दै उत्पादनमा कसरी आत्मनिर्भर बन्दैछ भारत?


काठमाण्डौ, १ भाद्र, २०७७ ।  पूर्वीय सिमामा भारतचीन विवादले केहि महिनायता निकै चर्चा पाइरहेको छ, भारतमा यस सीमा विवादका कारण चीन बिरुद्धका भावनाहरु फेरि बढेका छन् भने ‘बोयकट चीन’का नाराहरु भारतीय बजारमा खुलेरै सुनिन थालेको अवस्था छ ।

अब ‘बोयकट चीन’का नाराहरु सामाजिक सञ्जालका दायराबाट माथि उठेर सरकारका माथिल्ला तप्कासम्म अनि प्रशासनिक नेतृत्वसम्म पुगिसेकेको बताइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आत्मनिर्भर अभियानको शुरुवातमात्र नभई चीनका उत्पादन र एप्सहरु समेत भारतमा प्रतिबन्ध लगाइसकिएको छ । चीनमा जे पनि सस्तोमा उत्पादन हुन्छ भन्ने सर्वमान्य मान्यताका साथ चीनले विश्वबजारमा आफ्नो प्रभुत्व जमाएको कुरामा दुइमत नहोला ।

यता भारतका धेरै उत्पादनमुखी क्षेत्रहरु आत्मनिर्भर बन्ने अभियानमा थिए, छन्, बन्दै छन् । अब स्वाभिमान अनि सार्वभौमिक्ताको भारतीय दौर पुनःआत्मनिर्भरतातर्फ अगाडी बढेको देखिन्छ । यसै क्रममा भारतीय मोटरसाइकल ब्राण्डहरुले विश्वबजारमा चीनीयाँ प्रतिस्पर्धीहरु मात्र नभई विश्वका जुनसुकै दुइपाँग्रे इञ्जिनयुक्त सवारी साधनलाई निकै पर उछिनेको छ । नेपाल पनि भारतीय र चीनीयाँ मोटरसाइल उत्पादकका रणनैतिक बजार हो, आउनुहोस् बात मारौं विश्वबजारमा आखिर कुन भारतीय मोटरसाइल कम्पनीले चीनका समकक्षीलाई कडा चुनौती दिएका छन्?

सीएनबीसी टिभि १८ मा प्रकाशित अध्ययनका अनुसार बजाज, टिभिएस जस्ता भारतीय उत्पादकहरुले विश्ववजारमा चीनका उत्पादनहरुलाई निकै पछि छाडेको हो, ‘ह्विल्स इएमआई – WheelsEMI’का निर्देशक श्रीनीवास कनथेतीले अँग्रेजीमा लेख्नुभएको अध्ययन आलेख यहाँ सरल नेपालीमा अनुवादमार्फत बुझाउने कोशिष गर्दैछौं, केवल लाइभमाण्डुमा ।

चीनले हाइज्याक गरेको विश्वअर्थतन्त्रमा हामी इन्टलेक्टुएल प्रोपर्टी राइट्सका कुराहरु समेत ल्याइरहेका छौं, हाम्रा विचारहरु चोरी भइरहेका छन्, हाम्रो नवप्रवर्तन अनि नयाँ शोध-खोजीहरु रातारात उत्तरतर्फ गइरहेका छन् ।

अमेरिकामा अध्ययनरत अन्य विधार्थीहरुका तुलनामा चीनका विद्यार्थीले अध्ययन समय, कार्य समय अनि अवसर धेरै पाएका हुन् । यसर्थ भारतीय या अन्य गैरचीनीयाँ बिद्यार्थीहरुको पहुँचभन्दा चीनका बिद्यार्थीहरुको पहुँच कुनैपनि कार्य अथवा अवसरहरुमा बढि छ । चीनका बिद्यार्थीहरुको एउटै समस्या हुन्छ र त्यो हो उनीहरुको अँग्रेजी बोलीचाली र लवजको समस्या, यद्धपी उनीहरुलाई यस सञ्चार समस्याले अघि बढ्न कतै रोकिरहेको छैन । तर आज म यस आलेखमा यी कुरा उल्लेख गर्दिन ।

यो आलेख कम्मर कसेर हप्ताभरि मिहिनत गर्ने चीनका विद्यार्थीहरु र हरेक हप्ताको अन्तमा रमाइलो गर्नुपर्ने इटालीका विद्यार्थी या ४ दिन बिदा खोज्ने फ्रेन्च बिद्यार्थीका बारेमा पनि हैन । भारतमा बुझेको मेकानिक्सलाई कारखानामा हायर गर्ने सामान्य तथ्यमा पनि समस्या छ किनभने अमेरिकन र यूरोपीहरुको टेक्नोलोजी समबन्धी समस्यालाई उत्तर दिन ति मेक्यानीक्सहरु कारखानामा नभई कुन कल सेन्टरमा कानमा फोन हालेर जवाफ दिइरहेका हुन्छन, यता कारखाना शून्य हुन्छ । हो चीनीँयाहरुले प्रगति गरेका छन् किनभने उनीहरु हप्ताभरि डटेर काम गर्दछन्, बिदा लिन्न अनि इन्टलेक्चूअल प्रोपर्टी चोर्न उनीहरु माहिर पनि त छन् । मेरो आलेख यस्ता इर्श्याले भरिएका र आरोपप्रत्यारोपको श्रृंखलामा कतै भेटिनेछैनन । आज म एउटा यस्तो उद्योगको बारेमा कुरा गर्दैछु जहाँ भारतले चीनलाई परास्त गरिदिएको छ ।

यसका साथै यस विश्वमा नागरीक या सरकारको नभई कम्पनीहरुको प्रतिस्पर्धा रहने र त्यस प्रतिस्पर्धामा असली राष्ट्रवाद लुकेको हुन्छ । सन् १९८३ मा म मुम्बई इन्जिनियरिगं कलेजबाट ग्राजुएट भएँ, त्यससमयमा यो सर्वाधिक चल्तीको कलेज थियो, विश्वमा प्रविधी उकालो लाग्दै थियो, यस कलेजबाट उर्तिर्ण ८० प्रतिशत इन्जिनियरहरु जुनसुकै क्षेत्रमा ग्राजुयट भएका भए पनि कुनै कम्पनीका लागि कोडर भएरै काम गर्दथे । सिभिल, मेकानिकल, अटोमोबील सबै संकायमा बिधार्थीहरु कोडर नै हुन्थे, ८० प्रतिशतसम्म यी कोडरहरु कुनै सफ्टवेयर कम्पनीमा काम गर्दथे ।

१५ वर्षको प्राविधिक दक्षताका साथ सन् २००० मा बजाज कम्पनीमा मानव संसाधन मुख्यका रुपमा कार्यरत थिँए, नयाँ मोटरसाइकल डिजाइनका लागि मलाई १०० जना इन्जिनियर छान्नपर्ने थियो । पाँचौं दिन म विरमाता टेक्नीकल इन्स्टिच्यूटमा थिएँ, विद्यार्थीहरुको अन्तर्वार्ताका लागि, १५ वटा कलेजवाट म केवल १० जना मात्र विद्यार्थीहरु हायर गर्न सक्षम भएँ, या मलाई चित्त बुझ्ने बिधार्थी मैले पाँए । हरेक कलेजमा टेक्नीकल कम्पनीहरुले मात्र हायर प्रक्रियामा प्रार्थमिक्ता पाउने बताइन्थ्यो, मैले कलेजहरुमा हामी इन्जि बनाउन बिद्यार्थी चाहन्छौं न कि कुनै प्रविधी बनाउनका लागि भनी स्पष्ट बताउँदै आएको थिँए । पछि मैले ति कलेजहरुमा स्पष्टसँगले पत्र नै लेखेँ, मलाई हायररिङको डे जीरोमा बोलाइएमा म १०० जना विद्यार्थीहरुलाई टेक्नीकल कम्पनीले भन्दा ३ गुणा बढि तलब दिनेगरि लैजाने तथ्य पनि जाहेर गरेँ । अनि यसरी नै बजाज कम्पनीको रिसचै र डिभेलप्मेन्ट शाखाको इतिहास शुरु भयो, १५ जनालाई अन्तर्वार्ता लिएपछि मात्र एक जना चाहिनेजस्तो मान्छे भटिने अनुपात थियो । कति कलेजका टपरहरु त काम नै नदिने थिए, उनीहरुलाई डिजेल र पेट्रोल इन्जिनको फरक सम्म थाहा थिएन, कतिजनाचाँही इञ्जिनका कुरामा अत्यत्नै उत्सुक थिए तर उनीहरुलाई अँग्रेजी भाषामा अभिव्यक्त गर्न आउँदैनथ्यो । मैले हिन्दी, मराठी, तेलगु र तामिलमा पनि अन्तर्वार्ता लिन थालेँ, यस्तै अर्को कम्पनीले पनि यसैगरि अन्तर्वार्ता आयोजना गर्दथ्यो, त्यो थियो भारतको हाम्रो प्रतिस्पर्धी कम्पनी टिभिएस – TVS ।

सन् २००५ मा चीनीँया मोटरसाइलकहरुले भारतीय बजारमा आक्रमण गरे, ति मोटरसाइकलहरु भारतीयका तुलनामा ३० प्रतिशत सस्ता थिए, मिडियाहरुमा ति चीनका उत्पादनको निकै बोलवाला रह्यो तर भारतीय उत्पादनको तुलनामा उनीहरुको गुणस्तर नभएपछि ६ महिनामा नै चीनका बाइकहरु घर फर्किए अनि डिलरहरु टाँट पल्टीए ।

चीनका मोटरसाइलहरु बाकसमा आँउथेँ, बाकसलाई लगेर मेकानीक्सकोमा जाने अनि बाइकका पाटपुर्जा जोड्ने गरिन्थ्यो । बजाजले त्यसपछि अफ्रिकाको बजारमा बिस्तार गर्यो, केहि अफ्रिकी देशहरुमा बाइकलाई ट्याक्सीका रुपमा पनि प्रयोग गरिन्छ, अफ्रिकीहरुसंग २ वटा बिकल्प थिए, कि त महँगा जापानी बाइक किन्ने या त सस्ता भारतीय बाइक किन्ने । भारतीय बाइकहरु हामीले चीनका बाइक्भन्दा धेरै मुल्यमा बेच्यौं तर जापानीभन्दा कम मा राख्यौं, भारतीय कम्पनीहरुको अफ्रिकामा डिलरशीप, मेकानीकल स्टेशन लगायत सम्पूर्ण सेवाहरुको सहज उपलव्धता छ, बजाज पहिलो नम्बरको अफ्रिकन बाइक उत्पादन हो भने टिभिएस दोश्रो, चीनका बाइक कम्पनीहरु त्यहाँबाट पनि रित्तो हात घर फर्किएका हुन् । अफ्रिकामा ओकाडा ट्याक्सी ड्राइभरहरुको भिडियो हेर्न सक्नुहुनेछ, बजाजका बाइकहरु ट्याक्सीका रुपमा प्रयोग भएको त्यसमा हेर्न सकिनेछ । सन् २०१८ मा नै चीनले भन्दा दोब्बर धेरै बाइकहरु उत्पादन गर्दै भारत विश्वको सर्वाधिक धेरै बाइक उत्पादक देश भएको हो, यूरोपेली बजारमा शुरुवात देखि नै बाइकको बजारमा चलेको उत्पादक कम्पनीहरु बिएमडव्लु र केटिएमलाई बजाजले केहि शेयरहरुको हिस्सा खरिद गरिसकेको छ, भरातीय बाइक उत्पादकको फेरिहिस्त यूरोपमा पनि बढ्दो छ । भारतीय बाइक उत्पादनकहरुको भिजन क्रमश बढ्दै गयो, बहु दिशामा बढ्दै गयो, अवस्य पनि भारतीय सरकारको चाँही चीनको झैं ब्यापारहरुलाई सहयोग गर्ने कुनै चलन रहेको थिएन, भारतीय बाइक उत्पादकहरु आफ्नै आडमा सिमा पार बजार बिस्तार गर्न निस्केका हुन् ।

हिरो, बजाज र टिभिएसले आज बाइकको विश्वबजार खाएका छन्, यि भारतीय उत्पादनहरु हुन् । बाइकमा जस्तो ओखती, गाडी, चलचित्र लगायतका क्षेत्रहरुमा किन भारतीय उत्पादनले विश्ववजार खान सकेन भन्ने प्रश्न एकातर्फ छ, उही देश, उही प्रविधि अनि उही मानव संसाधन तर परिणाम फरक । शायद बाइक बेच्ने र उत्पादन गर्ने भारतीय ब्यापारी अनि नेतृत्वहरुको तुलनामा अन्य भारतीय क्षेत्रका उत्पादन र बिक्रेतामा यो भिजन नभएको हो कि ?

कोड हान्नु र कम्प्यूटर अघि बस्नु प्रविधि हैन, यो कुरो हामीले बुझ्न पर्दछ । स्टक मार्केटको दलालले इन्जिनियरभन्दा बढि कमायो भने प्रविधिमा परिवर्तन आउँदैन, सरकारले भू-नीति अनि श्रमनीतिमा परिवर्तन ल्याउन जरुरी रहन्छ, ब्यापारहरुलाई फस्टाउन सरकारको पनि उतिकै मद्दत रहन्छ । हामीले आफ्ना ढोका र झ्याल खुल्ला राखेका कारणले नै हामीलाई लुटिएको हो ।

अनुवादः सुयोग ढकाल


Loading comments...