Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

मौसमको मूडः आगामी ३ दिनको मौसम कस्तो छ? पूर्वानुमान हेर्नुहोस्

४ भाद्र २०७७, बिहीबार ०८:०७

काठमाण्डौ, ४ भाद्र, २०७७ । हाल मनसुनी न्युन चापीय रेखा (Monsoon Trough) नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका केही स्थानहरुमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र ०४ गते (बिहीबार)
दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ०५ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

भाद्र ०६ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको