अपडेटः चीनमा उइगर मुसलमान मोडल घापरको कैद सम्बन्धमा सरकार के भन्छ?


मर्दान घापर भिडियो सम्बन्धमा उत्तर शिनजियाङ सरकारले जवाफ दिएको छ ।

केही महिना अघि, एक उइगर मुस्लिम मोडलले कोविड-१९ संक्रमितहरुका लागि तयार पारिएको आइशोलेसन केन्द्रमा तयार पारिएको भिडियो परिवारलाई पठाएका थिए । त्यस भिडियोमा उनको हातमा हतकडी लगाइएको थियो र ओछ्यानमा बाँधिएको देखिन्थ्यो ।

भिडियो चीनको शिनजियाङ प्रान्तको एक केन्द्रको हो । अधिकारीहरुका अनुसार उक्त व्यक्तिलाई कानुनी तरिकाले हथकडी लगाइएको बताइएको छ । उनलाई हिरासतमा राखिएको छ ।

मर्दान घापर नामको यि मोडेलले एउटा भिडियो बनाएर फेब्रुअरी महिनामा उनको परिवारमा पठाएका थिए र यससँगै सन्देशसहितको श्रृंखला पनि संलग्न गरेका थिए । परिवारले प्राप्त गरेको उक्त भिडियो तथा अक्षर सन्देश यस महिनाको सुरूमा बीबीसीलाई उपलब्ध गराएका थिए ।

उनले आफ्नो परिवारलाई पठाएको सन्देशमा, शिनजियाङको कडा सुरक्षा केन्द्रलाई विस्तृत रूपमा वर्णन गरिएको थियो । आफ्नो सन्देशमा, मर्दान घापरले भनेका थिए कि उनले यस जेलमा १८ दिन अन्य ५० व्यक्तिहरुका साथ अत्यन्तै तनावपूर्ण तनावपूर्ण समय बिताए ।

उनले भनेका थिए कि त्यस समयमा ‘महामारी रोकथाम केन्द्र’मा एकान्तवासका लागि थिए । यहीं उनले उक्त भिडियो तयार पारेका हुन् ।

मर्दान घापरका आफन्तहरूले भने ३१ बर्षेिय घापरलाई जनवरीमा जबरजस्ती चीनको सुदूरपश्चिममा रहेको शिनजियाङ लगिएको थियो । यस अद्दि उनलाई चिनको दक्षिणी शहर फोसानको लागूऔषधको मुद्दामा १६ महिनाको सजाय सुनाइएको थियो ।

बीबीसीले उक्त भिडियो प्राप्त भएको २ हप्ता पछि चीनक अधिकारीहरुलाई केही प्रश्नहरु समेटिएको एउटा सूची पठाइएको थियो । जसको जवाफमा शिनजियाङ सरकारको प्रेस अफिसको तर्फबाट लिखित बयान पठाइएको छ ।

जवाफमा लेखिएको छ, ‘प्रीजन ल अफ द पीपल्स रिपब्लिक अफ चाइना’ के आर्टिकल ३७ अन्तरगत सरकारले नागरिकहरुलाई कैदबाट मुक्त गर्न तथा पुनः नयाँ जीवन सुरुवातका लागि सहयोग गर्नेछ ।

”स्थानांतरणका क्रममा घापरले स्वयमलाई क्षति पुर्र्याउने कोशिश गरेसँग प्रहरीको विरुद्ध पनि नराम्रो व्यवहार गरेका थिए । प्रहरीले उनलाई रोक्ने धेरै प्रयास गरेका थिए । जब घापर सामान्य अवस्थामा आए अनि उनीमाथी लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाइयो ।”

घापर चीनको फोशन शहरमा बस्थे र त्यहीं मोडलिङ गर्थे । उहाँ त्यहाँ वर्षौंदेखि बसेको थियो । उनका साथीहरू तथा परिवारिक स्रोतका अनुसार उनले मोडलिङ क्षेत्रमा राम्रो पैसा कमाइरहेका थिए तर उनलाई जबरजस्ती शिनजियाङ लगियो ।

शिनजियाङबाट चिनियाँ सरकारले बिबिसीलाई पठाएको उत्तरसहितको पत्र मार्दन घापरका काकालाई देखाइएको थियो । उनका काका अब्दुल हकीम घापर २०११ देखि चीनको झिनज्या छोडेर नेदरल्याण्डमा बसोबास गर्दै आएका छन् ।

उनी भन्छन्, ”यदि प्रहरीदे उनलाई पुनः जागिरका लागि अथवा घर फिर्तिको उद्देश्यले पुनर्स्थापनाका लागि केही गर्न चाहन्थ्यो भने मर्दानलाई उ रहेकै ठाउँ फोशानमा मद्दत गर्नुपर्थ्यो । जहाँ उनी काम गर्थे ।”

”यस्तो अवस्थामा उनलाई शिनजियाङ त कदापी पनि लग्नुहुन्थेन ।”

यसका साथी अब्दुल हाकिम बताउँछन्,  “जनवरीमा जतिखेर घापरलाई शिनजियाङ लगियो त्यतिखेर ‘पुनर्वास’ बारे परिवारलाई केही भनिएन ।”

बीबीसीलाई पठाइएको उत्तरमा पुनर्वास कुरा भने कतै पनि उल्लेख छैन तर केही दिनका लागि मर्दानले आफ्नो समूदायमा शिक्षा लिन आवश्यक छ भन्ने लेखिएको छ ।

परिवारले पनि यस मर्दानसँग भएको यस घटनालाई अत्यधिक सुरक्षित पुनर्शिक्षा क्याम्पसँग जोडेर हेरीरहेका छन् जहाँ करीब दश लाख भन्दा बढी मानिसहरु (अधिकांश उइगर मुस्लिमहरु)लाई केही वर्ष यता लगिएको छ ।

तर एक महिना पछि परिवारले मर्दानबारे एउटा अप्रत्याशित समाचार पायो । मर्दानले आफ्नो फोन हात पार्यो र यसलाई प्रयोग गरी बाहिरी दुनियासँग सम्पर्क गर्ने विचार गर्र्यो । मर्दानले त्यही कोठाबाटै सन्देशहरू पनि तयार पारे भने उक्त भिडियो पनि रेकर्ड गरे ।

ती सन्देशहरूले शिनजियाङ पुगेपछि उसको अनुभवहरुको डरलाग्दो तस्वीर व्याख्या गर्दछ ।

चीनको सोशल मिडिया एप WeChat मार्फत् पठाइएका ति सन्देशहरूमा मर्दानले लेखेका थिए कि उनलाई पहिले चीनको कूचास्थित प्रहरीको जेलमा हिरासतमा राखिएको थियो ।

उनी लेख्छन्, “मैले ५०-६० मानिसहरुलाई ५० वर्ग मिटरको कोठामा कैद देखें । पुरुषहरु दायाँतर्फ थिए भने महिलाहरु बायाँतर्फ ।”

“सबैले एक तथाकथित फोर पीस सूट पहिरिएका थिए । टाउकोमा एउटा कालो बोरा जस्तो केही थियो, हाथमा हथकडी, खुट्टामा नेल सहित सिक्रि बाँधिएको थियो ।”

मानवाधिकार समूहले पहिले पनि चीनमा यस किसिमका हथकडी तथा नेलको प्रयोगको आलोचना गरिसकेको छ । घापरलाई पनि त्यही सूट पहिर्र्याइयो तथा बाँकी अन्य कैदिहरुका बिच छाडियो । जुन कोठामा मर्दानलाई राखियो त्यहाँ पल्टिने या सुत्ने किसिमका कुनै स्थान थिएन ।

उक्त अक्षर सन्देशमा मर्दानले लेखेका थिए, “मैले आफ्नो सिरमा राखिएको बोरालाई उठाएँ तथा सुरक्षा अधिकारीलाई भने की मेरो हथकडी कस्सिएको छ, हातमा पीडा भइरहेको छ ।’

त्यहाँ उपस्थित सुरक्षा अधिकारीले कराउँदै भन्यो, ”यदि तैंले अब आफ्नो सिरबाट बोरा हटाइस भने पिटेर तेरो ज्यान लिदिन्छु ।” त्यसपछि मैले केही बोल्ने हिम्मत गरिन ।

अर्कोतर्फ चीन प्राथमिकता दिएर भन्छ कि यो सेन्टर उग्रवाद-विरोधी प्रशिक्षणका लागि तयार गरिएको स्वच्छिक विद्यालय हो ।

पछिल्ला वर्षहरुमा हज्जारौंको संख्यामा केटकेटीहरुलाई उनका बा-आमाहरुबाट बेग्लै राखिएको छ साथै अध्ययनले पनि देखाउँछ की त्यस्ता केन्द्रहरुमा महिलाहरुलाई वाध्य पार्दै प्रजनन नहुने विधि तथा तरिकाहरुका सिकाइन्छ ।

सरकारतर्फबाट प्राप्त जानकारीमा कतैपनि घापरसँग कुनै पनि किसिमको खराब ब्यवहार सम्बन्धमा कतै उल्लेख गरेको थिएन । न कतै पनि त्यस्ता केन्द्रहरुबाट आउने गरेका चिच्याहटहरुबारे कुनै स्पष्टोक्ती नै छ ।

मर्दानले परिवारलाई पठाएको एक अक्षर सन्देशमा लेखेका थिए, ”एकदिन मैले एउटा मान्छेलाई विहानदेखि साँझसम्म पीडामा कराउँदै गरेको सुनेको थिएँ ।”

बिबिसीले प्राप्त गरेको उक्त जवाफमा चीनले मर्दान आफैले खिचेर परिवारलाई पठाएको भिडियोको विषयमा केही उल्लेख गरेको छैन । त्यस भिडियोमा उनी एउटा एपिडैमिक कन्ट्रोल सेन्टरको सानो कोठाको साँघुरो ओछ्यानमा बसिरहेका देखिन्छन् । उनले पहिरिएका कपडा मैलिएको छ र उनको हातमा हथकडी लगाइएको छ जुन खाटमा फँसाइएको छ ।

बेइजिङमा सन् २०१३ तथा कुनमिङमा सन् २०१४ मा पदयात्रिहरुमाथि भएको ह्रिंसक चक्कू हमलापछि चीन उइगर संस्कृतिलाई शंकाको दृष्टिले मात्र हेर्ने गरेको छैन । हमला पछि उइगरलाई देशद्रोही पनि मानिएको छ । ति हमलाहरुको आरोप उइगर आतंकवादीहरुमाथी लगाइएको थियो ।

मर्दानका काका अब्दुल हकिम भन्छन्,”हिरासतमा लिनु अघिसम्म म आफ्नो भतिजोसँग नियमित सम्पर्कमैं थिएँ ।” उनी मान्छन् की मार्दनसँगको नियमित संवाद तथा सम्पर्क नै उसको कैदको मुख्य कारण हो । चीनले आफ्नो नागरिकको जुनसुकै खालको विद्यूतीय संवादलाई नियमन गर्दै आएको छ ।

अधिकांश घटनाहरुमा यस्ता मनिसहरुलाई हिरासतमा राखिएको छ जसले विदेशमा रहेका मानिसहरुसँग नियमित सम्वाद सम्पर्क गरेका थिए । अब्दुल हकिम भन्छन्, “म यस सम्बन्धमा शत प्रतिशत निश्चित छु, उसलाई कैदमा राखिएको छ किनकी म विदेशमा छु र मैले चीनमा सरकारले गरेको मानवाधिकार उल्लंघनको घटनाका विरुद्ध भएका विरोध प्रदर्शनमा भाग लिएको थिएँ ।”

“म उसलाई एकदमै राम्ररी चिन्दछु, उसले आफूलाई त के अरु कसैलाई पनि कहिल्यै पनि हानी पुर्र्याउन सक्दैन । मलाई लाग्छ चीनले उसलाई केही न केही गलत अवश्य गरेको छ जुन अब लुकाउन गार्ह्रो छ । अब उ आफूलाई अन्तर्राष्ट्रिय समाजमा बच्ने बहाना खोज्न थालेको छ ।”

“म उसलाई हेर्न चाहन्छु, के उ जिउँदो त छ? म चीनले बिबिसीलाई कागजमा लेखि पठाएको यि शब्दहरुमा विश्वास गर्न सक्दिन ।”


यसबारे पहिलो पटक सार्वजनिक सामाग्री हेर्नुहोस्

सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने – बाँच्‍ने अन्तिम आशा हो


Loading comments...