बढ्दो कोरोना संक्रमण र व्यवस्थापनका सन्दर्भमा के भन्छन् प्रदेश १ तथा प्रदेश २ का मुख्यमन्त्री?


हाइलाइट्स

  • नारायणी अस्पतालका सुपरीटेण्डेट मदन उपाध्यायलाई केन्द्रमा सरुवाका विषयमा प्रदेश सरकारसँग कुनै समन्वय भएको छैनः मुख्यमन्त्री राउत (प्रदेश २)
  • यो संवेदनशिल समयमा जिल्ला प्रशासन कार्यालय, पर्साका सिडियोको सरुवा भयो, यस विषयमा प्रदेश सरकारसँग कुनै समन्वय भएको छैनः मुख्यमन्त्री राउत (प्रदेश २)
  • निजी अस्पताल के केवल सरकारी सेवा सुविधा छुट लिएर इक्यूपमेन्ट मनाउनका लागि हो, नारायणी अस्पताल एक्लैले धान्न सक्दैन, निजी अस्पतालको सहयोग भएनः मुख्यमन्त्री राउत (प्रदेश २)
  • अहिले दैनिक यता कम्तीमा १०० को संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छः मुख्यमन्त्री शेरधन राई (प्रदेश १)
  • प्रदेश २ मा दैनिक परिक्षण क्षमता २६ सय सम्म पुगेको छः मुख्यमन्त्री शेरधन राई (प्रदेश १)
  • नेपाल सरकारले लकडाउन खोल्ने बित्तिकै संक्रमण दर बढ्यो र समूदाय स्तरमा देखियोः मुख्यमन्त्री शेरधन राई (प्रदेश १)
  • अहिलेसम्म हामीले ७२ हजार बढी PCR परिक्षण गरिसकेका छौं, यता १५ जनाको अहिलेसम्म संक्रमणको कारण ज्यान गइसकेको छः मुख्यमन्त्री शेरधन राई (प्रदेश १)
  • सामाजिक दूरी कायम राख्दै जनतालाई विद्यूतीय प्रविधिको प्रयोग गरी यो गर, त्यो गर त भन्यौं तर जनताको प्रत्यक्ष सहभागीताको प्रयासहरु हामीले धेरै गरेनौः जनस्वास्थ्यविद् प्रा. डा. शरदराज वन्त
  • लकडाउनले संक्रमणको चेनलाई ब्रेक मात्र गर्दैन त्यसले धेरै कुराहरुमा अप्ठेरो परिस्थितिको सृजना गर्छ, र त्यो अप्ठेराहरुलाई पनि सरकारले सम्बोधन गर्न सकेन भने जनतालाई मात्र यो गर, त्यो गर अथवा यो नगर त्यो नगर भनि आदेश मात्र दिएर त्यसलाई पालना गर्न बहूत कठिन हुन्छः जनस्वास्थ्यविद् प्रा. डा. शरदराज वन्त
  • भोली यसको खोप बन्ला, त्यो खोप हाम्रो पहुँचमा पर्ला नपर्ला भन्ने कुराहरु सरकारले मात्र बुझ्ने हैन अब नागरिकले बुझ्न जरुरी छः जनस्वास्थ्यविद् प्रा. डा. शरदराज वन्त

काठमाण्डौ, ४ भाद्र, २०७७ । कोरोना भाइरसको संक्रमण बढेपछि अहिले देशैभर स्वास्थ्य संकटको अवस्था उत्पन्न भएको छ । पछिल्लो एक महिनामा संक्रमित र मृत्यू हुनेको संख्या अत्याधिक बढ्यो । जसका कारण फेरी मुलुक करिब लकडाउनको अवस्थामा पुगेको छ । ४० वटा भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी भएका छन् । संक्रमणले अहिले सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । त्यस्तै बाग्मति प्रदेश र प्रदेश १ पनि जोखिमको उच्च विन्दुमा पुगेको छ । अस्पतालमा बेड भरिएका छन्, विरामीहरुका लागि नयाँ आइसोलेसन सेन्टरहरु बनेका छैनन् । फ्रन्टलाईनमा खटिने प्रहरी, स्वास्थ्यकर्मी र कर्मचारीहरु नै संक्रमित हुने क्रम बढेको छ । स्थिति यस्तो भइसकेको छ कि, अब कुनै पनि ठाँउ, क्षेत्र, कार्यालयहरु सुरक्षित छैनन् । संक्रमणको अवस्था भयावह बन्न लागेपछि अहिले प्रदेश र स्थानीय सरकारको अत्तालिएका छन् ।

न उनीहरुसंग पर्याप्त स्रोत साधान छ, न त जोखिम नियन्त्रणका लागि आवश्यक जनचेतनाको स्तर नै उन्नत छ । यही कारण तल्लो तहका सरकारहरुलाई आफ्नो जिम्मेवारीबाट हात उठाउने अवस्था सिर्जना हुन लागेको छ । स्थिति यो हदसम्म बिग्रिइसक्दा केन्द्रबाट अपनाउनुपर्ने पर्याप्त सावधानी र जोखिम न्यूनिकरणका ठोस योजनाहरु प्रभावकारी बन्न सकेका छैनन् । चार महिनाको लकडाउन यस्तै भयावह अवस्थामा आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि प्रयोग हुनुपर्ने थियो, तर केन्द्र सरकार अति सामान्य कर्मकाण्डी कामलाई नै उच्चतम विन्दुको तयारी ठानेर मख्ख पर्र्यो । सबैको साथ लिएर अगाडी बढ्नु त कहाँ हो कहाँ उल्टै सबैलाई गालि गर्दै बस्यो । त्यो बेला पर्याप्त तयारी नगरेका कारण अहिले संक्रमतिहरुलाई सामान्य उपचार समेत दिन नसक्ने अवस्था आएको छ ।

अहिले सबै भन्दा बढी कोरोना संक्रमण बढेको प्रदेश २ र प्रदेश १ को अवस्था के छ ? संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेशस्तरका पहल कदमी कस्ता छन् ? संक्रमणको जोखिम बढ्दै गए अवस्था कस्तो हुन्छ ? केन्द्र र प्रदेश सरकारबीचको समन्वय वास्तवमा कस्तो छ ? अनि स्वास्थ्य क्षेत्रका विज्ञ र विषेशज्ञहरुका सुझावहरुलाई सरकारले कति ख्याल गरेको छ ? संक्रमणको जोखिमबाट बच्न अवस्थामा सरकारले, र स्वयं नागरिकले के कस्तो सावधानी अपनाउनुपर्छ ?

यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा TOUGHtalk मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जोडिनुहुनेछ भने स्टुडियोमा मलाई साथ दिँदै हुनुहुन्छ जनस्वास्थ्यविद् प्रा. डा. शरदराज वन्त ।

हरेक बिहिबार राती ठिक ९ बजे हेर्न नभुल्नुहोलाः

पुरा कार्यक्रम हेर्नका लागि भिडियो हेर्नुहोस्ः


Loading comments...