
पुटिनका कट्टर आलोचक एलेक्स नभाल्नीलाई ‘विष खुवाइयो’: बर्लिन लगेर उपचार गर्न जर्मनको एयर एम्बुलेन्स केही बेरमा पुग्दै
५ भाद्र २०७७, शुक्रबार १२:०१
रुस, ५ भाद्र, २०७७ । रूसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई बेहोशीको हालतमा अस्पतालमा भर्ना गरिएको छ । उनक प्रवक्ताका अनुसार विष दिइएको हुनसक्छ ।
रूसका भ्रष्टाचार विरोधी नेता नभाल्नी विमान यात्राका क्रममा अचानक बिरामी भएका थिए । प्रवक्ता किरा यारमीशका अनुसार नभाल्नीको स्वास्थ्य अत्यन्तै नाजूक हुनथालेपछि विमानलाई ओम्स्कमा आपतकालीन अवतरण गराइएको थियो । उनले आशंका व्यक्त गर्दै भने, “चियामा केही न केही मिसाइएको हुनुपर्दछ ।”
अस्पतालका अनुसार नभाल्नीको स्वास्थ्य स्थिर भएपनि अवस्था भने गम्भीर नै छ । उनको उपचारमा सहयोग गर्न जर्मनीको पीस फाउन्डेशले एउटा आकस्मिक विमान ओमस्क पठाउँदै छ । नभाल्नीको स्वास्थ्यका लागि हर सम्भव सहयोग गर्ने जर्मनीले बताएको छ ।
BREAKING: German rescue plane to land in Omsk within the hour to evacuate Alexey Navalny to Berlin to be treated for severe poisoning. The next uncertainty is whether @Navalny is well enough to fly and whether Russia will let him go. https://t.co/4353njnYCC
— Bill Browder (@Billbrowder) August 21, 2020
४४ वर्षीय नभाल्नी राष्ट्रपति भ्लादिमीर पुटिनका कडा आलोचकको रुपमा परिचित छन् ।
गत जुनमा भएको संवैधानिक सुधार सम्बन्धमा भएको भोटिङलाई उनले द्रोहको संज्ञा दिएका थिए र उक्त कार्यलाई संविधानको उल्लंघन भनेका थिए । जनमत संग्रहमा जीत पश्चात पुटिन अझै दुई कार्यकालका लागि राष्ट्रपति पलमा रहिरहन सक्छन् ।
एन्टी करप्शन फाउण्डेशनका प्रेस सेक्रेटरी किरा यारमीश ने ट्वीट गर्दै लेखेका छन्, “आज विहान नभाल्नी मस्कोबाट टम्स्क फर्किदै थिए । उडानका क्रममा उनी बिरामी भएका छन् । विमानलाई ओम्स्कमा आपतकालीन अवतरण गरियो ।”
उनको आशंका छ की एलेक्सी नभाल्नीलाई चियामा विषय मिसाएर दिइएको थियो । किनकी विहान उनले केवल चिया पिएका थिए । यारमीशले डाक्टरबाट पाएको प्राप्त जानकारी अनुसार विषालू पदार्थ तात्तातो चियामा हालेर दिइएको छ । किनकी विहान उनले केवल चिया पिएका थिए । उपचारमा संलग्न डाक्टर भन्छन्, “विषालु पदार्थ तातो तरल पदार्थमा चाँडै घुल्यो ।”
किरा यारमीशले केही बेर पछि गरेको अर्को ट्वीटमा लेखेका छन्, “एलेक्सी नभाल्नी अहिले भेन्टिलेटरमा छन् र कोमामा पुगेका छन् ।” उनका अनुसार अस्पताल परिसरमा अहिले ब्यापक ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
उनका अनुसार: शुरुमा डाक्टरहरुले नभाल्नीको स्वास्थ्य सम्बन्धमा जानकारीहरु सार्वजनिक गरी सघाउने कुरामा तयार थिए तर अहिले भने परिक्षणमा अबेला भइरहेको बताइरहेका छन् । “डाक्टरहरुले जानीजानी समय लगाइरहेका छन् र कारण बताइरहेका छैनन” यारमीशको आरोप छ ।
Director of FBK Ivan Zhdanov: police now says that they have found poison, and that poison present grave danger not only to Navalny, but to people around him, so hazmat suits should be used https://t.co/NCTFI4XOGe pic.twitter.com/7Bavtyf67S via @Kira_Yarmysh #Russia
— Liveuamap (@Liveuamap) August 21, 2020
घटनाक्रम विस्तारमा
सामाजिक सञ्जालमा जारी भिडियोमा देखिए अनुसार विमानस्थलको रनवेमा उनलाई स्ट्रेचरमा राखेर एम्बुलेन्सतर्फ लगिंदैछ ।
To those who don’t know.#Navalny has dozens criminal cases open.Some were buried during investigation. He still has the opportunity to travel anywhere he wants, speak anything he wants . Why not send him to jail?Oh, because the bloody tyrant #Putin likes to poison his victims ??♀️ pic.twitter.com/Y3WQ46ejoN
— Springprincess (@TamrikoT) August 21, 2020
Putin has poisoned his opposition before and this news sounds tragically familiar. When will President Trump forcefully condemn?https://t.co/Hv20vMSWik
— Senator Dick Durbin (@SenatorDurbin) August 20, 2020
अर्को एक भिडियोमा उनलाई उडानक क्रममा पीडामा रहेको देख्न सकिन्छ ।
विमानमा उपस्थित यात्रुले देखे अनुसार, “उडान शुरू हुनु पहिले उनी शौचालयमा गए तर फर्किएनन । धेरैबेर पछि पनि शौचालयबाट नफर्किएपछि उनलाई शौचालयबाट निकालियो । उनी सिकिस्तै देखिन्थे र बाहिर निस्किंदा पीडाले चिच्याइरहेका थिए ।”
सामाजिक सञ्जालमा सार्वजनिक अर्को एक भिडियोमा उनी टम्स्क विमानस्थलको क्याफेमा एक कपमा केही पिउँदै गरेको देख्न सकिन्छ । क्याफेका मालिक सीसीटीवी फुटेज चेक गर्नतर्फ जुटेका छन् जसले प्रमाण उपलब्ध गराउन सहयोग गर्नेछ ।
को हुन एलेक्सी नभाल्नी?
नभाल्नीलाई सरकारका तर्फबाट हुने गरेका भ्रष्टाचारलाई उजागर गर्ने गरेको कारण चर्चा मिलेको हो । उनले पुटिनको यूनाइटेड रुस पार्टीलाई “बदमाश तथा चोरहरुको पार्टी” भन्दै आएका छन् । कैंयन पटक उनलाई जेल चलान समेत गरिसकिएको छ ।
सन् २०११ मा उनलाई पक्राउ गरेर १५ दिनका लागि जेल चलान गरिएको थियो । उनले पुटिनको पार्टीमाथी संसदीय चुनावका क्रममा भोटिङमा धाँधलीको आरोप लगाउँदै विरोध प्रदर्शन पनि गरेका थिए । त्यस कार्यमा समेत उनी पक्राउ परेका थिए ।
जुलाई २०१३ मा समेत केही समयका लागि उनलाई जेल पठाइयो । जसलाई उनले राजनीतिक कारण बताएका थिए । सन् २०१८ मा उनले राष्ट्रपति निर्वाचनमा उम्मेद्दवारीको तयारी गरेका थिए तर धोखाधडीको आरोप लगाउँदै उनको उम्मेद्दवारीमाथी रोक लगाइएको थियो । नभाल्नीले यसलाई पनि राजनीतिक कदम बताएका थिए ।
जुलाई २०१९ मा अनाधिकृत रुपले विरोध प्रदर्शनको आह्वान गरेका कारण उनलाई ३० दिनको जेल सजायमा राखिएको थियो ।
कैंयन पटक हत्याको प्रयास
जुलाई २०१९ मैं जेल बसाई कै क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो । त्यस बखत पनि उनलाई विषय दिइएको कोशिशको आशंका गरिएको थियो ।
सन् २०१७ मा उनीमाथी भएको हमलामा एन्टिसेप्टिक डाईको प्रयोग गरिएको थियो । जसका कारण उनको दाहिनो आँखा केमिकलको जलनका कारण प्रभावित हुनपुगेको थियो ।
गत वर्ष उनले थालेको एन्टी करप्शन फाउण्डेशनलाई सरकारले विदेशी एजेन्ट घोषणा गरेको थियो । जसका कारण फाउण्डेशनलाई कडा जाँच प्रक्रिया पार गर्नुपर्ने हुन्छ । अझै त्यो जाँच सक्किसकेको छैन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल