‘काव्यक्रमा’ कविता श्रृंखलाको नतिजा सार्वजनिक


काठमाण्डौ, २ भाद्र, २०७७ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत परिक्रमा विद्यार्थी परिवारले आयोजना गरेको साहित्यिक कार्यक्रम ‘काव्यक्रमा’ भव्यताका साथ सम्पन्न भएको छ । साउन ७ गते देखि सुरू भएको उक्त कार्यक्रममा देशभरका मेडिकल कलेजमा स्नातक तहमा अध्ययनरत तथा अन्य देशमा चिकित्साशास्त्र पढिरहेका नेपाली विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

यस कार्यक्रमको टार्इाटल स्पोन्सर नेपालको सर्वाधिक ठूलो ई लर्निगं परिवार स्याटसमले गरेको छ, स्याटसममा ६ हजार भन्दा बढि प्लस २ बिज्ञान, एमबिबिएस तयारी, इन्जिनियिरिंग तयारी अनि नर्सिगं लाइसेन्स का साथै ब्रिज कोर्सका बिधार्थीहरु अध्ययनरत छन् ।

नेपाली विधा अन्तर्गत प्रथम:

अंग्रेजी विधामा अन्तर्गत प्रथम:

मेडिकल विद्यार्थीका साहित्यिक मोहलाई उजागर गर्ने उद्येश्यले आयोजित काव्यक्रमामा नेपाली विधाका निर्णायकका रूपमा साहित्यकार इन्दिरा प्रसाईँ र कवि मनु मन्जिल रहनु भएको थियो भने अङ्ग्रेजी विधाका कवितालाई प्रा.डा. अभि सुवेदी र साहित्यकार तथा समालोचक महेश पौड्यालले मूल्याङ्कन गर्नुभएको थियो ।
स्याटसम र नेपालयको प्रायोजनमा संचालित उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । नेपाली र अङ्ग्रेजी दुबै विधा गरि पहिलो चरणमा प्राप्त भएका करिबन १०० कवितामध्ये बाट निर्णायक मण्डलले दुबै विधाका उत्कृष्ट १० कविताको छनोट गर्नुभएको थियो। त्यसरी दोस्रो चरणमा प्रवेश पाएका २० प्रतियोगीले आफ्नो सिर्जना वाचन गरेको भिडियो परिक्रमा विद्यार्थी परिवारको आधिकारिक यूट्यूब च्यानलमा राखिएको थियो । सोही भिडियोको आधारमा निर्णायक मण्डलले दुवै विधाका उत्कृष्ट ३ प्रतियोगीको छनोट गर्नुभएको थियो । त्यसका अतिरिक्त यूट्यूबमा अत्याधिक हेरिएको र रूचाइएको दुबै विधामध्येका भिडियोलाई पिपल्स च्वाइस अवार्ड समेतको व्यवस्था गरिएको थियो ।

नेपाली विधा अन्तर्गत दोश्रो:

अंग्रेजी विधा अन्तर्गत दोश्रो:

गत साउन ३१ गते सार्वजनिक गरिएको नतिजामा अङ्ग्रेजी विधा अन्तर्गत वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत इप्शिता पुर्कायस्था, नेपालगञ्ज मेडिकल कलेजमा अध्ययनरत शुभा भट्टराई र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अध्ययनरत रिवाज अधिकारीले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान अोगट्न सफल भएका छन् भने नेपाली विधा अन्तर्गत वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किरण चन्द्र पुन, गण्डकी मेडिकल कलेजकी कविता न्यॏपाने र विराट मेडिकल कलेजका सनम ढकालले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । शुभा भट्टराई र सनम ढकालले अङ्ग्रेजी र नेपाली विधामा पिपल्स च्वाइस अवार्ड समेत आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

नेपाली विधा अन्तर्गत तेश्रो:

कार्यक्रममा दुवै विधाका विजेताले रु. २००० नगदसहित साहित्यिक पुस्तकहरू पाएका छन् भने द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीले साहित्यिक पुस्तकहरू साथै क्रमश रु १५०० र रु १००० नगद प्राप्त गरेका छन् । पिपल्स च्वाइस अवार्डका बिजेतालाई भने ३ महिनाको अनलाइन स्किल सेयरको सब्स्क्रिप्सन प्रदान गरिएको छ । साथै, दोस्रो चरणमा प्रवेश पाएका सबै प्रतियोगीलाई प्रमाणपत्र दिइएको कुरा परिक्रमा परिवारले जानकारी गराएको छ ।

काव्यक्रमामा सहभागी प्रत्येक स्रष्टाको साहित्यिक रूचि अभिवृद्धि गर्नका लागि नेपाली विधाका सम्पूर्ण प्रतियोगीलाई नइ प्रकाशनले केही पुस्तकहरू उपहार स्वरूप दिने निर्णय समेत गरेको छ।


Loading comments...